Khelraj Pandey
" खेलराज पाण्डेय -- अफिसियल पेज "
नगर प्रमुख, बुटवल उपमहानगरपालिका
Mayor @Butwal Submetropolitan City, Butwal Rupandehi, Lumbini, Nepal
24/06/2026
‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्राहरूको पहुँच विस्तार गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बुटवल उपमहानगरपालिकाले हरेक वर्ष ४० जना छात्राहरुलाई निशुल्क रुपमा प्राविधिक शिक्षा पढाउँदै आएको छ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यसामग्री हाम्रो बुटवल विद्यार्थीहरुलाई निशुल्क वितरण गर्ने भएको छ।
स्थानीय पाठ्यसामग्री ‘हाम्रो बुटवल’ संशोधन गरी सरकारी तथा निजी विद्यालयमा निःशुल्क वितरण गर्न ३५ लाख रुपैयाँ छुट्याइएको छ।
दलित समुदायका विद्यार्थीहरूले भोग्दै आएको आवास समस्यालाई सम्बोधन गर्न छात्रावास निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
साथै महिला, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किशोर–किशोरीलाई लक्षित गरी कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
बुटवलको बजेट: हाम्रो बुटवल विद्यार्थीलाई नि:शुल्क, किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले दुधमा बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रम...
बुटवल ११ सिरानगाउँ मजुवा सडक निर्माणकार्य का लागि याे पटक २ करोड र आगामी बर्ष का लागि २ करोड रकम छुट्याएर
निर्माणकार्य आज देखि सुरु भएको छ ।।
18/05/2026
हार्दिक श्रध्दान्जलि ।।
बुटवल वडा नँ ७ का वडा सदस्य स्व वीर बहादुर तामाङ ज्यु काे निधनमा बुटवल उपमहानगरपालिका व्दारा श्रध्दान्जलि कार्यक्रम
सम्पन्न भएको छ, शाेकसभा पश्चात् २ बजे पछि बुटवल उपमहानगरपालिका का अत्यावश्यक सेवा बाहेक आधा दिन बिदा
दिईएकाे छ ।। आदरणीय बिरबहादुर तामाङ दाईकाे निधन प्रति गहिरो शाेक प्रकट गर्दै उहाँको बैकुण्ठ बासकाे कामना गर्दछु ।।
Category
Contact the public figure
Telephone
Website
Address
Butwal
32907