Sikkim Insight News
Trusted Sikkim News Portal on entertainment, politics and social issues. Sikkim Insight News 01 5924999
नाम्ची राङ्के मेला २०२६ सेन्ट्रल पार्कमा सुरु
नाम्ची, जुलाई १२: बहुप्रतीक्षित नाम्ची राङ्के मेला २०२६ आजदेखि सेन्ट्रल पार्क, नाम्चीमा औपचारिक रूपमा सुरु भएको छ। मेला जुलाई १२ देखि १७ सम्म सञ्चालन हुनेछ।
वार्षिक रूपमा आयोजना हुने यस मेलाले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा, परम्परागत रीतिरिवाज, स्थानीय परिकार, साहसिक गतिविधि तथा पर्यटन आकर्षणलाई एकै थलोमा प्रस्तुत गर्दै स्थानीय तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
आज आयोजित उद्घाटन समारोहमा पोकलोक–कामराङ निर्वाचन क्षेत्रका विधायक श्री भोजराज राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने नाम्ची–सिङरिथाङ निर्वाचन क्षेत्रका विधायक श्री सतीश चन्द्र राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
छ दिनसम्म सञ्चालन हुने यस मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा परिकारका प्रदर्शनी, साहसिक खेलकुद गतिविधि र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना गरिनेछ।
Namchi Rankey Mela 2026 Begins at Central Park
Namchi, July 12: The much-awaited Namchi Rankey Mela 2026 commenced today at Central Park, Namchi, marking the beginning of a six-day celebration from 12 to 17 July.
The annual festival showcases Sikkim's rich cultural heritage, traditional customs, local cuisine, adventure activities and tourism attractions.
|| Old Tree Collapses in Front of Jorethang Plaza, No Injuries Reported
An old tree collapsed in front of Jorethang Plaza at around 2:19 PM today, causing minor damage to a few nearby shops and goods at the local market. Fortunately, no injuries were reported, averting what could have been a major mishap.
सालघारी जीपीयूस्थित नवनिर्मित ‘पेमा छोलिङ गुम्बा’ को १८ जुलाई २०२६ मा तय गरिएको उद्घाटन कार्यक्रम स्थगित गरिएको छ।
अब उक्त कार्यक्रम सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) ज्यूको शुभ बाहुलीबाट २४ जुलाई २०२६ मा सम्पन्न हुने जानकारी माननीय मन्त्री तथा पोकलोक–कामराङका विधायक श्री भोजराज राई ज्यूले दिनुभएको छ।
11/07/2026
Archaeologist and ancient historian Shri Hari Chandra Sharma met Hon’ble Governor of Sikkim Shri Om Prakash Mathur at Lok Bhawan, Gangtok.
During the meeting, Shri Sharma briefed the Governor on ongoing archaeological explorations across Sikkim, including the identification of ancient sites and the recent discovery of a significant megalithic site at Manebung, Dentam.
The Governor appreciated the efforts to preserve Sikkim’s rich heritage and assured full support for further research and documentation.
11/07/2026
रुख ढलेर क्षतिग्रस्त बुद्ध तामाङको घरको मन्त्री श्री भोजराज राईद्वारा निरीक्षण
पोकलोक कामराङक्षेत्र अन्तर्गत दामथाङ निवासी तथा एसकेएम पार्टीका सक्रिय कार्यकर्ता एवं क्षेत्र स्तरीय युवा विङका कार्यकारी सदस्य श्री बुद्ध तामाङ ज्यूको घर रुख ढलेर क्षतिग्रस्त भएपछि आज माननीय शहरी विकास विभाग (UDD) तथा खाद्य तथा नागरिक आपूर्ति विभाग (F&CS) मन्त्री श्री भोजराज राईले स्थलगत निरीक्षण गर्नुभयो।
उक्त भ्रमणमा मन्त्रीका ओएसडी (OSD) श्री फुर्देन लेप्चा तथा एसकेएम पार्टीका स्थानीय कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। मन्त्री राईले क्षतिको अवस्थाबारे जानकारी लिँदै प्रभावित परिवारलाई आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो।
11/07/2026
पेमाछोलिङ गुम्बा सालघारीको उद्घाटन समारोह तयारी निरीक्षण गर्न मन्त्री भोजराज राईद्वारा स्थल भ्रमण
दक्षिण सिक्किमको सालघारीस्थित पेमाछोलिङ गुम्बामा आयोजना हुन लागेको आगामी उद्घाटन समारोहको तयारीको निरीक्षण गर्न माननीय शहरी विकास विभाग (UDD) तथा खाद्य तथा नागरिक आपूर्ति विभाग (F&CS) मन्त्री श्री भोजराज राईले गुम्बा परिसरको भ्रमण गर्नुभयो।
भ्रमणका क्रममा मन्त्री राईले उद्घाटन समारोहको व्यवस्थापन, पूर्वाधार तयारी, सुरक्षा व्यवस्था तथा अन्य आवश्यक व्यवस्थापकीय पक्षहरूको जानकारी लिनुभयो। उहाँले कार्यक्रमलाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आयोजक समिति तथा सम्बन्धित पक्षहरूसँग छलफल पनि गर्नुभयो।
उक्त अवसरमा पेमाछोलिङ गुम्बा सालघारीका अध्यक्ष श्री नगेन याल्मु योन्जोनले गुम्बाको प्रगति, निर्माण कार्य तथा आगामी उद्घाटन समारोह सम्बन्धी जानकारी मन्त्रीसमक्ष प्रस्तुत गर्नुभयो।
छलफलका क्रममा आयोजक समितिले माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) को सम्भावित आगमनलाई मध्यनजर गर्दै आवश्यक तयारीबारे जानकारी गराएको थियो। साथै, यसअघि तय गरिएको ८ तारिखको उद्घाटन कार्यक्रम स्थगित गरी अब आगामी २४ तारिखमा उद्घाटन समारोह आयोजना गरिने जानकारी दिएका थिए ।
मन्त्री राईले कार्यक्रम सफल बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै तयारी कार्यलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो।
09/07/2026
|| Illegal Timber Transit Busted in Gangtok, ₹4.45 Lakh Fine Imposed
Gangtok, 9 July: The Gangtok (Territorial) Forest Division intercepted an illegal timber consignment during a night patrol near Resh*thang Bridge, Ranka, on 3 July following a public tip-off.
The timber was being transported without a valid transit permit or the mandatory official hammer mark. Authorities seized the vehicle and timber and registered a case under the Sikkim Forests Act, 1988.
The offence was later compounded under Section 74 of the Act, and a penalty of ₹4.45 lakh was imposed and recovered as government revenue. The Forest Department has appealed to the public to report forest offences through its toll-free helpline 1926.
जोरेथाङ ड्रग्स सफाइ अभियान टोलीले अवैध लागूऔषध कारोबारमा संलग्न व्यक्तिविरुद्ध कानुनअनुसार कडा कारबाही र जेल सजाय सुनिश्चित गर्न सम्बन्धित विभागसँग माग गरेको छ।
टोलीले यस्ता कडा कदमले मात्र सिक्किमलाई लागूऔषधमुक्त बनाउन मद्दत पुग्ने बताउँदै अभियान सफल बनाउन सबैको सहयोगको अपिल गरेको छ।
पेमा छोलिङ गुम्बाको उद्घाटन १८ जुलाईमा मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) द्वारा हुने
पावन डुक्पा छेचीको शुभ अवसरमा पोकलोक–कामराङ निर्वाचन क्षेत्रअन्तर्गत सालघारी GPU को अप्पर दोरोप वार्डस्थित नव-निर्मित पेमा छोलिङ गुम्बा को विधिवत उद्घाटन आगामी १८ जुलाई २०२६ (शनिबार) सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) ज्यूको शुभहस्तबाट सम्पन्न हुने भएको छ।
गुम्बा व्यवस्थापन समितिले उक्त पावन अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु, शुभचिन्तक तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Namchi