Our Rajbiraj
Current News/Events, Development Works, Tourism, Sports of Rajbiraj, Saptari, Whole Nation & Abroad.. Thank you, for connecting with us!
Our Rajbiraj aims to provide the news and information of current events within Rajbiraj and beyond.
Stay alert in River Side uptill morning
Koshi River Basin Areas
25/08/2023
Koshi Barrage ko aailae ko aawastha:
Water level : 4,14,060
Trend : Rising
Status:Extreme Danger
Gate open : 56
कहाँ हो यो यस्तो ? स्थानीयलाई कति होला सास्ती ।
भिडियो : फेसबुक
18/08/2023
आ.व. ०७३/७४ मा राजविराजको राज रङ्गशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले असार २९ गते २०७९ सालमा न्यु गहिल कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक तथा राजविराज नगरपालिकाका मेयर भीमराज यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
17/08/2023
राजबिराज ... के महिला कार्यवाहक मेयर साशित नगरपालिका महिलाहरूले, सार्वजनिक सवारीसाधनहरुमा आरक्षण पाउँछन त?
के भन्छ, यातायात व्यवस्थापन निर्देशिका,२०६० ले ?
पानीमा रमाइलो गर्दै हंसहरू । राजबिराज
ल भन्नुस त, कुन ठाउँ हो यो?
सहि उत्तर दिने दुई जनालाई उपहार स्वरूप टिसर्ट प्रदान गरिनेछ।
11/08/2023
राजविराज नगरपालिकाको अर्को सूचना....
विगत लामो समय देखी विवादका कारण ठप्प रहेको राममंदिर देखी खर्शालको पुल सम्मको हुलाकी राजमार्ग अन्तर्गत सिरहारोड खण्डको विस्तार कार्य सड़कको दुबै पट्टीमा पर्ने घरहरू भत्काउदै शुरू भएको छ। यो भए सँगै अब सड़क विस्तार कार्यले तीब्रता लिने देखिन्छ।
पछिलो Link: https://fb.watch/mf6d6Jvwyb/?mibextid=Nif5oz
01/08/2023
आँखा पाक्ने रोग सम्बन्धी जानकारी..........................................................
आज भोलि समुदायमा आँखा पाक्ने रोग (Conjunctivitis, Red eye) को प्रकोप बढेको पाइएको छ ।
बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहर पदार्थहरु परेर आँखाको संक्रमण हुन सक्छ । यस अवस्थामा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षणहरु देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त उपचारको लागि आँखा उपचार केन्द्रमा लैजानु पर्छ ।
आँखा पाक्ने रोगबाट बच्ने उपायहरू:
● जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।
● सफा पानीले आँखा सफा गर्ने ।
● हरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।
● व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
आँखा पाक्ने रोग लागिहालेमा के गर्ने ?
● पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
● आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने ।
● आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।
● कालो चस्माको प्रयोग गर्ने ।
● आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।
● जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।
Note: जानेर वा अनजानमा आँखामा स्वास्थकर्मीको सल्लाह बिना औषधी वा अन्य कुनै पदार्थ प्रयोग गर्दा आँखाको बाहिरी नानीमा घाउ भई फूलो परेर आँखा नदेख्ने अवस्थामा पुग्न सक्छ । आँखामा प्रयोग हुने दुध जस्तो औषधि आँखाको समस्या भएमा भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै औषधी उपचार गराउन पर्छ र एक पटक दिएको औषधि बारम्बार आफैंले किनेर हाल्न हुदैन ।
अरुलाई पनि जानकारी होओस् भनेर यो पोष्ट अनिवार्य शेयर गर्नुहोला । धन्यवाद !
---Copied by Shisir Kumar Adhikari's post
25/07/2023
उपनिर्वाचन हुने तयारी:
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन पश्चात जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन देशभरका स्थानीय तहमा रिक्त पदहरुको विवरण माग गरी परिपत्र पठाएको छ ।
24/07/2023
जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र इंगनामको सोमबार भएको इजलासले डाक्नेश्वरी नगरपालिकाकी मीरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
सिरहा रोड, सखडा मोड आन्दोलीत। टायर बाली, चक्काजाम । नगरपालिका उदासीन, जनता आक्रोशित। खाल्डै-खाल्डो को बाटो । अझै पनि उहि काठकै बिजुली पोल। बजार जाने अति व्यस्त सहायक सडकको मुखमै सडक मिचि नकसै पास नगरी भवन, हिलै हिलोको अनधेरो बाटो भई बजार निस्कदा बाटो भरी पसल, वर्षौं देखि हटिया लथालिङ्ग। बजेट फ्रिज, सबै तैं चुप मैं चुप ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Gajendra Chowk
Rajbiraj
56400