Local Sandesh
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Local Sandesh, News & Media Website, Ilam.
Official page of www.localsandesh.com
Contact : 9851106275 email : [email protected]
youtube : https://www.youtube.com/@localsandesh
Functions under the management of Bigyapan Agency Nepal Suryodaya Municipality -10 Fikkal
सूर्योदय नगरपालिकाले साढे ७ मिटर सडक क्षेत्राधिकार कायम गर्दा भत्किएको क्षेत्र फेरी डिभिजन सडकले १५ मिटर कायम गर्ने सुचनापछि पुनरावलोक गर्न संघर्ष समितिको माग
SandeshLocal Sandeshसूर्योदय नगरपालिका सूर्योदय नगरपालिका Troll Fikkal सूर्योदय नगरपालिका
07/06/2026
५७ बर्ष अघि १७ भारतीय चेकपोस्ट हटाउने अभियानको थालनीकाे त्यो बिदाई भोज।
सन् १९५२ देखि १८ बर्षसम्म निरन्तर नेपालको उत्तरी सिमामा रहेका ती भारतीय चेकपोस्ट हटाउने अभियानको थालनी सन् १९६९ जुन २४ मा नेपालका तत्कालीन प्रधानमन्त्री किर्तिनिधी विष्टले 'दी राइजिङ नेपाल' मा दिएको अन्तर्वार्ताबाट शुरु भएको थियो।
सोही सेप्टेम्बर दिल्लीमा सम्पन्न नेपाल र भारत बीच परराष्ट्र सचिव स्तरीय बैठकमा नेपालबाट भारतीय सेना फिर्ता गराउन भारतीय पक्ष सहमत भएको थियो। नेपालको नेतृत्व तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनालले गरेका थिए भने भारतस्थित नेपाली राजदूत सरदार भीमबहादुर पाँडे समेत थिए। सहपाठी र असल मित्र रहेका दुबैजना खनाल र पाँडेले त्यतिबेला असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गरि नेपाललाई कूटनीतिक जित दिलाएका थिए।
सन् १९६९ अन्त्यमा नेपालको उत्तरी सिमामा रहेका १७ भारतीय चेकपोस्टहरु हटाउँदा नेपालस्थित भारतीय सैनिक दलको नेतृत्वमा मेजर जनरल डि.सी. मिश्रा थिए। त्यतिबेला उक्त सैनिक मिसनलाई ‘इन्डियन मिलिट्री लियाजन ग्रुप’ भनिन्थ्यो। ती प्रत्येक चेकपोस्टहरुमा २ जनादेखि ५ जनासम्म भारतीय सेनाहरु थिए।
नेपाल भारत बीचको सहमति अनुसार सन् १९६९ डिसेम्बर अन्त्यमा काठमाण्डौंस्थित लियाजन ग्रुपका प्रमुख मेजर जनरल मिश्रा भारत फर्किए। लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत राजबहादुरले एउटा भब्य विदाई भोजको आयोजना गरेका थिए। भारतीय सैनिक अभिलेख अनुसार उक्त भोजमा नेपालका तत्कालीन परराष्ट्र मन्त्री गेहेन्द्रबहादुर राजभण्डारी (त्यतिबेला प्रधानमन्त्री नभएकाले प्रधानमन्त्रीको जिम्मेवारी समेत वरिष्ठ मन्त्रीका रूपमा उनले नै सम्हालेका थिए।) समेत उपस्थित थिए। मन्त्री राजभण्डारी बाहेक रक्षामन्त्री गिरीप्रसाद बुढाथोकी, नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाह, परराष्ट्र सचिव यदुनाथ खनाल सहित नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति थियो।
सन् १९७० को अन्त्यसम्म सबै १७ भारतीय चेकपोस्टबाट भारत फर्किएका थिए। तर एक बर्ष पहिले मेजर जनरल मिश्रा फर्कनुलाई पनि नेपालले भारतीय सेना फर्किएको जितको रुपमा लिएको थियो। मिश्रा फर्किएपछि काठमाण्डौं मुख्यालयमा केही समय ३ सदस्यीत इन्डियन मिलिट्री लियाजन ग्रुपको नेतृत्व ले.क. आर.जे. हिर्जीले गरेका थिए।
आजबाट नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा उसको कूटनीतिक चातुर्यतासंग हामीले पनि कूटनीतिक क्षमता देखाउन सक्नुपर्छ। अहिले नेपाल भारतका बीचमा सिमाना समस्या सहितका अनेकन समस्या छन्। अस्ति नेपालका प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनबाट झनै नेपालका लागि धेरै जटिल बन्न पुगेको छ। उतिबेला नेपालका परराष्ट्र सचिव यदुनाथ खनाल र भीमबहादुर पाँडेहरुले देखाएको कूटनीतिक कौशल यसपटक समेत देखाउन जरुरी छ।
तस्वीर:- उक्त रात्री भोजलाई सांकेतिक रुपमा देखाउन खोजिएको AI तस्बिर।
07/06/2026
के तपाइँले पनि धरान-काँकडभिट्टा रूटमा गुड्ने यो सुपर बसमा यात्रा गर्ने अवसर पाउनुभयो ? 🙂
तस्बिरः Marc Marzaux
संग्रहः Photo Museum Nepal
07/06/2026
https://www.localsandesh.com/2026/06/07/63514/
महिला सशक्तीकरणमा फाकफोकथुमको पहल
महिला सशक्तीकरणमा फाकफोकथुमको पहल इलाम : फाकफोकथुम गाउँपालिकामा सामाजिक तथा राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढ्दै गएसँगै लैङ्गिक समानता सम्ब...
ईतिहास बाेकेकाे ल्याणडलाेवर गाडिकाे र्यालि । केचना कंचनजंगा रेस्पाेन्सेवल मिटकाे अवसरमा इलाममा गरिएकाे र्यालि । भिडियाे Atit Yonghang Sparsha
07/06/2026
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिब्ल्याटे इलाम र सन्दकपुर गाउँपालिकाको सहकार्यमा २०८३ जेठ २२ गते नि:शुल्क स्वास्थ्य शिविर सन्दकपुर गाउँपालिका वडा नम्बर २ को भवन माईमझुवामा सम्पन्न भएको छ जसमा सन्दकपुर गाउँपालीकाको विभिन्न वडाको ३४६ जनाले नि:शुल्क स्वास्थ्य जाँच गराएका छन् साथै ६५ जनाको नि:शुल्क भिडियो एक्स-रे सुबिधा समेत प्रदान गरिएको छ ।
06/06/2026
https://www.localsandesh.com/2026/06/06/63505/
इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ सुरु
केचाना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ मा निकालिएको ल्याण्डरोभर
Vdo Credit : Nikesh Kafle
06/06/2026
पशुपतिनगरमा सवारी चालकसँग पर्यटन सम्बन्धी अन्तरक्रिया
https://www.localsandesh.com/2026/06/06/63502/
जागृती अपाङ्ग संघ चुलाचुलीको अध्यक्षमा मन्जु खनाल निर्वाचित
https://www.localsandesh.com/2026/06/06/63499/
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ilam
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 18:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:30 |
| Friday | 06:45 - 18:30 |
| Sunday | 06:00 - 16:15 |