Dr Sanduk Ruit
Dr Sanduk Ruit
This page is managed by the Ruit Foundation.
Dr. Sanduk Ruit, Founder & Executive Director of the Tilganga Institute of Ophthalmology, is a globally celebrated ophthalmologist, renowned for pioneering the small-incision cataract surgery (SICS) technique and establishing the outreach microsurgical eye camp model. His work has brought affordable and high-quality eye care to underserved communities across the developing world. Over his career,
17/12/2025
पाँच वर्षदेखि दृष्टिविहीन रहेकी सूर्यमती कोहरको आँखाको सफल शल्यक्रियापछि उनको जीवनमा खुसी फर्किएको छ।
आँखा देख्न थालेपछि उनले परिवारका सदस्यहरूसँग भावुक क्षण बाँडिन् र छोरीहरूलाई पुनः विद्यालय पठाउने आशा व्यक्त गरिन्।
लुम्बिनीमा आयोजित निःशुल्क आँखा शिविरमा सूर्यमतीसहित १,२५१ जनाको शल्यक्रिया गरिएको थियो।
अनि बगे आँखाबाट हर्षका आँसु मायादेवी मन्दिर बिहानी कुहिरोले हल्का धुमिलिएको थियो । ५० वर्षीया सूर्यमती कोहर वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्द....
06/12/2025
81 year old Doda Yadav from UP, India had been living with blindness for the last 5 years due to cataract in both eyes.
Following a successful surgery by Dr. Sanduk Ruit at the annual Lumbini camp, her blindness has been cured, and she can see the world clearly after 5 years!
Her happy face says it all!
Outreach Microsurgical Eye Camp, Lumbini, Dec, 2025.
30/11/2025
कात्तिक ३० देखि मंसिर २ गतेसम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित आँखाको शल्यक्रिया शिविरमा दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलेपछि डा. सन्दुक रुईटको साथमा । केही वर्ष यता दुवै आँखामा मोतियाविन्दु भएका कारण चारैजनाले कष्टकर जीवन बाँचिरहेका थिए । एक साथ दुवै आँखाले स्पष्ट देख्न सक्ने भएपछि उनीहरु निकै हर्षित भएका थिए ।
Photo by : .dhakal
"डा. रुइतले ४० वर्षका कति बिरामीको आँखा जाँच गरे ठ्याक्कै याद छैन । तर, शल्यक्रिया गरेका संख्या भने उनलाई आकलन छ । देश–विदेशमा पुगेर उनले ४० वर्षको अवधिमा दुई लाखको आँखाको शल्यक्रिया गरे । त्यसमध्ये करिब एक लाख ८० हजार नेपाली र २० हजार विभिन्न देशका नागरिक छन् । उनले नेपालबाहेक अन्य ३० भन्दा बढी देशमा पुगेर सयौंँको आँखाको ज्योति फर्काइदिएका छन् ।"
https://www.nayapatrikadaily.com/news-details/182726/2025-11-29
30/10/2025
भारतको घरेलु मैदानमा भएको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा भारतलाई नै पराजित गरेकोमा नेपाली महिला फुटबल टोलीलाई हार्दिक बधाई छ।
तस्बिर स्रोत : हाम्रो खेलकुद
16/10/2025
तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुन सफल भएकोमा नेपाली राष्ट्रिय टोली र सम्पूर्ण नेपालीलाई धेरै बधाई तथा शुभकामना ।
तस्बिर स्रोत : क्यान
विश्व दृष्टि दिवस २०८२ को अवसरमा, प्राध्यापक डाक्टर सन्दुक रुइटको प्रेरणादायी सन्देश ✨
Happy World Sight Day 2025! 👁️🌍
28/09/2025
नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको पहिलो खेलमा ऐतिहासिक जित हासिल गरेकोमा धेरै धेरै बधाई र आगामी खेलका लागि शुभकामना ।
तस्विर स्रोत : क्यान
15/09/2025
प्रिय शुभचिन्तकहरु,
भदौ २३ र २४ मा "जेन-जी" ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारलाई यो असिम शोकको घडीमा समवेदना प्रकट गर्दछु । प्रदर्शनकै क्रममा घाइते हुनुभएका सबैको शिर्घ स्वास्थ्यलाभको कामना गर्दछु ।
लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलीका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन ।
मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् ।
हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।
अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।
धन्यवाद
डा. सन्दुक रुईट
09/09/2025
विशेष अनुरोध
परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं ।
सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
धन्यवाद
डा. सन्दुक रुईट
09/09/2025
अहिले नेपालको राजधानी काठमाडौँ लगायत देशभर युवाहरू अझ विशेष गरेर "जेन्-जी" पुस्ता शासनसत्ताको भ्रष्ट आचरण, जवाफहीन व्यवहार र आफ्नालाई मात्रै पोस्ने रवैयाको खुलेर विरोध गर्न सडकमा उत्रिएका छन् । सोमबार देश, माटो र झण्डाको इज्जत जोगाउन सडकमा उत्रिएका निहत्था युवाहरूको जुन रूपमा राज्यले हत्या गऱ्यो त्यसको जतिसुकै कठोर शब्दमा निन्दा गरेपनि कम हुन्छ । हिजोको घटनाले मलाई अत्यन्तै दुखित बनाएको छ । म यो पीडा शब्दमा बयान गर्न सक्दिन। नविन सोचले प्रेरित भएका देशप्रेमी सपुत गुमाउने सबै आमाबुवा प्रति म हृदयको अन्तरमनबाट समवेदना प्रकट गर्दछु।
कुनैपनि व्यक्तिको घर परिवारले बन्छ । त्यही व्यक्ति र परिवार मिलेर राज्य बन्छ । कुनै व्यक्तिको परिवार उजाड्ने अहिलेको सरकारको व्यवहारले कस्तो राज्य बन्ला ? भाद्र २३, सोमबारको दिन अब इतिहासमा "कालो सोमबार"का रूपमा दर्ज भइसकेको छ । अहिले असान्दर्भिक जस्तै भइसकेका कुनैपनि नेताको दोष निहत्था युवाको रगतले पखालेर पखालिँदैन । आफ्नो भविष्यका लागि चिन्तित "जेन्-जी" पुस्ताले सुरु गरेको यो विरोध र यो आन्दोलनले दुर्गामी अर्थ राख्नेछ भन्नेमा कुनै दुईमत छैन ।
आफ्नो सुनौलो भविष्यको सपना कुल्चिएर अगाडि बढिरहेको शासनसत्ताको विरोध गर्नु कुनै अपराध होइन । तर आफ्नो भावनालाई सडकमा मुखरित गर्ने अबोध केटाकेटीको हत्या गर्नु अक्षम्य अपराध हो । त्यही अपराधी मनोवृत्तिले शासनसत्ता चलाइरहन सकिन्छ भन्ने सोच कसैले राख्नु हुँदैन ।
अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन् । अबको परिवर्तन रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुनेछ भन्ने अपेक्षा म र मजस्तै धेरै अभिभावकहरुले लिएका छौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
डा. सन्दुक रूईट
04/09/2025
डा. सन्दुक रुईट र तिलगंगा अस्पतालका आँखा विशेषज्ञ टोलीले सन् २०१६ मा कालिम्पोङ पुगेर त्यहाँ दृष्टिमा समस्या भएकाहरुको उपचार गर्नुभएको थियो । ती मध्ये भालुखोप कालिम्पोङकी ५४ वर्षीया चन्द्र माया राईको दुवै आँखामा मोतियाबिन्दु भएकै कारण दृष्टिविहिन हुनुहुन्थ्यो । शल्यक्रिया पछि पुनः देख्न भएसँगै उहाँ निकै हर्षित हुनुभएको थियो । सँगै डा. रुईट पनि निकै खुशी हुनुभयो ।
Photo by : Michael Amendolia
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Website
Address
Kathmandu