Nepali Dance Group-Riyadh
कला र सस्कृति को सम्मान खोजि हामी आयौ ?
15/04/2024
🌺🌺यात्रा सफलताको शुभकामना 🌺🌺
हाम्रो नेपाली नृत्य समुह साउदी अरबका सदस्य, एकदमै ,मिलनसार तथा उत्कृष्ट नृत्यकार दिपेश राई केहि समयको लागि आफ्नो कर्मभुमी छोडेर स्वदेश जादै हुनुहुन्छ। यहाँलाई सफल यात्राको शुभकामना सहित नेपालको बसाई सुखमय रहोस् भन्ने कामना गर्दछौं !!
नेपाली नृत्य समुह परिवार
24/03/2024
फागु पुर्णिमा (होलि ) पर्वको अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा सदैव होलिको रङ्गहरु झै तपाईंहरुको जीवन सधै रंगिन बनिरहोस होलिको पर्वको हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछौं ।
(🙏🌷🌺नेपाली नृत्य समूह परिवार 🙏🌺🌷)
चर्चित गायक प्रमोद खरेल साउदी अरेबिया आउदै
💐हार्दिक निमन्त्रणा 🌹हार्दिक निमन्त्रणा 💐
बिसय.उपस्थिति भइदिने बारे ।
महोदय .
उपरोक्त सम्बन्धमा झापाली समाज साउदि अरब द्वारा यही आउँदो १२ अप्रिल २०२४ का दिन समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानको आयोजना गरिएको हुँदा तपाईँको गरिमामय उपस्थित साथै कार्यक्रम सभ्य भव्य बनाउनको लागि सहयोगको अपेक्षा सहित हार्दिक निमन्त्रणा गर्दछौं।
# ( यस कार्यक्रमको मुख्य उद्देश्य।
"गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,
झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष।"
मिति :-१२ अप्रिल २०२४ शुक्रबार
समय :- बिहान १०, बजे बाट
स्थान :- रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि .................... ..............
रबिन गिरि राजेन्द्र थापा
महासचिव अध्यक्ष
ँँनोट :- प्रमोद खरेल को ❤️
😍धमाकेदर प्रस्तुति को साथमा 😍
झापाली समाज साउदी अरब परिवार
🙏 धन्यवाद 🙏
11/03/2024
नमस्ते सम्पुर्णमा !!!
आराम रहि आरामको कामना गर्दै हाम्रो यस गौरवमय समूह "नेपाली नृत्य समूह" मा आवद्ध कार्य पदाधिकारी ज्यूहरु लगायत कलाकार भाइबहिनीहरुमा। हाम्रो समूहले छोटो समयमा धेरै प्रगति उन्नति गरेको छ। हामीहरुको कलाकारीताले गर्दा रियाद सिजन मार्फत नेपाली कला, संस्कृति, भेसभुसालाई विश्व सामु चिनाउन सफल भएको छ। यो सफलता तपाईं हामी सबैको दिनरातको मेहनतले गर्दा भएको हो। यसमा हामी सबैले गर्व गर्ने स्थान बनायौं र यसरी नै हामी अहोरात्र खटी नेपाली कला संस्कृतिलाई शिखरमा पुर्याउने छौं। तसर्थ हाम्रो हरेक पाईलामा साथ दिदै आउनु भएको प्रमुख सल्लाहकार श्री रोशन श्रेष्ठ ज्यू र २ जना नेपाली नृत्य समूहको मेरुदण्ड श्री श्याम ब्लोन तामाङ ज्यू र श्री निमा छिनाल ज्यूहरु साउदी अरबको कर्म भुमिलाई बिट मार्दै कर्म थलो नेपाल जादै हुनु हुन्छ। यहाँहरुले यो नृत्य समूहलाई उच्च स्थानमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै हार्दिक आभार व्यक्त गर्दछौं र यहाँहरुको यसरी नै आउदा दिनहरुमा माया र साथ पाई रहोस् साथै यहाँहरुको भविष्य एकदम उज्ज्वल रहोस् भनी भगवानसँङ्ग प्रार्थना गर्दछौं।
नेपाली नृत्य समूह परिवार
08/03/2024
महाशिवरात्री तथा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौ 🌷🌺🌺🌷
नेपाली नृत्य समूह परिवार
19/02/2024
The greatness of a culture can be found in its festival. A glimpse of Sonam Loshar Festival- Riyadh, Saudi Arabia 🇳🇵🇸🇦❤️
#नेपालीनृत्यसमुह
19/02/2024
१६ फेब्रुअरी २०२४ शुक्रवारका दिन नेपाल तामाङ घेदुङ संघ साउदीअरब द्वारा आयोजित २८६० औँ सोनाम ल्होछार (डुक ल्हो) कार्यक्रममा आमन्त्रित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्रीमान् कुलमान घिसिङ ज्युलाई #नेपालीनृत्यसमुह साउदीअरबले सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको छ।
13/02/2024
नेपाली नृत्य समुह साउदी अरबका सहसचिव ,नेपाल तामाङ घेदुङ सङ साउदी अरबका अनुसासन बिभाग प्रमुख शालीन स्वभाव, सरल,र सामाजिक व्यक्तित्व श्री सोम मोक्तान ज्यूलाई आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको अनेकौं शुभकामना व्यक्त गर्दछौं🌷🌺🎂
नेपाली नित्य समूह परिवार साउदी अरब
10/02/2024
💐हार्दिक बधाई💐 ०९ फेब्रुअरी २०२४ शुक्रबारका दिन मोरङसुनसरी सेवा समाज साउदी अरबले तेस्रो महाधिवेशन श्री Dipak Thapa ज्युको अध्यक्षतामा भब्य रुपमा सम्पन्न गरेको छ, साथै नवनिर्वाचित सम्पुर्ण कार्यसमितिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं
नेपाली नृत्य समूह परिवार साउदी अरब रियाद
15/01/2024
माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना
मकर संक्रान्ति (माघी पर्व) को उपलक्ष्यमा स्वदेश तथा विदेश मा रहनुभएका समस्त नेपाली दाजुभाई दिदीबहिनी तथा बुवाआमा हरुमा माघे संक्रान्तिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
नेपाली नृत्य समूह परिवार
09/01/2024
नेपाली नृत्य समुह साउदी अरबको सचिव साथै सहयोगी मिलनसार सामाजिक व्यतित्व श्री . मिन अधिकारी ज्यू केही दिनको लागि साउदीको बसाईलाई बिदा लिँदै स्वदेश लाग्नु भएकोले यहाँको यात्रा आरामदायी बनोस् साथै नेपालको बसाई पनि सुखद होस् सुभ यात्रा ✈️✈️✈️
01/01/2024
नेपाली रास्टिय टोपी दिवस तथा अंग्रेजी नयाँ बर्ष 2024 को
पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
नेपाली नृत्य समूह साउदी अरेबिया 🌷🌺🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Riyadh