Sandip kumar sapkota

Sandip kumar sapkota

Share

बेथिति र भ्रष्टाचार बिरुद्ध मेरो खबरदारी ।

29/02/2024
30/06/2023

Sandip Sapkota

01/01/2023

यतिका नयाँ बर्षहरु नेपाल कै छन । २०२३ नयाँ बर्ष त बाहाना न हो ।

01/01/2023

राष्ट्रिय टोपी दिवसको सबैमा शुभकामना 🙏

टोपी हाम्रो ईतिहास , संस्कृति , संस्कार ,परम्परा , गौरव ,पहिचान , एकता र विरता समेतको रेसा रेसाहरुले बनेको छ । यो टोपिमा नेपाल झल्किन्छ । जय राष्ट्रवाद

27/12/2022

आफ्नै माटो आफ्नै पन ।
राष्ट्रवाद छ रगतमा धड्काउने धड्कन ।
युग छ साक्षि गर्भिलो बिरासत ईतिहासको ।
जब निभ्यौ महेन्द्र तिमी ।
सब ध्वस्त खरानी भो ।

26/12/2022

जे बल्दैन त्यो बालटिन ।
जे बल्छ त्यो लालटिन ।
जे उडदैन त्यो उडुस ।
जे उड्छ त्यो लाम खुट्टे ।
चामल होइन भात पाक्छ ।
बलात्कारीको इज्जत जादैन बलात्कृतको जान्छ ।
काम गर्नेको इज्जत जान्छ ।
काम चोरको शान हुन्छ ।
चोरलाई चौतारो साधुलाई सुलि ।
नेपाली समाजको मानसिकता कसरी परिवर्तन होला !?

Photos from Sandip kumar sapkota's post 25/12/2022

राप्रपा
न बिराउनु । न डराउनु ।
समर्थन मात्रै होइन सरकार मै जाँदा उदाहरणीय काम गर्दा पनि
जनता खुसि हुने छन ।

25/12/2022

अघि बढ्ने दुई तरीका छन ।
१) अर्काको खुट्टा तानेर
२) आफ्नो खुट्टा बढाएर
अधिकांस अाफ्नो खुट्टा बढाउने समय अर्काको खुट्टा तान्नमा खर्चिनु हुन्छ ।

Photos from Sandip kumar sapkota's post 17/12/2022

राप्रपा उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय बुद्धिमान तामाङ ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्यौ । समसामयिक राजनितीक बिषय संगै संगठन र पार्टीको बिषयमा पनि छलफल गरीयो । Prakash Chaulagain Ashish Chaulagain

15/12/2022

ईसाइ सांसद बनाउन सक्ने राप्रपा कसरी ईसाइ बिरुद्ध ?

राप्रपाले सर्वधर्म समभाव सहितको सनातन हिन्दु राष्ट्रको ऐजेण्डा बोकेको जरुर हो तर राप्रपाले परिकल्पना गरेको त्यो हिन्दु राष्ट्रमा ईश्लाम , ईसाइ , बौद्व , किरात , जैन अादि अादी सबै समभाव र सुरक्षित रहने स्थितिबारे भनिएको भएता पनि धमिलो पानिमा माछा मार्नेहरुले यस कुरालाई अतिरञ्जित गर्न खोजेको देखिन्छ । राप्रपाले जित्यो भने ईसाइहरुलाइ लखेट्छन , मुस्लिमहरु लखेटछन , बौद्व र किरातिहरुलाई अधिकारबाट बञ्चित गरिन्छन भन्ने कपोकल्पित भ्रम सृजना गरेर राप्रपालाई रुढिबादि दल भनेर प्रचारबाजि गरिरहेका छन ।
राप्रपाका कार्यकर्ताहरुले यो भ्रमलाई चिर्नु पर्दछ । राप्रपाले कुनै पनि धर्म , जात र उमेरको अाधारमा विभेद गर्दैन भन्ने उदाहरणहरु जनता समक्ष पुर्याउनु पर्दछ । जनजाति केन्द्रीय अध्यक्ष हुने समावेशी पार्टी , धर्मको अाधारमा ईसाइलाई पनि विभेद नगरी सांसद बनाउने पार्टी राप्रपा जरुर अाफ्नो ऐजेण्डामा प्रतिबद्ध छ तर कसैलाई पनि जात, धर्म , लिङ्ग र उमेर जस्ता कुराहरुको अाधारमा विभेद गर्दैन ।

माननीय विना लामाले लामो समय देखि राप्रपामा सक्रिय भई योगदान गर्नु भएको कारण समानुपातिक सांसद पाउनु भएको हो । कुन धर्ममा उहाँ हुनु हुन्छ भन्ने कुराको अाधारमा होईन । राप्रपाको कार्यकर्ता सबै समान हैसियताका भएका कारण उहाँले समानुपातिक सांसद हुनु नपर्ने अाधार छैन । यश बिषयमा जनमानसमा भएको भ्रमको खेति रोक्नु अाम राप्रपा कार्यकर्ताहरुको कर्तव्य हो ।

जय राष्ट्रवाद !
जय राप्रपा !!

Want your public figure to be the top-listed Public Figure in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hetauda