Community Rural Development Society-Nepal

Community Rural Development Society-Nepal

Share

CRDS is one of the community management organization. Its programs are wide ranging and promote equitable and sustainable livelihood.

ORGANIZATIONAL PROFILE : COMMUNITY RURAL DEVELOPMENT SOCIETY-NEPAL(CRDS), DARCHULA

CRDS founded over 13 years ago, is one of the community management organization. At present, it is a consortium of 11 members. CRDS began working in far western development region in 2048(1997). The early focus was on improving infrastructurein remote areas and agriculture extension activities. Today, its programs

Photos from Shree Shankarpur Secondary school Plant Science9-12's post 24/07/2026
18/07/2026

**शोक वक्तव्य**
**अत्यन्त दुःखद खबर !**
सामुदायिक ग्रामीण विकास समाज नेपालका पूर्व कर्मचारी, दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका वडा नं. ४ निवासी श्री शोवन सिंह लोथ्याल ज्यूको एक भवितव्य जीप दुर्घटनामा परी भएको असामयिक र स्तब्धकारी निधनको खबरले हाम्रो सम्पूर्ण संस्था परिवार मर्माहत र निशब्द भएको छ।
उहाँले यस संस्थामा कार्यरत रहँदा पुर्‍याउनुभएको आत्मीय, इमानदार र प्रशंसनीय योगदानको हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ। उहाँको निधनले संस्थाले एक कुशल पूर्व सहकर्मी र दार्चुला जिल्लाले एक ऊर्जावान् व्यक्तित्व गुमाएको छ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकाकुल सम्पूर्ण परिवारजन, आफन्त र शुभचिन्तकहरूमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थनाका साथ गहिरो समवेदना प्रकट गर्दछौँ।
सामुदायिक ग्रामीण विकास समाज नेपाल
परिवार

17/07/2026

पढ्दै...कमाउँदै.... रमाउँदै....कार्यक्रममा सहभागी बनौं !!!

17/06/2026

📢 दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका युवतीहरूका लागि सुवर्ण अवसर! 🌟

🎓 Bachelor तह अध्ययनरत वा Bachelor पूरा गरी रोजगार तथा अनुभवको खोजीमा रहेका बहिनीहरूका लागि भुक्तानीमा आधारित (Paid Internship) कार्यक्रम।

Community Rural Development Society (CRDS) Nepal, Darchula तथा Good Neighbors International Nepal को साझेदारीमा सञ्चालित AWASAR Project अन्तर्गत दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका विद्यालयहरूमा कार्य गर्ने अवसर खुला गरिएको छ।

✅ दुहुँ गाउँपालिका – ५ जना
✅ मालिकार्जुन गाउँपालिका – ५ जना

उपलब्ध Internship अवसरहरू:

📚 Remedial Learning Support Intern (३ महिना)

सिकाइमा पछाडि परेका बालबालिकालाई सहयोग
विद्यालय छोड्ने तथा अनियमित विद्यार्थीहरूको पहिचान र सहयोग
गृहआधारित सिकाइ तथा बाल क्लबसँग सहकार्य

👩‍🎓 Sister Motivator Intern (२ महिना)

किशोरी समूह तथा Girls Club सञ्चालन
बालविवाह, किशोर स्वास्थ्य, शिक्षा तथा नेतृत्व विकासका गतिविधि
विद्यालय र समुदायमा सचेतना अभिवृद्धि
सुविधाहरू:

✔️ मासिक भुक्तानी (Paid Internship)
✔️ यात्रा तथा खाना खर्चको व्यवस्था
✔️ व्यावहारिक कार्य अनुभव
✔️ नेतृत्व, सञ्चार र सामाजिक परिचालन सीप विकास गर्ने अवसर
✔️ बाल अधिकार, शिक्षा तथा महिला सशक्तीकरण क्षेत्रमा योगदान गर्ने अवसर

प्राथमिकता:

🔹 दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीय आवेदकहरू
🔹 Child Club सदस्य तथा युवा स्वयंसेवकहरू
🔹 समुदाय सेवा र बाल अधिकारप्रति प्रतिबद्ध युवतीहरू

📅 आवेदन अवधि: २०८३ असार १ गतेदेखि ८ गतेसम्म (15–22 June 2026)

📞 थप जानकारी तथा आवेदनका लागि सम्पर्क गर्नुहोस्:
📱 ९८४८८७५८३५
📱 ९८४८७४२६२१

🌱 आफ्नो करियरको सुरुवात गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने अवसर नछुटाउनुहोस्।
आज नै सम्पर्क गर्नुहोस् र बालबालिकाको गुणस्तरीय शिक्षा, बाल अधिकार संरक्षण तथा महिला सशक्तीकरणको अभियानमा सहभागी बन्नुहोस्।

12/06/2026
Want your organization to be the top-listed Non Profit Organization in Darchula?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Darchula