Iskcon Rampur Gaushala
ISKCON was founded in 1966 in New York City by A. C. Bhaktivedanta Swami Prabhupada.
The International Society for Krishna Consciousness, known colloquially as the Hare Krishna movement or Hare Krishnas, is a Gaudiya Vaishnava religious organisation.
हरे कृष्ण
तपाईंहरूलाई अवगत नै छ, धनगढी उप-महानगरपालिका क्षेत्रमा रहेका छाडा चौपायाहरूलाई नगर प्रहरीको सक्रियतामा संकलन गरी हाम्रो इस्कोन (ISKCON) गौशालामा व्यवस्थापन गरिएको छ। सडकमा कष्टकर जीवन बिताइरहेका यी गौमाताहरूको संरक्षण र पालनपोषण गर्नु हामी सबैको साझा दायित्व हो।
हाल गौशालामा गाईबस्तुको संख्या बढेसँगै उनीहरूको आहारा (दाना, पराल, घाँस) र उपचारका लागि थप स्रोतसाधनको आवश्यकता परेको छ। त्यसैले, यस पुण्य कार्यमा सहभागी हुन हामी सम्पूर्ण नगरबासी एवं सहयोगी मनहरूमा विनम्र अपील गर्दछौं।
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ?
🌾 दाना-पराल: गौमाताका लागि घाँस, पराल, चोकर वा दाना उपलब्ध गराएर।
🩺 औषधि उपचार: बिरामी वा घाइते गाईहरूको उपचार खर्चमा सहयोग गरेर।
💰 आर्थिक सहयोग: आफ्नो क्षमता अनुसारको गच्छे अनुसार दान गरेर।
🎂 विशेष अवसर: आफ्नो वा परिवारको जन्मदिन, विवाह उत्सव वा पितृ कार्यको पुण्य स्मृतिमा गौ-भोजन गराएर।
"गाईको सेवा गर्नाले मात्र पनि जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।"
सम्पर्क विवरण:
📍 स्थान: इस्कोन गौशाला, धनगढी
📞 फोन नम्बर: 9844181225
:986-9130847
🏦 बैंक विवरण: 01100105201044
आउनुहोस्, हामी सबै मिलेर धनगढीलाई "छाडा चौपाया मुक्त" बनाउन र गौमाताको संरक्षण गर्न हातेमालो गरौँ।
(यो पोस्टलाई सेयर गरेर पुण्यको भागीदार बन्नुहोला। )
सूचना! सूचना!! सूचना!!!
विषय: गौ-शालाको नाममा अनाधिकृत रूपमा चन्दा संकलन भइरहेको बारे अत्यन्त जरुरी सूचना
रामपुर १६ स्थित इस्कोन रामपुर गौ-शालासँग सम्बन्धित सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा तथा आम जनसमुदायमा यसै सूचनामार्फत जानकारी गराइन्छ कि, विगत केही समयदेखि विभिन्न व्यक्तिहरूले यस गौ-शालाको नाम लिएर अनाधिकृत रूपमा पैसा तथा सहयोग उठाउने जस्ता कार्यहरू गरिरहेको पाइएको छ।
यस सम्बन्धमा इस्कोन रामपुर गौ-शाला निम्न कुराहरू स्पष्ट पार्न चाहन्छ:
१. यो गौ-शाला पूर्ण रूपमा इस्कोन (ISKCON) द्वारा सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ। तथा अन्य कुनै संघ सस्था वा व्यक्तीसंग सम्नय नरहेको स्पष्ट गराउन चाहान्छौ ।
३. गौ-संरक्षण अभियानमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले कसैको व्यक्तिगत प्रलोभनमा नपरी गौ-शालाको आधिकारिक बैंक खातामा मात्र दान जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
विशेष अनुरोध:
स्थानीय बासिन्दाहरूलाई गौ-शालासँग सम्बन्धित कुनै पनि जानकारी, सहयोग वा जिज्ञासा भएमा सिधै गौ-शालामा सम्पर्क गर्नहुन विनम्र अनुरोध गर्दछौं।
थप जानकारीका लागि कृपया हाम्रो आधिकारिक सम्पर्क नम्बरमा सिधै सम्पर्क गर्नुहोला। यस पवित्र गौ-संरक्षण अभियानलाई सफल पार्न यहाँहरूको सही सहयोगको अपेक्षा गर्दछौं।
धन्यवाद।
व्यवस्थापन:
इस्कोन रामपुर गौ-शाला
रामपुर-१६, बेहडाबाबा क्षेत्र
सम्पर्क नम्बर :986-9130847
:9844181225
27/03/2026
जय श्री राम! जय गौमाता!
रामनवमी तथा नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण धर्मानुरागी महानुभावहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता लक्ष्मीको आशिर्वादले यहाँको जीवन सधैं उज्यालो रहोस्।
✍️ ISKCON रामपुर गौशाला परिवार
📞 गौ सेवाको लागि सम्पर्क: 9844181225
आज फाल्गुन पूर्णिमा आर्थात तराईहोली को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा यस गौशाला को तर्फ बाट 'हार्दिक मङ्गलमय शुभकामना ।
रङ्गहरूको यो महान् पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी प्रेम ल्याओस्।
द्वेष, कलह र नकारात्मकता टाढा भएर भाइचारा, एकता र सद्भाव अझ प्रगाढ बनोस्।
रङ्गीन होलीले तपाईंको जीवन पनि सधैं उज्यालो र खुशीयाली बनाइरहोस्।
होली पर्व को शुभकामना ।
 Jai gau Mata
24/02/2026
गौ आमा, करुणा की धारा,
शान्त रूप, प्रेमको सहारा।
तिम्रो आँखा निर्मल सागर,
भित्र लुकेको छ माया अपार।✍️
“एक मुट्ठी घाँसले पनि ठूलो पुण्य कमाउन सकिन्छ।”
जहाँ गाईको संरक्षण हुन्छ, त्यहीँ भगवान शिवको कृपा अविरल बरसिरहन्छ।”
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dhangadhi