Smart Media

Smart Media

Share

Smart Media
Email - [email protected] Copyright © Smart Media Group PVT. LTD.

06/19/2026

प्रहरीलाई पोसाकबापत नगद दिने तयारी !
प्रहरीको पोसाक खरिद प्रक्रियामा हुँदै आएको भ्र*ष्टाचार अन्त्य गर्न बालेन सरकारले नयाँ नियम ल्याउने भएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले पोसाक खरिदका लागि गरिने टेन्डरमा धेरै भ्र*ष्टाचार हुने देखिएकाले अब त्यसलाई खारेज गरी प्रहरीलाई पोसाक खर्चबापत सीधै नगद नै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका हुन्। यसअघिसम्म एकीकृत रूपमा टेन्डरमार्फत पोसाक खरिद गर्ने व्यवस्था रहेकोमा, यो नयाँ नियम लागू भएपछि भ्र*ष्टाचारको अन्त्य हुने र प्रहरी कर्मचारीले आफ्नै हातमा नगद पाउनेछन्।

06/19/2026

१० वटा फुटबल रंगशाला निर्माण गर्न ५ अर्ब रुपैयाँ !
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले खेलकुद पूर्वाधार निर्माणको ठूलो योजना सार्वजनिक गरेका छन्। मन्त्ती लम्सालका अनुसार बालेन सरकारले आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला निर्माण गर्न ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। यसका साथै, सोही अवधिमा ८ वटा क्रिकेट रंगशाला निर्माणका लागि ४ अर्ब रुपैयाँ तथा २ हजार दर्शक क्षमताका ७ वटा इन्डोर स्टेडियमका लागि ३ अर्ब ५० करोड रुपैयाँ व्यवस्था गरिएको मन्त्री लम्सालले जानकारी दिए। खेल क्षेत्रको यो ऐतिहासिक विकासले नेपाली खेलाडीहरूलाई विश्वकपको यात्रा तय गर्न र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन जग बसाल्ने विश्वास गरिएको छ।

06/19/2026

IGP कार्कीको निर्देशन प्रहरी कार्यालय आएर चिनेको मान्छे खोज्न नपरोस

06/19/2026

Samajik Sanjalma Jathabhabi Bolnelai IGP Ko Jawaf

06/19/2026

इरानी गायिकालाई ७४ को*र्राको सजाय !
इरानको कोम प्रान्तको अदालतले हिजाबबिना युट्युबमा गीत गाएको आरोपमा गायिका परस्तु अहमदी र ‘कारवान्सराय’ कन्सर्टका आठ सदस्यलाई जनही ७४ को*र्रा हा*न्ने सजाय सुनाएको छ। द गार्डियनका अनुसार, सन् २०२४ मा अपलोड भई सामाजिक सञ्जालमा हालसम्म ३० लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमार्फत अ*श्लील सामग्री प्रसारण गरी समाजको शालीनतामा क्षति पुर्‍याएको ठहर गर्दै अदालतले उनीहरूमाथि दुई वर्षको वैदेशिक यात्रा प्रतिबन्ध र दुई वर्षसम्म कला क्षेत्रका गतिविधिमा पूर्ण रोक समेत लगाएको छ।

06/19/2026

किसानको लागी बालेन निर्णय भारतबाट यतिधेरै मल आउने

06/19/2026

कक्षा १२ को रिजल्ट आउने बित्तिकै बालेन सरकारले गर्यो बिद्यार्थीको मन जित्ने काम

06/19/2026

१० खर्बको ठेक्का खुलाइँदै !
बालेन शाह नेतृत्वको सरकारले अहिलेसम्मकै तीव्र गतिमा पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ। तीन वर्षको विकास योजनालाई एकैपटक र छिटो सम्पन्न गर्न चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको 'मेगा ठेक्का' आह्वान गर्ने घोषणा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका अनुसार, मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्र भए पनि चालु दररेट र स्वतः मूल्य समायोजनको व्यवस्थासहित यो बृहत् ठेक्का प्रक्रिया अघि बढाइएको हो। यसरी एकैपटक ठूलो प्याकेजमा ठेक्का गर्दा सामान्यतया २० देखि २२ महिना लाग्ने प्रक्रियागत काम ६ देखि ७ महिनामै सम्पन्न भई पूर्वाधार निर्माणमा उल्लेख्य समय बचत हुने मन्त्री लम्सालले जानकारी दिएका छन्।

06/19/2026

प्रहरीलाई लखे*टी लखे*टी खोलामा हालेको भवन पुग्दा IGP बने भावुक - भन्छन् अब त्यो कालो दिन कहिले देख्न नपरोस्

06/19/2026

अबको तीन वर्षपछि कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी !
बालेन शाह नेतृत्वको सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नियमित मर्मत तालिका लागू गरी आगामी ३ वर्षभित्र देशका सबै सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गरेका छन्। यसका साथै, स्थानीय तहसँगको समन्वयमा २८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेर दुर्गम वडासम्म सडक सञ्जाल पुर्‍याउने ९ वर्षे कार्ययोजनासमेत अघि सारिएको छ।

Want your school to be the top-listed School/college in Dallas?
Click here to claim your Sponsored Listing.

Address


Ca
Dallas, TX
94577