Pawan Rai07
nepal
तिम्रो र मेरो बाटो अलग्गियो, हातहरू छुट्यो, तर माया अझै बाँकी नै छ,
यो मेरो मुटुको एउटा सानो कुनामा, तिम्रै तस्बिर अझै टाँसिनै रहेको छ। 😂😂
27/09/2026
No caption
14/09/2026
अँध्यारोसँगै फेरि
उही याद पोखिएर आयो,
छातीभित्र एउटा मीठो
सन्नाटा छाएर आयो।
मन त थियो धेरै कुरा
कागजमा उतार्ने आज,
तपाईंको सम्झना मात्रै आयो,
तर कविता आएन आज।
सायद मेरा शब्दहरूभन्दा
धेरै गहिरा छन् यादहरू,
त्यसैले त मौन बनेर
बसीरहेछन् ओठहरू।
08/09/2026
वीर शहीद तपाईंहरूले देशका लागि दिनुभएको बलिदानलाई हामी कहिल्यै बिर्सिने छैनौं। ゚ -z_nepal
उज्यालो बस्ती, हाँसीखुशीका संसार,
क्षणभरमै ढले-प्रकृतिको एउटै हुंकार।
जसलाई मान्छेले आफ्नै साम्राज्य सम्झिन्थ्यो,
त्यो त केवल माटोको सानो थुप्रो मात्र रहेछ।
प्रकृतिले आफ्नो सीमा रेखा फेरि कोरिसकेको छ,
मानिसको हरेक बासस्थानलाई उखेलेर फ्याँकिदिँदै,
यस्तो लाग्छ-उनी आफ्नै पुराना रङ्गीन पाखाहरू
फेरि पुरानै रूपमा फर्काउन खोज्दैछिन्,
जहाँ मान्छेको कुनै नामोनिसान बाँकी नरहोस्।
28/08/2026
छातीभरि पीडा र आँसु बोकेर देश रोइरहेको यो कठिन घडीमा, रविन्द्र ढान्तले दिलाएको सफलताले हरेक नेपालीको शीर गर्वले उँचो गराइदिएको छ।
जतिबेला चारैतिर निराशा र दुःखको कालो बादल मडारिरहेको छ, त्यतिबेला तपाईंले आफ्नो अदम्य साहस र कडा मिहिनेतबाट ल्याउनुभएको यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण देशबासीको अनुहारमा एउटा आसको किरण ल्याइदिएको छ। देश शोकमा हुँदा पनि तपाईंको यो सफलताले हाम्रो राष्ट्रिय गौरवलाई विश्वसामु उँचो राख्ने काम गरेको छ।
अप्ठ्यारो परिस्थितिमा पनि देशको नाम रोशन गर्नुभएकोमा रविन्द्र ढान्तलाई हृदयदेखि नै सलाम र हार्दिक बधाई! तपाईंको यो विजयले देशलाई पुनः उठ्ने र आशावादी बन्ने ठूलो शक्ति दिएको छ। आगामी दिनमा पनि सफलताका यस्तै नयाँ कीर्तिमानहरू रच्दै जानुहोस्, हार्दिक शुभकामना! जय नेपाल 🇳🇵🇳🇵🇳🇵
मृत आत्माले सन्तिपओस हार्दिक श्रद्धाञ्जली। #
Category
Contact the public figure
Telephone
Address
�
Bhojpur
289531128654274
Alerts
Be the first to know and let us send you an email when Pawan Rai07 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.