Virtual Patro

Virtual Patro

Share

पात्रो एक, विशेषता अनेक,समय बलवान छ।

29/04/2026

वैशाख १५ मंगलबारको राशिफल
मेष :- दीर्घकालीन फाइदा दिने कुनै कार्यको प्रारम्भ होला । परिश्रमको यथोचित प्रतिफल प्राप्त होला । शत्रु तत्त्वको क्रमशः पराजय हुँदै जाला ।
वृष :- बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्य प्रारम्भका लागि भने केही समय प्रतीक्षा गर्नु श्रेयस्कर होला । आफन्तको सहयोग प्राप्त होला ।
मिथुन :- परिस्थिति प्रतिकूल बन्दै जाला । अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुस होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।
कर्कट :- उद्योग व्यवसायमा राम्रो फाइदा होला । समाजसेवाको भावना पैदा होला । चित्त हर्षित तथा प्रसन्न रहला ।
सिंह :- बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिन सकिएला । लेनदेनको विषयमा होसियारी अपनाउनुपर्ला । मनमा उदासिनता छाउन सक्छ ।
कन्या :- कुनै रचनात्मक कार्यको शुभारम्भ होला । लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्न सक्ला । ज्ञान आर्जनका नयाँ मार्गहरु भेटिन सक्लान् ।
तुला :- व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउला । आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुनसक्छ । सामाजिक स्थानमा समेत खलबल आउनसक्न सम्भावना उच्च देखिन्छ ।
वृश्चिक :- आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला । कुनै शुभ समाचार सुन्न पाइएला । कुनै महत्वपूर्ण निर्णयमा पुगिएला ।
धनु :- पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्ला । नयाँ कार्यको प्रस्ताव आउन सक्ला । स्वास्थ्य स्थिति अनुकूल रहला ।
मकर :- आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्ला । पूर्व सम्झौता तोडिने उच्च सम्भावना रहला । व्यवसायमा असन्तुलनता देखिएला ।
कुम्भ :- अन्तिम चरणमा पुगेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने हुनसक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । अनायासै स्वास्थ्यमा केही समस्या देखिनसक्ला ।
मीन :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुनसक्छ । मनमा शान्ति मुहारमा कान्ति छाउला । शुभ दिन ! ज्यो: सूर्य पौडेल

20/04/2026

वैशाख ७ सोमबारको राशिफल
मेष :- मनमा असन्तोषरुपी अग्नि सल्किएला । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ला । अनावश्यक विषयमा नचाहिदो चासो राख्दा आफै समस्यामा फसिएला ।
वृष :- सामाजिक मान सम्मानमा नयाँ आयाम थपिएला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला । घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त होला ।
मिथुन :- आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिन सक्ला । अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्लान् । आर्थिक फाइदाबिहीन कामको समेत जिम्मेवारी बहन गर्नुपर्ला ।
कर्कट :- कुनै शुभ समाचारको आगमनले मन प्रसन्न होला । साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ला । आम्दानी बढ्नाले मनमा उत्साह पनि जाग्ला ।
सिंह :- स्वास्थ्य स्थिति प्राय अनुकूल रहला । आँटे ताकेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । विपरीत लिङ्गी साथीको भने सहयोग मिल्ला ।
कन्या :- आशा गरेको व्यक्ति तथा स्थानबाट अपेक्षाकृत सहयोग प्राप्त नहोला । व्यापार व्यवसायमा पनि नोक्सानी बेहोर्नुपर्ला । वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर होला ।
तुला :- अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । न्यून उपलब्धिमै पनि मन बुझाउनुपर्ला । एउटै कामलाई पनि पटकपटक गर्नुपर्ने हुनसक्ला ।
वृश्चिक :- थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । राज्यपक्षबाट पनि साथ सहयोग प्राप्त होला ।
धनु :- शत्रु पक्षको लज्जास्पद हार होला । यत्रतत्र ख्याति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।
मकर :- यात्रामा अनेकन विध्नबाधा सहनुपर्ला । मनमा अशान्तिको कालो बादल मडारिएला । कुनै अनपेक्षित खबर समेत सुन्नुपर्ला ।
कुम्भ :- मन प्राय अस्थिर रहला । स्वजनसँगै वैचारिक मनमुटावको स्थिति सिर्जना होला । प्रतिकूल स्वास्थ्यस्थितिको समेत सामाना गर्नुपर्ला ।
मीन :- आरोग्यतामा थप वृद्धि आउला । मनमा प्रसन्नताको नवीन बहार छाउला । आर्थिक कारोबारमा लाभ होला ।शुभ दिन ! ! ज्यो:सूर्य पौडेल #राशिफल Patro

18/04/2026

मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभकामना।

14/04/2026
13/04/2026

१-वैशाख -२०८३,मङ्गलबार , ११४६चौलागाःद्वादशी, कृष्ण पक्ष ,April14,2026
कार्यक्रमहरू: नववर्षारम्भ, वैशाख सङ्क्रान्ति, भ.पु विश्वध्वजपतन
चम्पादेवी मेला, टोखा सपन तीर्थस्नान,खायु सॅल्हू, तागा सङ्क्रन्ति, खात बिहु सुरू,त्रिपुष्कर १३३३६ देखि २१।३२ सम्म

Download Android: https://play.google.com/store/apps/details?id=com.virtualpatro
iOS: https://apps.apple.com/us/app/virtual-patro/id6749359154
Web: https://virtualpatro.com/

13/04/2026

२०८३ सालको सङ्क्रान्ति फल

07/04/2026

२४-चैत्र -२०८२,मङ्गलबार ११४६ ,चौलागाःपञ्चमी, Tue Apr 07 2026
वैशाख कृष्ण पक्ष, विश्व स्वास्थ्य दिवस

Download Android: https://play.google.com/store/apps/details?id=com.virtualpatro
iOS: https://apps.apple.com/us/app/virtual-patro/id6749359154
Web: https://virtualpatro.com/

03/03/2026

ग्रहण सम्बन्धी जानकारी
आज फागुन १९ गते मंगलबार बिहान ०९:०३ बजे देखि बालक, वृद्ध र आतुर बाहेक अरुलाई भोजन निषेध ।
ग्रहण स्पर्श : दिउँसो १५:३४ बजे
चन्द्रोदय : साँझ १८:०३ बजे
मोक्ष : रात्री १९:०२ बजे ।।

22/02/2026

फागुन १० आइतबार,२०८२, ने.स‌‍:११४६-चिल्लाथ्वः-पञ्चमी-शुक्लपक्ष, February22-2026,
सूर्योदय: ०६:३७, सूर्यास्त:१७:५९
मेष :- नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला । सामाजिक मान सम्मानमा थप वृद्धि आउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।
वृष :- विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्ला । नसोचेका ठाउँमा अनावश्यक धननाश होला । लगनशीलतामा कमी आउला ।
मिथुन :- प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । अनायासै अर्थ, जमिन वा उपहार लाभ होला । मनमा जाँगर र उत्साह जाग्ला ।
कर्कट :- स्वास्थ्य स्थिति प्राय अनुकूल रहला ।थालेका कार्यलाई साकार रुप दिन भने कठिनाइ होला । नियमितभन्दा फरक वा वैदेशिक कार्यमा भने केही फाइदा होला ।
सिंह :- व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ला । आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ला । घरपरिवार वा स्वजनसँगै वैचारिक मनमुटाव हुनसक्ला ।
कन्या :- कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ला । अन्तिममा पुगेका कार्य पुन: दोहोर्‍याएर गर्नुपर्ला । मिहिनेतको पनि उचित प्रतिफल प्राप्त नहोला ।
तुला :- प्रारम्भ भएका कार्य उचित गति तथा मार्गमा अघि बढ्लान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । आतिथ्यता ग्रहण गर्न पाइएला ।
वृश्चिक :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउला । यत्रतत्र यश, कीर्ति फैलिएला ।
धनु :- कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ ।यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ला । आफन्तजनको भने सहयोग प्राप्त होला ।
मकर :- स्वास्थ्य स्थिति प्राय प्रतिकूल रहला । इच्छित खानाको उपभोगमा बाधा अवरोध उत्पन्न होला । कठिन परिस्थितिमा साथ दिने आफन्तको अभाव महसुस होला ।
कुम्भ :- मनमा प्रसन्नताको बहार छाउला ।आरोग्यतामा थप वृद्धि आउला । गरेका कार्यको उचित प्रतिफल प्राप्त होला ।
मीन :- आर्थिक अवस्थामा असन्तुलनता देखापर्ला । मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला । शुभ दिन ! ज्यो : सूर्य पौडेल Virtual Patro

06/01/2026

आजको पञ्चाङ्ग तथा राशिफल

आज २२-पुष-२०८२,मङ्गलबार ,Tue Jan 06 2026
ने.स ११४६प्वहेलागाः३,माघ कृष्ण पक्ष।सूर्योदय०६:५६,सूर्यास्तः१७ः२३

मेष :- आफ्नो अधिकारको प्राप्तिका लागि कडा कसरत गर्नुपर्ला । वादविवादजन्य विषयमा प्रवेश नै नगरेको श्रेयस्कर होला । मन प्राय अस्थिर र बेचैन रहला ।

वृष :- धार्मिक तथा सामाजिक कार्यमा मन जाला । कार्यसिद्धिको शुभ फलदायी योग बन्ला । मनमा प्रसन्नताको नयाँ बहार छाउला ।

मिथुन :- शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । बोलीले उच्च सकारात्मक प्रभाव जमाउने सकिएला । लेनदेनका लागि भने समय प्रतिकूल रहला ।

कर्कट :- सभा, गोष्ठी, सम्मेलनमा सरिक हुने अवसर जुट्ला । नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्ला । नयाँ क्षेत्रमा गरेको लगानी सफलतान्मुख रहला ।

सिंह :- अात्मविश्वासमा केही कमी आउला । हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्ला । खर्चका बाटाहरु लम्बिएर जालान् ।

कन्या :- अनायासै आर्थिक लाभको अवसर जुट्ला । मनमा खुशीयाली छाउने कुनै शुभ समाचार सुन्न पाइएला । प्रियजनसँग भेटघाटको माहोल बन्ला ।

तुला :- वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिन सक्ला । नयाँ रोजगारीको अवसर समेत आउन सक्ला । अनपेक्षित व्यक्तिबाटसमेत सहयोग प्राप्त होला ।

वृश्चिक :- नयाँ कार्ययोजना तय होलान् । लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुने सम्भावना रहला । स्वास्थ्यस्थिति भने प्रतिकूल रहन सक्ला ।

धनु :- शारीरिक तथा मानसिक आलस्यता बढ्ला । पूरा हुनै लागेको काम अन्तिममा गएर बिग्रिन सक्ला । विवादास्पद विषयमा प्रवेश नगर्नु उचित रहला ।

मकर :- आशा गरेको व्यक्ति स्थानबाट राम्रो साथ सहयोग प्राप्त होला । कला साहित्यमा मन रमाउला । कहीँकतै आतिथ्यता ग्रहण गर्ने मौका मिल्ला ।

कुम्भ :- विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइएला । घरमा नवीन रौनकता छाउला । वस्त्र, उपहार वा पुरस्कार प्राप्तिको समेत सम्भावना रहला ।

मीन :- दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले अपेक्षित प्रतिफल नदेला । आफन्तको भने साथ सहयोग प्राप्त होला । नयाँ कार्यारम्भका लागि केही समय धैर्य गर्नु श्रेयस्कर रहला ।

शुभ दिन !

ज्योतिष सूर्य पौडेल

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Address


Pokhara
Pokhara
33700