e pathari
पथरिशनिश्चरे नगरपालिका पर्बर्धनका हेतु
यो पेज पथरी–शनिश्चरे र वरिपरिका क्षेत्रका स्थानीय समाचार, कार्यक्रम, घटना र जानकारीहरू साझा गर्न समर्पित छ। हाम्रो उद्देश्य समुदायलाई सशक्त बनाउनु र समयमै महत्वपूर्ण अपडेटहरू पुर्याउनु हो।
11/06/2026
निम्न उल्लेखित वेबसाइट हरु नेपाल सरकार ले प्रतिबन्ध लगाएको कारण VPN प्रयोग गरेर वेभसाइटहरु बाट वर्ल्डकप नहेर्नुस है। रु 999 तिरेर DGO बाट हेर्नुस ! देशकालागि केहि योगदान गर्नुस है। VPN प्रयोग गर्दा बिभिन्न समस्या पर्न सक्छ । साबधान !!
11/06/2026
एशियन हाइवेमा विधुत लाईन निर्माण तथा स्थानान्तरण कार्य गर्न भोली २०८३.०२.२८ गते बिहान ०८:०० बजे देखि दिउसो १:०० बजे सम्म उर्लावारी वार्ड न ०२,०३ पथरिशनिश्चरे नं पा वार्ड नं ०१ चोक एरियामा विद्युत अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
साथै कार्य छिटो सम्पन्न भयमा उक्त समय अगावै विद्युत सुचारु हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
11/06/2026
तपाईंको समर्थन कस्लाइ नि?
10/06/2026
भोलि लाइन जाने सूचना
एशियन हाइवेमा विधुत लाईन निर्माण तथा स्थानान्तरण कार्य गर्न भोली २०८३.०२.२८ गते बिहान ०८:०० बजे देखि दिउसो १:०० बजे सम्म उर्लावारी वार्ड न ०२,०३ र दिउसो ०२:०० बजे देखि बेलुका ४:०० बजे सम्म पथरिशनिश्चरे नं पा वार्ड नं ०१ चोक एरियामा विद्युत अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
साथै कार्य छिटो सम्पन्न भयमा उक्त समय अगावै विद्युत सुचारु हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
07/06/2026
२०४५ सालतिर किर्तिपुर माेरङमा नक आउट फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।३२ टिम सहभागी। त्यही बेला हो मैले पाङ्ग्रे झलास, कसेनी , खोप्पीडाँडा , डुम्रीघाट जस्ता ठाउँको नाम सुनेको। त्यो बेला डम्रीघाटको किप्पर, सुनझोडाको ड्राइभर किराँत चौकको खरायो, चर्चित थिए। अहिलेको वल्डकप भन्दा कम लाग्दैनथ्यो खेल।( वल्ड कप हेर्न त टि भी हुनु पर्यो नि)
त्यही बेला केशब चुडाल सरले कर्नर किक हान्दा सिधैँ पोष्ट भित्र छिराएको देखेको। पछिसम्म पनि हाम्रा सहयात्रीहरू डुम्रीघाटको किप्पर,किराँत चौकको खरायो, सुनझोडाको ड्राइभर, आइतबारेको केशव सर....बन्छु भन्थे ।
अहिले वल्डकप आउँदै छ। कोही ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, फ्रान्स, जर्मनी, स्पेन, नेदरल्याण्ड,....को फ्यान भएको बताउँदै झन्डा बोकेर हिँडेका छन्। मलाई भने तिनै पुराना दिन याद आइरा छ।
वर्डकपको समर्थनमा चाहिँ म जर्मनीसँग सात गोल खाएको भोलिपल्ट ब्राजिलको जर्सी किन्न पुरै पथरी घुमेको टोली हुँ।
जय फुटबल।
साभार:- Shambhu Raj Ghimire को वालबाट
33 kv line मा चिउरा मिलमा firing bhyako khabar प्राप्त भएको छ । प्राविधिक टोली मर्मत कार्य गर्न move भइसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
06/06/2026
विद्युत अवरुद्ध (Power Outage) सम्बन्धी जरुरी सूचना
पथरीशनिश्चरे नगरपालिका क्षेत्रका आदरणीय ग्राहकवर्गहरूमा यो सूचना जारी गरिएको छ।
पथरीशनिश्चरे न.पा. वार्ड नं. ०१, रत्न चोक दक्षिण क्षेत्रमा कन्डक्टर अपग्रेडिङ (तार फेर्ने तथा स्तरोन्नति) कार्य गर्नुपर्ने भएको हुनाले उक्त फिडरबाट वितरित विद्युत सेवा निम्न समय र स्थानहरूमा अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ।
नियमित मर्मत सम्भार विवरण:
मिति: २०८३ साल जेठ २३ गते (आज)
समय: बिहान १०:३० बजे देखि बेलुका ०५:०० बजे सम्म
प्रभावित क्षेत्रहरू (विद्युत अवरुद्ध हुने स्थानहरू):
रत्न चोक दक्षिण
यलम्बर चोक
देउराली चोक
लिचीडाँडा
अन्नपूर्ण लाइन क्षेत्र
💡 नोट: निर्धारित समय अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा तोकिएको समय भन्दा पहिल्यै सुचारु गरिनेछ। कार्य अवधिभर पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ
-
ने.बि.प्रा. उर्लाबारी बितरण केन्द्र
05/06/2026
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएको खुलेको छ। प्रहरी स्रोतका अनुसार मृतक तिवारी र आरोपितबिच घटनाअघि चिनजान रहेको देखिएको छ।
अनुसन्धानबाट प्राप्त विवरणअनुसार आरोपितले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा तिवारीसँग दुई पटक शारीरिक सम्पर्क राखेका थिए। त्यसबापत प्रत्येक पटक एक हजार रुपैयाँ उपलब्ध गराएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि रकमको विषयलाई लिएर दुबैबिच विवाद भएको थियो।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार सोही विवाद उग्र बन्दै जाँदा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेका थिए। हत्या पश्चात् घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। शवको पहिचान भएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो। घटनापछि केही दिनसम्म प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिबारे स्पष्ट निष्कर्ष निकाल्न नसकेको अवस्था रहेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धानका लागि प्राविधिक विश्लेषण, मोबाइल विवरण, स्थानीय सूचनालगायतका आधार प्रयोग गरेको जनाएको छ। अनुसन्धानको क्रममा सङ्कलित प्रमाणका आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण, आरोपितको परिचय, पक्राउ प्रक्रिया तथा अनुसन्धानबाट खुलेका अन्य तथ्यहरू सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय झापाले केही बेरपछि पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।पत्रकार सम्मेलनपछि सार्वजनिक हुने आधिकारिक विवरणका आधारमा घटनासम्बन्धी थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ ।
करिब ३० वर्षीय उनी पण्डित थरका भारतीय नागरिक हुन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको सबै विवरण सङ्कलन गरेको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
तस्बिर Ai द्वारा सम्पादन गरिएको हो।
04/06/2026
गर्मी अझै बड्ने तापक्रम ३८° भन्दा माथिहुने सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (Heat wave) हुने सम्भावना छ।सोही अवधिमा, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन (Hot days) हुने सम्भावना छ।
विभागका अनुसार ती प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन प्राधिकरण अनुरोध गर्दछ।
04/06/2026
मोरङको पथरी शनिश्चरेमा हतियारसहित
मध्यराति १० जना लागुऔषध प्रयोगकर्ताहरु पक्राउ
मोरङको पथरी शनिश्चरे १० स्थित समाज सुधार समितिले धारिलो हतियार सहित लागू पदार्थ सेवनकर्ताको १० जनाको समुहलाई नियन्त्रणमा लिएको छ ।
मध्यरातमा सोहि वडाको सारू चौकको पश्चिम सिता धाप जाने बास झ्यांगबाट जोखिमपूर्ण ढंगले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयलाई बुझाईएको छ। उनीहरुको साथबाट १ थान तरवार , एक थान खुकुरी , एक थान हतौडा , एक थान ग्याटिस , एक थान सानो बन्चरो , एक थान चेन हसियाहरु लगायतको हतियारहरु सहित एउटा पल्सर बाईक र साइकल पनि बरामद भएको छ। उनीहरु प्राय सबै अन्य वडाबाट लागू पदार्थ सेवन गर्न आएको पाईएको छ।
तस्बिर :- Ai बाट निर्मित सांकेतिक मात्रै हो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Pathari
Biratnagar
56600