Advocate Deb Raj Sharma
मेरो फेसबुक साथीहरुलाई यो नया पेजमा ल?
04/06/2026
पोखरा बसपार्कको कित्ता नम्बर ४६ मा बनेको घर तथा अन्य भौतिक संरचनाहरु तत्काल नहटाउन उच्च अदालत पोखराद्वारा उत्प्रेषण परमादेश जारी गरेको सूचना !
03/06/2026
विधायिका छलेर अर्थमन्त्री द्वारा करका दरमा मनलाग्दी संशोधन –संसद्मा दर्ता भइसकेको कुनै पनि विधेयकमा उल्लेखित विषय सच्याउनुपर्यो भने संसद्को स्वीकृति अनिवार्य चाहिने, या सम्सदबाट संसोधन प्रस्ताव मार्फत संसोधन गर्नु पर्ने कानुनी ब्यबस्था लत्याउदै व्यापक चलखेल गरि गैरकानुनी कार्यमा सकृय, स्वर्णिम ज्युले कता कता केके गरे हेरौ ।
03/06/2026
डा भिमार्जुन आचर्यको भनाइ !
"नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।"
02/06/2026
आयोग पास गरेका शिक्षकलाइ आयोग र शिक्षक पेशाकै मानमर्दन हुने गरि वडा महाआयोग द्वारा परिक्षा लिने भन्दै प्रेषित निमित्त वडा अध्यक्ष सम्बिधान र कानुन भन्दा माथी महाराज सोचेर होला यस्तो सूचना ! कोहि कतै कमजोरी होलान, बदमास पनि छन तर पनि शिक्षकलाइ उत्प्रेरित गरि, अनुकुल बाताबरण बनाएर पो नतिजा सुधार होला, आन्तरिक कार्यबिधी निर्माण गरि अनुगमन गर्ने, आबस्यक श्रोत साधन उपलब्ध गराउने, अभिभावक, बिध्यालय ब्यबस्थापन समिती सकृय बनाउने, गल्ती गर्नेलाइ कारबाहीको सिफारिस गर्ने गरि नतिजा उन्मुख गराउनेकी अपमान को बाटो समाउने? यस्तो हर्कत गर्ने बुद्धि कसरी आउदोहो है !
के बोल्या? कहाँ बोल्या? कुन पदमा पदासिन हो? ख्याल भएन ? यस्तो बोल्नु भन्दा नबोलेकै बेस ? कुन दिन नेपाल भरतिय भुमी हो भन्न बेर छैन ! ल न भोले बाबा केही पनि नबोल भन्देउ, अरुको सुझाब त त्यहाँ सम्म नपुग्ला ! सार्बभौमसत्ता सम्पन्न राष्ट्रियता जोगाइदेउ !
29/05/2026
आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट २१ खर्ब २४ अर्ब, ३४ करोड जसमध्ये चालू तर्फ १२ खर्ब, ७० अर्ब ५८ करोड छ भने ४ खर्ब ३१ अर्ब १० करोड रहेको छ । सम्रचनागत नयापनको घोषण लाई केही बिषयले समेटे पनि अशिकाङ्स निरन्तरता र केही महत्वकाङ्शी देखियो । यसबाट जेन्जी आन्दोलनका घाइते, रातृकालिन सेवा गर्ने नर्स, स्वयंसेवि महिला, सरकारी शिक्षक र कर्मचारी तुलनात्मक लाभ प्राप्त गर्न सफल ! योगदानमा आधारित सामाजिक सुरक्षाकोष लगायतका विषय प्राथमिकताको सुचिमा नपर्नुले अर्थतन्त्रको सुदृढीकरण जोखिम बढने देखियो । कार्यनबयनको गतिले बजेट को सफल र असफल समिक्षा होला तथापी चतुरभुजिय बिकासनारा बोकेको यस बजेटका प्रमुख बिशेषता:
# आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिवर्तन
# मानव विकास सूचकांकमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय
# जलविद्युत उत्पादन र प्रसारण विस्तारका लागि ७० अर्ब विनियोजन
# तराई-मधेसका ३९०० हेक्टर जमिनमा भूमिगत सिँचाइ विस्तार गरिने
# अब निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न पाउने
# कर्णालीमा स्याउ-ओखर जोन सञ्चालन गरिने
# न्युनतम आयकर लाग्ने सिमा दाह लाख
# 'भिजन काठमाडौं २०४०' नामक दीर्घकालीन सहरी विकास योजना सुरू गर्ने
# गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारमा बजेट विनियोजन
# रासायनिक मल खरिदका लागि बजेट वृद्धि, ३२ अर्ब ४६ करोड विनियोजन
# ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन थालिने
# सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब २० अर्ब विनियोजन
# स्थलहरूको पूर्वाधार निर्माण गरिने
# फुटबलका १० र क्रिकेटका ८ आधुनिक रंगशाला बनाइने
# आउने वर्षभित्रै भूमिहीनहरूको व्यवस्थापन गरिने घोषणा
# सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेंडा प्रशोधन केन्द्र स्थापना गरिने
# ग्रिन युरिया मल उद्योग सञ्चालनका लागि कम्पनी मोडलमा सहकार्य
29/05/2026
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको बिशेष दिन गणतन्त्र दिवस २०८३ को यश अबसरमा आन्दोलन र अधिकारको नाममा अब देश र जनताले नोक्सानी ब्यहोर्नु नपरोस सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता, आपसी सद्भाव, शान्ति, सुशासन र समृद्धिको भावना अझ मजबुत भइ बिधिको शासन स्थापित होस सबैमा शुभकामना ब्यक्त गर्दछु !
27/05/2026
२०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनको अनुशन्धान पश्चात् करिब ९ महिनामा राष्ट्रिय मानव अधिकार आयोग द्वारा आज प्रकाशित प्रतिबेदनको संक्षिप्त्त सन्देश ! ओछ्यानमा पुर्याउने कि रछ्यान बनाउने अभिभारा महामहिम रबि र बालेन सरकारको जिम्मा !
पोखराको फिर्केखोलाको मापदण्ड भित्र रहेका १६० संरचना हटाउन आजदेखि डोजर परिचालन हुदै, पोखरा बसपार्क क्षेत्र खाली गराउन १५ दिनको अल्टिमेटमको सुचना, लालपुर्जा भएका जग्गाधनीले ७ दिनभित्र कागजात पेस गर्नुपर्ने ।
Video : Amrit Subedi
23/05/2026
आत्मिय मित्र Surya Dangi जि अप्रिय खबरले स्तब्ध बनायो !
दिबङ्गत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Pokhara