ADAN
Ayurveda Doctors’ Association of Nepal (ADAN) is an umbrella organization of more than Ayurveda doctors registered in Nepal Ayurveda Medical Council (NAMC).
09/05/2026
ध्यानाकर्षण तथा अपिल
03/05/2026
आभार तथा धन्यवाद ज्ञापन
नेपाल आयुर्वेद चिकित्सक संघद्वारा आयोजना गरिएको अन्तरक्रिया तथा समन्वयात्मक छलफल कार्यक्रममा हिजो र आज सौहार्दपूर्ण वातावरणमा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण समूह/समाज/संघ/संस्थाका प्रतिनिधिहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
उक्त छलफललाई सफल, रचनात्मक तथा उपलब्धिमूलक बनाउन यहाँहरूको महत्वपूर्ण भूमिका रहेको छ। प्रस्तुत विचार, सुझाव तथा अनुभवहरूले आयुर्वेद क्षेत्रको भावी कार्यदिशा निर्धारणमा ठोस आधार प्रदान गर्ने विश्वास लिएका छौं।
साथै, विभिन्न कारणवश केही समूह/संस्थाबाट प्रतिनिधित्व हुन नसकेको तथा केही विषयहरू उठान हुन नसकेको सन्दर्भमा समेत संघको तर्फबाट कुनै गुनासो नरहेको व्यहोरा जानकारी गराउँदै, सम्बन्धित सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनहरूमा अझ व्यापक सहभागिता र सहकार्यको अपेक्षा राख्दछौं।
अन्त्यमा, आयुर्वेद क्षेत्रको सुदृढीकरण तथा संस्थागत विकासका लागि यहाँहरूको निरन्तर सहयोग, सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दछौं।
धन्यवाद।
डा. शंकर गौतम
एवम्
नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) केन्द्रिय कार्यसमिति
02/05/2026
भ्रमात्मक विज्ञापनमा हामी कठोर कदम चाल्दै छौं, प्रमाणहरु र त्यस्तो भ्रमात्मक विज्ञापनमा सहभागी व्यक्ती, संस्थाको ठेगाना हामिलाई उपलब्ध गराइदिनुहुन सविनम्र अनुरोध छ।
01/05/2026
*नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) को हार्दिक अपिल तथा अनुरोध*
सम्पूर्ण आयुर्वेद चिकित्सकज्यूहरू तथा सरोकारवाला महानुभावहरूमा हार्दिक नमस्कार ।
नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) ले आयुर्वेद क्षेत्रभित्र विद्यमान समस्या, चुनौती तथा सम्भावनाहरूको यथार्थ पहिचान, समाधानका उपायहरूको खोजी, सम्बन्धित निकायहरूसँग समन्वय तथा दीर्घकालीन स्पष्ट कार्यदिशा निर्धारण गर्ने उद्देश्यका साथ
“ *आयुर्वेद सम्बद्ध विभिन्न समूह/समाज/संघ/संस्थासँग अन्तरक्रिया तथा समन्वयात्मक छलफल कार्यक्रम* ”
आयोजना गरेको छ।
तसर्थ, यसै अपिललाई औपचारिक निमन्त्रणाका रूपमा ग्रहण गरी तपसिल बमोजिम आयोजना गरिएका छलफल तथा बैठकहरूमा आफ्नो विषयगत खाका, एजेन्डा तथा कार्ययोजना सहित सक्रिय सहभागिता जनाइदिनुहुन सविनम्र अनुरोध गर्दछौं।
*कार्यक्रमको उद्देश्य*
हाल केही महानुभावहरूबाट “यस कार्यक्रमको आवश्यकता र उद्देश्य” सम्बन्धमा जिज्ञासा आएको सन्दर्भमा स्पष्ट गर्न चाहन्छौं:
१. विभिन्न विधा तथा क्षेत्रमा कार्यरत आयुर्वेद चिकित्सकहरूले भोगिरहेका समस्या पहिचान गरी समाधानका उपायहरू खोज्ने र सम्बन्धित निकायसम्म पुर्याउने।
२. विषयविज्ञहरूबाट सुझाव संकलन गरी सम्बन्धित क्षेत्रको सम्भावना पहिचान गर्दै त्यसलाई मूलप्रवाहीकरण गर्न पहल गर्ने।
३. विभिन्न विषयगत क्षेत्रहरूबीच रहेका मतभिन्नताहरूलाई समन्वय गर्दै साझा धारणा निर्माण गरी स्पष्ट कार्ययोजना तयार गर्ने।
*विशेष अनुरोध*
• यस छलफलमा सहभागी नभई पछि गुनासो गर्ने अवस्थाबाट बच्न सबैलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।
• यदि कुनै कारणवश उपस्थित हुन नसक्ने भएमा आफ्नो धारणा, सुझाव वा कार्ययोजना लिखित रूपमा वा प्रतिनिधिमार्फत पठाइदिनुहुन अनुरोध गर्दछौं।
• विषयगत छलफलबाट प्राप्त निर्णयहरूलाई सम्बन्धित समूहको आधिकारिक धारणा मानी संघले अगाडि बढ्ने व्यहोरा समेत जानकारी गराइन्छ।
अन्त्यमा, आयुर्वेद क्षेत्रको समग्र विकास, सुदृढीकरण तथा संस्थागत रूपान्तरणका लागि यहाँहरूको सक्रिय सहभागिता, अमूल्य सुझाव र सहकार्यको अपेक्षा गर्दछौं।
धन्यवाद।
सादर,
नेपाल आयुर्वेद चिकित्सक संघ
पुनश्च
यदि अनजानवश कुनै समूह/संस्था छुट्न गएको भएमा वा थप छलफल गर्न इच्छुक हुनुहुन्छ भने कृपया संघसँग सम्पर्क गर्नुहुन अनुरोध छ।
23/04/2026
यस चिकित्सक संघका अध्यक्ष श्री डा. शंकर गौतमले समग्र आयुर्वेद क्षेत्र र ADAN का विषयमा दिनुभएको अन्तर्वार्ता
20/04/2026
आयुर्वेदको पहरेदारको रुपमा Adan Nepal को ध्यानाकर्षण
19/04/2026
नेपाल आयुर्वेद चिकित्सक संघको अनुरोध
18/04/2026
गुणस्तरीय आयुर्वेद चिकित्सा हाम्रो प्रतिबद्धता
17/04/2026
प्रेस विज्ञप्ति २०८३/०१/०४
17/04/2026
अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू सधा झैं २४ सै घण्टा सञ्चालनमा राख्दै शनिवार र आइतबार अस्पतालहरुमा सार्वजनिक विदा हुने सम्वन्धि सूचना
17/04/2026
स्वास्थ्य मन्त्रालयको दुई दिने बिदा सम्बन्धमा निर्देशन
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Naradevi
Kathmandu
44200