Chintamani Rijal

Chintamani Rijal

Share

Improving educational sectors

08/10/2025

पश्चिमाले विश्व भु-राजनीतिमा प्रभाव बढाइरहेको बेला हाम्रो मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, कुशासन, राजनीतिक असमानता उनीहरुको लागि एउटा महत्वपूर्ण मसला बनिरहेको थियो। नेताहरुको शासन शैली र बढ्दो भ्रष्टाचार, कुशासनले जनता आक्रोशित थिए जो एउटा बारुदको थुप्रो बनेर बसिरहेको थियो यसलाई नै माध्यम बनाएर पश्चिमाहरुले बिष्फोट गराउन चाहन्थे। उनीहरु श्रीलंकाबाट सल्केको आगो बंगलादेश हुँदै विस्तारै नेपालमा पनि सल्काउन चाहन्थे। यही समयमा सामाजिक सञ्जाल बन्द गराएर यसलाई थप विष्फोटक बनाइयो। यसमा केपी ओली राम्रैसँग प्रयोग भए, सायद केपी ओलीले आफू प्रयोग भएको पत्तै पाएनन्। अझ उनका मन्त्रीको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरिरहेको थियो। यही बारुदको थुप्रोमा आगो लगाउन सलाइको काँटि खोजिरहेका पश्चिमाहरुले जेन्जीहरुको आन्दोलनलाई प्रयोग गरेर केही हदसम्म सफलता हासिल गरे। नेपालको राजनीतिमा सधैंभरि निर्णायक भूमिकामा रहने छिमेकी मुलुक भारत र चिनले भने यो घट्नाको पत्तै पाएनन्। अहिले यो आगो नेपालका सिमा रहेका भारतको केही प्रान्तमा सल्किरहेको छ। केही प्रान्तमा सल्केको आगोको झिल्कोले पुरै भारतलाई नडडाउला भन्न सकिन्न। भाद्र २३ र २४ को घट्ना एउटा ट्रेलर मात्र हो फिल्म आउन बाँकी नै छ। यसका लागि पुराना दलका नेताहरुले दिदैँ आएका अभिव्यक्ति नै काफि छ। पुराना दल र दलका नेतालाई आजसम्म जसले प्रयोग गर्दै आयो उसैले सक्ने काम गर्यो। कसैको लागि प्रयोग हुनु यति घातक थियो कि जसको लागि प्रयोग भएको हो उसको स्वार्थ पुरा नभएमा त्यसैको शिकार बन्नुपर्छ भन्ने भेउ नपाएका र दिमाग नभएका राजनीतिक दलका नेताहरुले कपिलवस्तुका तत्कालीन रा.प्र.पा नेता मिर्जा दिल वेग साख अन्डरवल्र्डको शिकार बनेको नै स्मरण गरेनन्। त्यसैको परिणामस्वरूप अहिले पुराना दलका नेताहरु घर न घाटका बनेका छन्, र पनि यिनमा सद्बुद्धि पलाउने छाँटकाँट देखिदैन। अहिले मुलुक अत्यन्तै संकटको घडीमा उभिएको छ। मुलुकलाई बचाउन सबै पक्षले आग्रह, पूर्वाग्रह, दम्भ, अहंकार र व्यक्तिगत स्वार्थ त्यागेर एकै ठाउँमा उभिनुको विकल्प देखिदैन। सबै पक्षधर (शक्ति) मिलेमा मात्र मुलुक बचाउन सकिन्छ।

31/08/2023

हिजो जनयुद्धको नाममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद भन्दै सोझा-साझा गरिब जनताका छोराछोरीलाई बन्दुक बोकाएर १७ हजार निर्दोष नेपालीका छोराछोरीलाई बलि चढाउनेले एमसिसि पारित गरे आज उसैले कार्यान्वयन गर्न हस्ताक्षर गर्यो। अहिले विस्तारवादी र साम्राज्यवादीको पुच्छर नसमाई वैतर्णी नदी पनि पार नगर्ने भए। र पनि भ्या...भ्या.... गर्न छोड्दैनन् दास मनोवृत्तिका कार्यकर्ता?

30/08/2023

I have reached 100 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

विद्यालय भर्ना अभियानमै सीमित 06/04/2023

विद्यालय भर्ना अभियानमै सीमित हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका सामुदायिक विद्यालयद्वारा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्र.....

मर्जको विकल्पमा विद्यालय सुधार 31/12/2022

https://gorkhapatraonline.com/news/49587

मर्जको विकल्पमा विद्यालय सुधार न्यून विद्यार्थी सङ्ख्याको समस्या देखाउँदै केही सामुदायिक विद्यालयलाई स्थानीय सरकारले सुधारको अपेक्षालाई उपे...

गुणस्तरीय शिक्षामा पूर्वाधार 30/12/2022

https://gorkhapatraonline.com/news/45918

गुणस्तरीय शिक्षामा पूर्वाधार संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा व्यवस्थापनको अधिकार दिएको छ। मुलुकभर ७५३ स्थानीय निकाय छन्। सबै स्थानी...

Want your school to be the top-listed School/college in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Lokanthali
Bhaktapur