Dhading Banda RODB
प्रकृतिको बरदान सुन्दर धादिङ 💓
उत्तरमा गणेश हिमालबाट दक्षिणमा महाभारत पर्वत सम्म
🗳️ प्रतिनिधि सभा निर्वाचन २०८२
धादिङ क्षेत्र नं. १ अन्तर्गत गल्छी–५, २, ३ र ७ को पछिल्लो मत परिणाम सार्वजनिक।
हालसम्मको मतगणना अनुसार:
🔔 आशिका तामाङ - २६०८
⭐ राजेन्द्र प्रसाद पाण्डे - ८४४
☀️ भूमि प्रसाद त्रिपाठी - १५२२
🌳 कृष्ण रिजाल - ७३०
📊 थप अपडेटका लागि साथमा रहनुहोस्।
📢 धादिङ क्षेत्र नं. १, गल्छी–५ को मत परिणाम
🛎️ घण्टी : ५५४
☀️ सूर्य : २९५
🌳 रुख : १०४
⭐ तारा : ३३६
📊 गल्छी–५ बाट प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हले अग्रता लिएको छ।
29/01/2026
धादिङ । धादिङ जिल्लाको दिगो विकास र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि ‘दशौँ धादिङ महोत्सव–२०८२’ सुरु हुँदैछ। “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार: कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव धादिङबेसीस्थित खुल्ला मञ्चमा आयोजना हुन लागेको हो।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ।
महोत्सवका अवसरमा जिल्लाका विभिन्न जातजाति तथा समुदायको कला, संस्कृति र परम्परा झल्किने मौलिक झाँकीसहितको र्याली आयोजना गरिनेछ। साथै कृषि, घरेलु उद्योग तथा व्यावसायिक गरी कुल १६० वटा स्टल रहनेछन्, जहाँ स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।
यस महोत्सवमा ऐतिहासिक भैरवी मन्दिरको प्रचार–प्रसार र स्थानीय उत्पादनको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ। महोत्सवले जिल्लाको कृषि, पर्यटन र उद्योग क्षेत्रलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।
आयोजकले स्थानीय बासिन्दा तथा जिल्लाबाहिरका आगन्तुकहरूलाई महोत्सवमा सहभागिता जनाई स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका छन्
Pic :Routine Of Dhading Banda
21/01/2026
धादिङबेसी सुगमटोल स्थित पार्कमा बालबालिकाहरू रमाउँदै
Pic :Bishwash Silwal
20/01/2026
धादिङ-१,को लागी यसपटक कसलाई चुन्दा उत्तम होला🤔: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको निर्वाचन प्रणाली अन्तर्गत धादिङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फका उम्मेदवारहरु ।
02/10/2025
Siddhalek-7, Adamtar Dhading
📸 : Susan Khatiwada
15/09/2025
नीलकण्ठ–५ खाल्टेस्थित सहिद पार्क घुमाउने डाँडामा निर्माण भएको सहिदहरुको सालिक तीन महिना नपुग्दै भत्किन र खुइलिन थाल्यो ।
17/08/2025
सतर्कता सूचना 🚨
धादिङ सिद्धलेक गाउँपालिका वडा नं. १, कालीदहभन्दा मुनि बसोबास गर्ने तथा खोलाको नजिकै बस्ने सबै स्थानीयवासीलाई अनुरोध छ।यस क्षेत्रमा जुनसुकै बेला पनि पहिरो जाने सम्भावना रहेकोले खोला थुनिन सक्ने खतरा छ। त्यसैले खोलाको आसपास नजानुहुनुहोस् र आवश्यक सतर्कता अपनाउनुहुन सबैलाई आग्रह गर्दछौँ।
Dhading Banda
📢 सबैको सुरक्षाका लागि
👉 यो पोस्ट सबैले शेयर गरिदिनुहोस् 🙏
11/08/2025
आँबुखैरेनी (ऐना पहरा) नजिक सडक चिप्लिएर एक EV माइक्रोबस दुर्घटनामा परेको छ। दुर्घटनामा सवार यात्रुहरूको अवस्था सामान्य रहेको छ।
11/08/2025
धादिङ, नीलकण्ठ नगरपालिका–३ मिलनटोलका १२ वर्षीय अंकित श्रेष्ठ 2082 साउन २५ गते दिउँसो करिब २ देखि ३ बजेबीचदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार, उनी घरबाट निस्किएपछि अहिलेसम्म फेला परेका छैनन्।
बेपत्ता बालक गोरो वर्णका, पातलो जिउका र करिब ४ फिट उचाइका छन्। उनी हराएको समयमा कालो हाफ टी–सर्ट, कालो हाफ प्यान्ट र सेतो रंगको घुसार्ने चप्पल लगाइरहेका थिए।
अंकितको खोजीका लागि परिवारले सबैलाई आग्रह गरेका छन्। कहीँ कतै देखेमा तत्काल 9869243143 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
10/08/2025
धादिङ, गजुरी गाउँपालिका–६ आदमघाट — आज लायन्स क्लब अफ धादिङ हाइटको पहलमा आदमघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, आदमघाटका स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आग्रह गरेका छन्। स्थानीयको उत्साहपूर्ण सहभागिताले बजारलाई हराभरा बनाउन सकारात्मक सन्देश दिएको आयोजकले बताएका छन्।
Click here to claim your Sponsored Listing.
Website
Address
Dhading