Weather Sathi

Weather Sathi

Share

We're not just predicting the weather, we're shaping it!

08/06/2026

आगामी २७ गते बुधवार र २८ गते विहिवार सम्म धेरै स्थानमा भारी वर्षा को सम्भावना छ।
Youtube: https://youtu.be/AxsFUmDLlog?si=4oIEIu5eReUCCihw
Nepal Weather Forecast
National Disaster Risk Reduction & Management Authority

07/06/2026

हजुर हरु लाई कति को गर्मी महसुस भैरहेको छ ?

Nepal Weather Forecast

05/06/2026

आगामी ३ दिनको लागी मौसम पूर्वानुमान ||
२३ शनिवार गते देखि २५ गते सोमवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि उच्च पहाडी भेकमा मध्यम देखि भारी वर्षा को सम्भावना छ, भने तराई भूभाग मा तातो लहर कायमै रहने सम्भावना छ।
नोट: जुन १४ आसपास बाट पूर्वी नेपाल हुदै मनसुन भित्रिने सम्भावना देखिन्छ।
Youtube: https://youtu.be/HczHobF6718?si=F5MBYgWrvQns7GoB

Nepal Weather Forecast

05/06/2026

यो वर्ष El Nino प्रभाव भएता पनि एउटा सकारात्मक परिस्थिति बन्ने सम्भावना यथावत् नै छ, त्यो चै IOD Positive हुनु हो। सामान्यतया El Nino ले मनसुन वर्षा कमजोर बनाउने गर्दा छ भने Positive IOD को कारण Arabian Sea तातो भई मनसुन प्रणालीलाई केही बल मिल्ने गर्छ। यसको प्रभावले नेपालमा अत्यधिक सुख्खा अवस्था आउन नदिई समग्र वर्षा सामान्यदेखि अलि कम हुन सक्छ। विशेषगरी पूर्वी नेपालमा वर्षा केही कम हुनसक्छ भने पश्चिमी र मध्यम भागमा सामान्य वर्षा हुने सम्भावना रहन्छ।

Nepal Weather Forecast
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग Tucdhm

04/06/2026

के यो वर्ष El Nino ले डर लाग्दो परिश्थिति सिर्जना ल्याउन सक्छ ????
प्रशान्त महासागरको तापक्रम असामान्य रूपमा बढ्दा मौसम प्रणाली असन्तुलित भई कतै अत्यधिक वर्षा र बाढी, कतै लामो समय सम्म खडेरी जस्ता समस्या देखिन सक्छन्। यसले कृषि, जलस्रोत र दैनिक जीवनमा नकारात्मक असर पार्ने भएकाले सतर्कता रहनु आवश्यक छ।

04/06/2026

किन मनसुन आउन ढिलाई भइरहेको छ त?
अरब सागर र केरलामा दक्षिणपश्चिम मनसुन परिसंचरण अझै पूर्ण रूपमा व्यवस्थित भएको छैन। Equatorial हावाहरू उपस्थित छ तर केरला तिर दक्षिणपश्चिम दिशामा बलियो रूपमा आएको छैन बरु पूर्वतिर दक्षिणपूर्व एशिया तिर घुमिरहेका छ। पश्चिमी प्रशान्त महासागरमा रहेको बलियो चक्रवाती प्रणालीले तल्लो वायुमण्डलीय हावालाई मोडिरहेको छ, जसले हिन्द महासागर र भारतीय भूभाग बीचको Pressure gradient लाई कमजोर पारिरहेको छ। फलस्वरूप केरला तर्फ सोमाली जेट र moisture transport कमजोर छ। त्यसकारण मनसुन सुरु हुने wind reversal, convergence र निरन्तर moisture transport लागि आवश्यक ठूलो मात्रामा वायुमण्डलीय अवस्था अझै स्थापित भएको छैन।
नोट: अन्य सुचकहरु पनि छन् यसमा समाबेस गरिएको छैन।😜😜
Nepal Weather Forecast
India Meteorological Department

03/06/2026

Over the next 7 days, South Asia is expected to remain under intense heat, with and continuing to record the highest temperatures, around 41–46.8°C, making them the hottest countries in the region. Terai will also remain very hot, with temperatures near 35–38°C, while will experience hot and humid conditions in the low to mid 28°C range. In contrast, relatively lower temperatures between 27–30°C are expected across , and coastal southern India, highlighting a clear pattern of extreme heat over the inland plains.

Nepal Weather Forecast
India Meteorological Department

02/06/2026

जुन १३-१४ बाट पूर्वी नेपाल हुदै मनसुन भित्रिने सम्भावना देखिन्छ|
Youtube: https://youtu.be/HczHobF6718?si=H0URaEjiY6r_934d
Nepal Weather Forecast

01/06/2026

आज १८ गते बेलुका देखि २३ शनिवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि उच्च पहाडी भेकमा मध्यम देखि भारी वर्षा को सम्भावना छ, भने तराई भूभाग मा सामान्य वर्षा को सम्भावना रहेको छ।

01/06/2026

यो बर्ष El Nino ले प्रशान्त महासागरको समुद्री सतह तापक्रम सामान्यभन्दा करिब +1°C सोभन्दा बढी हुने देखिन्छ। दक्षिण एशियामा वर्षा कम हुनाको साथै नेपालमा मनसुनी वर्षा कमजोर अनियमित वा ढिलाइ हुने सम्भावना छ। यसले विशेष गरी कृषि उत्पादन जलस्रोत र विपद् जोखिम व्यवस्थापनमा असर पार्न सक्ने भएकाले अग्रिम तयारी आवश्यक छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00