IOF updates

IOF updates

Share

Page for the B.Sc. Forestry, B.Sc. Ag., AFU entrance preparation and Loksewa exams. Regular updates, question updates and help for any confusions by expert

14/03/2026

जनचेतनामूलक सन्देश !

सानो लापरवाहीले वन, जन र धन नष्ट हुन सक्छ,
वन जोगाऔं, जन, धन र वातावरण बचाऔं ।

#नेपालप्रहरी

2025 Josh's Frogs Amphibian Conservation Grant public 18/12/2025

Let’s come together to support neupane, by casting a FREE online vote to help fund his important project:
“Conservation of the Mahabharat Torrent Frog in Palpa and Gulmi Districts, Nepal”

🗳️ How to Cast Your Vote:
1. Click the link:
👉 https://form.jotform.com/253494787065168
2. Enter your email ID
3. In “Vote your favorite project”, select:
Project No. 3 – Nepal Conservation and Research Center: Conservation Awareness of Mahabharat Torrent Frog
4. Click Submit
🙏 Thank you for standing with wildlife conservation.

2025 Josh's Frogs Amphibian Conservation Grant public Please click the link to complete this form.

11/09/2025

IOF काे पूर्व विद्यार्थीको तर्फबाट केही कुरा

कलेजका होस्टलमा झ्याल ढोका फोर्ने, पंखा भाँच्ने , पिलर पछाडि लुकेर महिला साथी दिदी बहिनी hostel अगाडि हिँडेको बेला बोली सुरिलो पारेर अश्लील शब्दहरू चिच्याई चिच्याई कराएर बस्ने, होस्टेलको माथिल्लो तलाबाट तल्लो तलामा मुती दिने, बाहिर हरित सँस्थाको banner बोकेर समाजमा जागरण फैलाउने, reduce, reuse, recycle भनेर हिँड्ने तर होस्टलमा बियरको सिसा फुटाएर मस्ती गर्ने यो सबै काम ने वि संघ, अखिल र क्रान्तिकारीले पक्कै सिकाएका थिएनन् । यो पार्टीका झोलेहरु भएर भत्काउने बिगार्ने संस्कार आएको पक्कै होइन । यदि हो भने पक्कै अब छात्रावासमा र क्याम्पसमा हुने त्यस्ता व्यवहार सच्चिने छन्, कलेज स्वच्छ हुनेछ ।

कलेज पस्ने बित्तिकै राजनीतिमा रुचि नै नभएका विद्यार्थीलाई कुनै न कुनै पार्टीको सदस्यको रूपमा tag लिएर बस्नु पर्ने अवस्था अन्त्य हुनु असाध्य खुसीको कुरा हो । तिनीहरूको स्वागत banner हरु हटाएर राम्रो नै भएको छ । याे त भयो आवरणमा देखिने कुरा । हामीले प्रणाली / परिवर्तनको तिव्र आकांक्षाले उठाएको आन्दोलनबाट पछिल्लो समय देशमा जे देख्यौ, त्यही कुरा हामीले हाम्रो क्याम्पस पनि नेपाल सरकारको एउटा अवयव हो, देशमा क्रान्ति भयो भन्दै गर्दा त्यो अंगमा पनी पक्कै धेरै सुधार र परिवर्तन हुने विश्वास गरौँ । एकाध मान्छेको राजनीति प्रतिको रूचिले सम्पूर्ण विद्यार्थीको निधारमा पार्टीको tag लगाउनु पर्ने अब पक्कै छैन । यसो भन्दै गर्दा , संगठनहरु फाल्दै गर्दा हामी i hate politics , i dont care for it भन्ने मान्यताले प्रशिक्षित हुनु पनि सही हुँदैन जस्तो लाग्छ । राजनीति भनेको तीन दल र तिनका संगठनका कुरा मात्र होइन, आज bachelor पढ्दै गरेको मान्छे नेपाल सरकारको अफिसर candidate पनि हो, त्यसैले विद्यार्थीले राजनीति बुझ्न, राजनीति बुझ्न पनि जरुरी छ। हरेक नेपाली मतदाता राजनीतिक प्राणी हो, i hate politics भनेर पार्टी संगठनहरु उखेलेर फाल्ने जुन उल्लेखनीय काम भएको छ, त्यो स्वागतयोग्य छ। यसो भन्दै गर्दा भोलिको नेपालको प्रशासन हाँक्ने उम्मेदवारहरु पनि तपाईंहरू नै भएको हुँदा त्यसै प्रकारले राज्य र राष्ट्र निर्माणका कुराहरू संवेदनशील भएर अध्धयन गर्न अनुरोध छ।

अब घृणा त्यागौं, तर जिम्मेवार नागरिकको दायित्वबाट विमुख नबनौं।।

15/08/2025

डिभीजन वन कार्यालायको अनुरोध !!!

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Institute Of Forestry
Pokhara