Hetauda update
सत्यको नजिक । मकवानपुर विशेष भएर देशभरको अपडेट
19/09/2026
चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । निकुञ्ज स्रोतका अनुसार रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार फेला परेको निकुञ्ज स्रोतले जनाएको छ । यसले रोनाल्डोको मृत्यु विद्युत्को तारमा बेरिएर भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाइएको छ ।
तस्बिर : राजेन्द्र आचार्य/ नेपाल फोटो लाइब्रेरी
17/09/2026
राप्रपा मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले शुक्रराज प्रजालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पुर्वी मकवानपुरको हर्नामाडी निवासी श्रेष्ठ राप्रपा मकवानपुरका पुराना नेतामध्यका एक हुन ।
तस्विर : थाहा सन्देश
16/09/2026
चिलेमे टर्नेलबाट चारजनाको शव निकालियो ।😥😥
16/09/2026
राप्रपा मकवानपुरको १० ओै जिल्ला अधिबेशनमा जिल्ला अध्यक्ष पदमा शुक्र बहादुर प्रजाले मकवानपुरका बिभिन्न भातृ संङ्गठन , कार्यसमिति प्रमुखहरु र प्रभावशालि नेताहरुको उपस्थितिमा उम्मदवारी घोषणा !
यात्रुबाहक बसमा ढुंगा प्रहार गर्ने ५ जना नियन्त्रणमा
मिति २०८३।०५।३१ गते राति बिहान अन्दाजी ०१:३० बजेको समयमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–३, लेवटस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा सञ्चालनमा रहेका यात्रुबाहक बसहरूमा ढुंगा प्रहार गरी बसमा सवार यात्रुहरू समेतलाई घाइते बनाएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेका निम्न ५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई अपराधिक उपद्रव मुद्धामा अनुसन्धान तथा कारबाही भईरहेको ।
निम्न:
१. जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा वडा न.०३ लेवट वस्ने वर्ष २७ को किरण वि.क
२. ऐ.ऐ. वस्ने वर्ष ३० को अंकित राई
३. ऐ.ऐ वस्ने वर्ष ३९ को सुग्रिव मुक्तान
४. ऐ.ऐ. वस्ने वर्ष २९ को विजय थिङ लामा
५. ऐ.ऐ. बस्ने वर्ष २९ को उदाश तामाङ ।
15/09/2026
*Chilime Update*
करिब ८० मिटरको दूरीभित्र ठूला–ठूला boulder समेत रहेको पाइएको छ। हाल ती boulder र लेदो धमाधम बाहिर निकाल्ने काम भइरहेको छ।
Boulder र लेदोका कारण बाटो बन्द भएकाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ। यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा गर्न सकिन्छ।
सबैको सकारात्मक आशा र प्रार्थना कायम राखौँ।
मकवानपुरको यो क्षेत्रमा दुर्घटनाको दर प्रत्येक वर्ष बढ्नुको कारण के होला ??
आजकल पनि हेटौंडा कपडा उद्योग चलिरहेको छ कि छैन होला ??
10/09/2026
अं साच्चै हेटौंडा कपडा उधोग चलिरहेको छ कि केछ अवस्था ??
#आजको_बिहानी_प्रश्न ?
10/09/2026
अब यस्तो कहिल्यै नहोस
Alerts
Be the first to know and let us send you an email when Hetauda update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Subscribe
We will notify you when anything happens in Hetauda.