Bimal Raj Nischal

Bimal Raj Nischal

Share

Namaste ! Its My Peresonnel Page Where i am just trying to Share My Feelings, Thoughts and Words....

15/10/2025

जन्म दिनको हार्दिक हार्दिक शुभ कामना !

बिशेष त के लेख्नु र? मन मा लागेका दुइ चार सब्द हरु लाइ मन मस्तिस्क हल्का बनाउन मात्र सब्दको सहारा लिदै छु। आज तिम्रो जन्म दिन चाहेर पनि भुल्न नसक्ने एक मात्र दिन त्यो पनि खरानि बनि सकेको सम्बन्ध को एक मात्र सम्झना लाएक को एक दिन तिम्रो जन्म दिन!

तिमिले बारम्बार सोध्ने केहि प्रस्नको उत्तर न म दिन सक्छु न म सङ दिन सक्ने हैसियत नै छ तर पनि तिमिले सोधेका केहि प्रस्न हौ अझै यो मस्तिस्कमा गुन्जि रहन्छन... सम्बन्ध अनि हरेक कुरा खरानि भए ता पनि तिमिले सोधेका केहि प्रस्नका उत्तर हरु दिमागमा खेलि रहदा तिमिलाइ सामु दिने त असम्भब नै हो तसर्थ आज यहा केहि लेख्दै छु। तिम्रो प्रस्न थियो, तपाई ले मेरो मामु लाइ के कस्तो ब्यबहार गर्नु भयो?

बास्तबमा यो तिम्रो सम्बन्धित प्रस्न कदापि होइन किन कि कस्ले कस्लाइ के कति सम्म गर्यो अनि कस्ले किन कसरि सम्बन्ध खरानि भयो भन्ने तिम्रो सरोकारको न बिषय हो न तिम्रो अधिकारको बिषय नै हो किन भने तिमि ले तिमि को हौ र तिम्रो कर्तब्य र भुमिका के हो त्यति मात्र निभाउने हो अनि आफ्नो जिवन लाइ कसरि खाअनि भएका सम्बन्ध बाट तुलनात्मक रुपमा सहयोग अनि साथ का साथ सफल बनाउने हो बस त्यति मात्र तिम्रो कर्तब्य थियो तर तिमि जुन समाज परिबेष र परिवारमा बसेको छौ त्यो परिवारमा तिमिले कुनै पनि सकरात्मक कुरा सिक्ने र बुझ्ने छौ भनेर म एक रति बिश्वास गर्न सक्दिन किन कि तिमिले भन्दा पहिला यस धर्ति मा जन्म लिएको मैले हो भन्ने नभुल्नु होला।

तिम्रो चासो को बिषय पनि हैन र तिमिले छोरि को नाता ले आमा कै कुरा सुन्नु पने स्पस्ट छ भने अनि जहा तिम्रो पालन पोषण हुदै छ त्यो परिवार बाट तिमिले सिक्ने भने कै सौतन नाल, अहन्कार, खोक्रो आडम्बर र पैसा को सिक्षा मात्र हो । हुन पनि हो तिमिले त्यो नै सिक्ने हो त्यो नै बुझ्ने हो जुन तिमि लाइ सिकाईन्छ अनि जे तिमि लाइ भनिन्छ नत्र तिम्रो रोजि रोटि पनि बन्द हुने ड्र जो छ्।

तिमिलाइ मैले भन्न कुनै जरुरि पनि छैन किन कि जुन परिवारमा एस ई ई मा पास हुदा मैले केक ल्याउदा तिमिले पिटाई खानु पर्छ अनि मेरो परिवारको मान्छे बिरामि हुदा सुरक्षा गार्ड रखि तिमि आउनु पर्छ भने मैले तिमि लाई सोध्न बाध्य हुन्छु कि तिमि स्वर्ग मा छौ कि नर्क मा यसको जवाफ तिम्रो जन्म दिने ब्यक्ति ले दिनु पर्छ न कि मैले!

म सधै चाहन्छु तिम्रो जिवन सफल सुखद होस तर ति सबै कुरा को प्रस्न सोध्न मन लाग्छ भने तिमिले तिमि लाई जन्म दिने मान्छे लाइ सोध्नु है! अर्को प्रस्न तिम्रो छ, मैले के खाए के लाए किन वास्ता भएन? मेरो लागि सबै भन्दा जटिल प्रस्न अनि मैले चाहेर पनि दिन नसक्ने जवाफ! तिमिले सोध्नु कुनै गलत होइन तर जब म आफै जिन्दगि को मृत्यु र जिबन को साधमा बसेको ब्यक्ति ले के जवाफ दिनु?

मैले भन्ने यति मात्र हो कि मैले पनि परदेश जानु अगाडि तिमि अहिले जहा छौ त्यहा बस्छौ भन्ने न कल्पना गरेको थिए न सोचेको तर तिमि लाइ जन्म दिने मान्छे लाइ सोध्नु किन? म आफै मेरो मान्छे लाइ जिन्दगि को सपना साकार गर्न लैजादा दुनिया लाइ हात जोडि जोडि लैजानु पर्ने अनि दुनिया एक तर्फ म अर्को तर्फ हुनु पर्ने देखि म आफ्नै जिबन को सुरुवात जिरो गरेको ब्यक्ति लाइ के भन्नु? तिमि लाई अहिले जहा छौ त्याह लैजाने निर्णय तिम्रो जन्म दिने ब्यक्ति को एकल निर्णय थियो भने तिमि लाइ न तिम्रो जन्म दिन मा स्कुल मा भेट्न पाउने अनुमति थियो न मेरो परिवारको कुनै पनि सद्स्य सङ तिम्रो भेट हुन अनुमति थियो!

बास्तबमा तिमिलाइ म अनि मेरो परिवारले भेट्न पाउनु पाउदैन थियो जुन अनुमति तिम्रो परिवाअ सङ थिएन सो तिमि ले सोधेका प्रस्न हरु मेरा लागि टाउको दुखाई का प्रस्न मात्र थिए तर पनि मेरो दिमागमा रहि रहे। यति कुरा लेखेर राख्नु न तिमि लाइ हुर्काउन नसक्ने पाल्न नसक्ने हिम्मत औकात नभएको भने पक्कै होइन तर खोक्रो आडम्बर घमण्ड र सौतन नालको हुनु नै सबै भन्दा ठुलो पाप भयो सो एक दिन तिमि आफै ले बुझ्ने छौ। जुन परिवारमा तिमि एस ई ई पास हुदाको दिन तिमिले तेरो बाउ सङ किन बोलिस भन्दै मोबाइल फुटाल्दै तिमि ले पिटाई खानु पर्छ अनि तिम्रो हजुर आमा बिरामि हुदा १९ बर्श कि नातिनि एक्लै आउन मिल्दैन र आफ्नो जन्म दिने बाउ सङ बोल्दा तिमिले पिटाई खानु पर्छ भने तिमि कुन परिवार समाज र मानसिकता मा छौ भन्ने कुरा न तिमि ले सिकाउनु पर्छ न तिम्रो समजा ले किन कि आज तिम्रो जन्म दिन म हुना को कारण थियो भन्ने भुल्नु हुदैन्।

मलाइ तिम्रा प्रस्नको जवाफ दिनु कुनै जरुरि छैन तर पनि मन मा कति राख्नु? मलाइ म सत्य र गलत हुनु छैन, जे यथार्थ सत्य र बास्तबिकता हो त्यति मात्र बोल्नु छ सो फुर्सद मिल्यो भने ति सबै प्रस्न तिमिले तिमिलाइ जन्म दिने मान्छे लाइ सोध्नु है ।

जे होस आज तिम्रो जन्म दिन केक ल्याउनु त सपना को कुरा हो एक दिन एस ई ई मा केक ल्याउदा त तिमि ले पिटाई खानु परेको जिन्दगि मा भुल्न सक्दिन सो जन्म दिन को शुभ कामना !

11/10/2025

Big thanks to

Lüx Mün Lüx

for all your support! Congrats for being top fans on a streak 🔥!

03/10/2025

ब्यक्तिगत बिचार: साघुरिदै गएको दशै

सदा झै यस पालि पनि दसै आयो अनि गयो तर आज मनमा एउटा प्रश्न आई रहयो कि के यो दशै सधै यस्तै थियो त्त्?

आज सम्झदा अचम्म लाग्छ त्यो दशै थियो जहा हरेक सम्झना हरु सम्झदा पनि एक्लै यो मन अति आनन्दित हुदै केहि पलको लागि भए पनि मन फुरुङ हुने गर्दछ ! आज भोलि को दशै आउन त आउछ तर त्यो उत्साह उमङ अनि खुशि आज भोलि सामाजिक सन्जाल भर्ने र बनावटि सम्बन्ध निभाउने दशै मा कहा छ र ?त्यो एक दशै थियो दशै आउनु भन्दा एक महिना अगाडि देखि कुन कपडा र कुन आफन्त को मा जाने भन्दै चिन्ता ले दिन बित्दै जान्थ्यो जहा आज भोलि साथ मा पैसा छ बजार मा गयो अनि मन परेको कपडा किन्यो। हुन पनि हो! दशै आउनु एक महिना अगाडि कै पिर चिन्ता हुन्थ्यो कुन कपडा लगाउने अनि बाउ आमा ले कपडा किन्दा गरेको हेल्चक्राई र मोल्तोल को महत्व आज आफै सङ पैसा खल्ति मा र बजारमा सामान हुदा सहज जिबन भए पनि त्यो पिर चिन्ता पछि को खुशि कहा किनेर पाउनु?

त्यो दशै को योजना पनि गज्जबको हुन्थ्यो कि ठुलो बाबा को मा गए यति पैसा भन्दै जहा धेरै पैसा दिन्थे त्यो घर त टिका लगाउन लाईन बस्नु परोस कि कुकुर पालेको घर होस गएर त्यो सिमित पैसा बोकेर नै आउदा को हर्ष यो दशै मा कहा खोज्नु ?

त्यो एक पल थियो दशै मा जम्मा भएका टिक लगाएका ति नोट हरु राख्न स्कुल को कपिको पछाडि भर्ने आज को वालेट बनाइ पैसा मिलाइ मिलाइ राखेको त यो द्शै मनाउने १००% लाइ पनि कल्पना छैन । त्यो कागजको पैसा राख्ने पर्स मा १,२,५,१० को नोट मिलाइ मिलाइ राख्दा को शान अनि घमण्ड आज चिल्लो कार र महङो आई फोन चलाउदा पनि आउदैन । आज सम्झदा अचम्म लाग्छ कतै टिका लगाउदा रातो पैसा २० मात्र दिए त्यो पैसा कि हराउथ्यो कि राखेको ठाउ नै बिर्सेर हैरान ह्न्थ्यो किन कि हामि केटा केटि लाइ त्यो रातो २० अनि राजाको फोटो भएको पैसा त कि मामा घर दिन्थे कि त धनि मानि का घर मा मात्र दिन्थे।

आज भोलि त आफन्त अनि ठुला बडाका घर टिका थाप्न जान पनि सारै सजिलो एक फोन गर्यो अनि यति बजे आउनु उति बजे आउनु तर त्यो पनि एक दिन थियो कसैको घर टिका लगाउन जादा त्यो आफन्त कसैको घर टिका लगाउन गए त कुर्नु सम्म कुर्यो अनि टिका लगाइ दक्षिणा गनेर राख्नु को बिछट्टै मज्जा थियो। बालापन पनि यति सम्म थियो कि हरेक पटक टिका लगाइ दक्षिणा पाउदा सुरु बाट पैसा गन्दै गन्दै राख्नु पर्ने त्यो कस्तो अचम्मको बाल मानसिकता थियो तर आज भोलि आफु सङ भएका सम्बन्ध सम्पति र जिबन को कुनै पिर चिन्ता अनि ख्याल छैन बस अरु कै ख्याल छ्।

आज त्यो मैले बिताएको दशै सम्झदा नि कल्पना बाहिरको दशै हो कि कुनै ठुलै निर्देशकले बनाएको फिल्म हो भन्ने अनुभब हुन जान्छ । आज भोलि को सामाजिक सन्जाल मा छरप्रस्ट हुने तस्बिर हरु देख्दा कसरि भुल्नु दशै को टिकाको दिन देखि पुणिमा सम्म अझै पनि टिका थाप्ने घर आफन्त को लेखा जोखा नै हुन्थ्यो अन्तत टिका को दिन आफ्नै बा आमा को हातको टिका पछि पुर्णिमा सम्म अझै कस कस्को घर टिका लगाउन जाने योजना नै हुन्थ्यो भने टिका लगाउन जादा नया जुत्ता कपडा बारि अनि हिलो मा फोहोर हुदा देखि घर आउदा त्यो अबिकसित अध्यारो मा लड्दै लड्दै छाम छुम गरेर घर आउदाको फोटो कहा सङालेर राखेर आज जस्तो क्रुत्रीम हासो सम्बन्ध देखाउदै सामाजिक सन्जालमा राख्न पाईयो र? हुन पनि हो निधारमा टिका को दिन देखि पुर्णिमाको दिन सम्म टिका लगाउदा त्यो अनुहार हेर्न लाएक को हुन्थ्यो भने टिका लगाउन टाढा आफन्त मामा घर जादा टिकाको साईत पछि खुल्ने नगर बसको प्रतिक्षा एउटा रोमान्चक पक्ष थियो भने बस भित्र उकुस मुकुस हुदै निधारको टिका ले नुहाउन पर्ने नाजुक अबस्था आफ्नै ठाउ मा थियो भने बस भित्र मान्छे हरुको दुर्गन्ध अनि पसिनाको चरम गन्ध ले त्यो बालापन मा दिएको सम्झना अझै पनि ताजा छ्।

त्यो दशैको सबै कुरा सम्झदै लेख्दा फेवा तालको छेउको चौरमा लाग्ने पुर्णिमाको मेला नै लेख्न भुले त न दशै को अर्थ भयो न मैले यो लेख्नु को अर्थ! आजको लेक साईड जहा ब्यपार र बिकास छ त्यो ठाउ मा कुनै दिन हाम्रो दशै मा मेला लाग्थ्यो जहा जता हेरे पनि रातै कपडा बाहेक अरु देख्न त मुस्किल नै हुन्थ्यो, त्यो मेला मा मान्छे हरु को भिड को कुनै गिन्ति थिएन । अहिले को फेवा तालको छेउ छेउ नै पुर्णिमाको मेला लाग्थ्यो ।

त्यो मेला मा दशै मा दक्षिणा कमाएको पैसा ले किने का खुशि अहिले कुनै पनि महङा देखि सम्पुर्ण कुरा ले दिन सक्दैन भन्ने कुरा ढुक्क छु। त्यो दशै मा रातो बरफ को १ अनि सेतो बरफको २ रुपैया हुदा सेतो बरफ नै खान योग्य सम्झदै आफ्ना साथि भाई सङ १ रुपैयाको रातो बरफ नखाइ २ रुपैयाको सेतो बरफ खादा को खुशि अनि सन्तुस्टि आज कुन खाना ले दिन्छ होला ?

मेलामा कगजको फिर्फिरे हातमा राख्दै फेव तालको छेउ छेउ भाग्दै भैयाले फिल्म भन्दै इन्डियन हिरो को फोटो देखाउने दुर्बिन जस्तो फिल्म घर अनि १५ रुपैया पने टिनको पेस्तोल तिहारको लागि किन्दै पटाका पट्काउदा औधि खुशि मिलेको पल छोडेर आजको खुशि को लागि भाग्नु पर्दैछ्। यि र यस्ता त्यो दशैको बारेमा अनि मैले भोगेको दशैको बारेमा सब्द खर्चिन लागे न आज सकिन्छ न कुनै दिन तर पनि एउटा त्यो दसै थियो अनि आज यो दशै !

यो मेरो नितान्त ब्यक्तिगत भोगाइ अनि सब्द थियो है ।
धन्यवाद

30/09/2025

नेपालीहरुको महान चाड विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मान्यजन, दाजुभाइ, दिदीबहिनी,ईष्टमित्र, साथीहरू, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, संमृद्धि र दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै बिजयादशमि को हार्दिक शुभ कामना ब्यक्त गर्दछु ।

30/09/2025

नेपालीहरुको महान चाड विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मान्यजन, दाजुभाइ, दिदीबहिनी,ईष्टमित्र, साथीहरू, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, संमृद्धि र दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै बिजयादशमि को हार्दिक शुभ कामना गर्दछु ।

Photos from Bimal Raj Nischal's post 27/09/2025

हिजो कुनै दिन म धनि सम्पन्न अनि सपनाको देश दुबैइ हुदा पनि आमाको आन्खा को अप्रेसन गर्नु पर्दा म लाचार निरहि बाध्यता र छोराको कर्तब्य बाट कोसौ पर थिए किन कि त्यो दिन म गलत थिए अनि दोषि केवल म मात्र थिए । किन कि मैले मेरो सारा उर्जा शक्ति बिबेक आर्जन देखि एक एक मिनेट त्यो गलत ब्यक्ति लाइ सम्झाउन फकाउन लगाए जसको फल केवल नमिठो थियो र मैले गरेका ति सम्पुर्ण अर्थक प्रयास मा केवल गलत दोषि म मात्र थिए तर आज मैले मेरो कर्तब्य पालना गरेको आभाष हुन्छ । बास्तबमा ढिलै होस तर मैले जिबनमा एउटा कर्तब्य निस्ठ कर्तब्य पुरा गरेको गर्ब लाग्छ ! मैले लाखौ करोडौ कमाउन नसके पनि आज म जहा जे जस्तो अबस्था मा छु मैले आमा लाइ आफ्नो एक पहलमा उपचार गर्न मेरो सम्पुर्ण परिवार हरु बहिनि हरु का साथ आमाको उपचार गर्न सक्षम भएको पाउदा जिबन मा गर्ब लाग्छ अनि कुनै दिन दुबैई मा हुदा गरेको मेरो पाप पखालिएको अनुभब हुन्छ जुन मेरो गलत ब्यक्ति सङ गलत निर्णय थियो । बास्तबमा, आमाको उपचार मा पहिलो प्रयास मेरो थियो भने बहिनि हरु को आजिबन भुल्न नसक्ने साथ सहयोग र सम्बन्ध छ । भनिन्छ नि असल तिमि बन्नु सबै कुरा बिस्तारै बिस्तारै असल हुदै हुदै जान्छ । यस पालि आमाको उपचार को क्रम मा पहिलो कदम मैले सुरुवात गरे पनि साथ मा साथ हात मा हात दिने ति सम्पुर्ण मेरा सम्बन्ध लाइ म आभारि रहने छु तर आमा लाइ अन्तिम पटक कल्पेर सम्झेर साथ दिए जस्तो गर्न आउने एक दुई जना को त्यो अनुहार मैले फेरि फेरि हेर्न नपरोस । बास्तब मा ति एक दुइ अनुहार को उपस्थिति आमाको अन्तिम अबस्था हुन सक्छ भनेर देखावटि थियो भन्ने कुरा मैले बुझ्न सक्दिन र ? 🙏🙏🙏

23/09/2025

आज समस्त हिन्दु नेपालि हरुको दशैंको पहिलो दिन, घटस्थापनाको मंगलमय शुभकामना! श्री ताल बराहि माता ले हामि सबै को रक्षा गरुन !
🎉🙏

Photos from Bimal Raj Nischal's post 23/09/2025

बिहे गरौ भन्या खै ! यसरि नै सुनको भाउ आकासिदै गयो भने म कुमार नै बस्ने पक्का पक्कि हो है !
😂😎😂

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Pokhara