GBCA
Grace Bhutanese Church. Inc
03/27/2026
03/15/2026
02/01/2026
HOME FELLOWSHIP
BRIDGEPOINT CHURCH - Ps. JIMMY
EX 3:7-10, 7तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। 8यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। 9अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। 10यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”......................................................................
NEH 1:3-11,
3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।”
4यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें। 5तब मैले भनें:
“हे परमप्रभु, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्नो करार विश्वाससित राख्नुहुन्छ। 6इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्न तपाईंले आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस्। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्यसमा दोषी छौं। 7तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।
8“आफ्ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्झनुहोस्, 9‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने पृथ्वीको पल्लो छेउसम्म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु’।
10“तपाईंले आफ्नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्। 11हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।”
त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।..................................................................................
NEH 2:1-5,
1एक दिन अर्तासास्त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्यै उदास भएको थिइनँ। 2त्यसैले उहाँले मलाई सोध्नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्छ? यो हृदयको शोकबाहेक अरू केही होइन।”
3म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् भने मेरो अनुहार किन उदास नदेखिने?”
4राजाले भन्नुभयो, “मबाट तिमी के चाहन्छौ?”
5मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्सिओस्।”.............................................................................
ACT 16:9-10, राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्।” 10जब तिनले यो दर्शन पाए, तुरुन्तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनुभएको रहेछ।.......................................................................
HAB 2:2-3, 2तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्। 3किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।
3th Weeks September - 2025
Ps. Raj Kumar Rai
February 1 , 2025
Memorial Service - Brother of Dhan Tmg
Location - Indian Valley GA
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Decatur, GA
30033