Alpha & Omega - Fellowship

Alpha & Omega - Fellowship

Share

MISSION FOR BHUTAN NEPAL AND INDIA

10/03/2026

“म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।”
‭‭गलाती‬ ‭2‬:‭20‬ ‭NNRV‬‬

“तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭8‬ ‭NNRV‬‬

“अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्‍ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।””
‭‭प्रस्‍थान‬ ‭17‬:‭9‬ ‭NNRV‬‬

“तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्‌न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭10‬ ‭NNRV‬‬

“मोशाले आफ्‍ना हात माथि उचालिराख्‍दा इस्राएलीहरू विजयी हुन्‍थे। तर तिनले आफ्‍ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्‍थे।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭11‬ ‭NNRV‬‬

“जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्‍याएर तिनीमुनि राखिदिए, र तिनी त्‍यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्‍त नहोउञ्‍जेल तिनका हात स्‍थिर रहे।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭12‬ ‭NNRV‬‬

“अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭13‬ ‭NNRV‬‬

“तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरो सम्‍झनाको निम्‍ति एउटा पुस्‍तकमा लेख्, र त्‍यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्‍मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।””
‭‭प्रस्‍थान‬ ‭17‬:‭14‬ ‭NNRV‬‬

“मोशाले त्‍यहाँ एउटा वेदी बनाएर त्‍यसको नाउँ “परमप्रभु मेरो झन्‍डा” राखे।”
‭‭प्रस्‍थान‬ ‭17‬:‭15‬ ‭NNRV‬‬

“अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्‍तौँ-पुस्‍तौँसम्‍म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।””
‭‭प्रस्‍थान‬ ‭17‬:‭16‬ ‭NNRV‬‬

10/01/2026

२ राजाहरू 4
विधवाको तेल
1अगमवक्ताहरूमध्‍ये एक जनाकी पत्‍नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्‍थ्‍यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्‍याउन उहाँका साहूकार आइरहेछन्‌।”
2एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।”
तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्‍कोमा तेलबाहेक अरू केही पनि छैन।”
3एलीशाले भने, “गएर आफ्‍ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्‍काहरू मागेर ल्‍याऊ। थोरै मात्र नमाग। 4त्‍यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्‍कोको तेल ती सबै भाँड़ाहरूमा खन्‍याऊ, र भरिएका भाँड़ाहरू अलग्‍गै राख।”
5तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌। 6जब ती सबै भरिसके, तिनले आफ्‍नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्‍को ले।”
तर त्‍यसले जवाफ दियो, “अब एउटै भुँडुल्‍को पनि छैन।” तब तेल आउन पनि बन्‍द भयो।
7ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्‍यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्‍नेछौ।”

09/29/2026
09/25/2026

““हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।””
‭‭प्रकाश‬ ‭4‬:‭11‬ ‭NNRV‬‬

तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।”
‭‭२ कोरिन्थी‬ ‭12‬:‭9‬ ‭NNRV‬‬

“यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।”
‭‭२ कोरिन्थी‬ ‭12‬:‭10‬ ‭NNRV‬‬

“यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।”
‭‭१ पत्रुस‬ ‭3‬:‭17‬ ‭NNRV‬‬

“हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।”
‭‭रोमी‬ ‭6‬:‭6‬ ‭NNRV‬‬

“तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌।”
‭‭उत्‍पत्ति‬ ‭50‬:‭20‬ ‭NNRV‬‬

“अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो।”
‭‭उत्‍पत्ति‬ ‭45‬:‭7‬ ‭NNRV‬‬

““यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ।”
‭‭उत्‍पत्ति‬ ‭45‬:‭8‬ ‭NNRV‬‬

“हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।”
‭‭रोमी‬ ‭8‬:‭28‬ ‭NNRV‬‬

09/25/2026

Date - 9/24/2026

Ruth 1:1 -
1 In the days when the judges ruled, there was a famine in the land. So a man from Bethlehem in Judah, together with his wife and two sons, went to live for a while in the country of Moab.

१ उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए।न्‍याय २:१६,उत १२:१०,२ राज ६:२५,भज १०५:१६,हाग १:११,उत ३५:१९,उत ४७:४,उत ३६:३५.

2 The man’s name was Elimelek, his wife’s name was Naomi, and the names of his two sons were Mahlon and Kilion. They were Ephrathites from Bethlehem, Judah. And they went to Moab and lived there.

२ ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे।रूथ १:३,रूथ २:१,रूथ ४:३,रूथ १:५,रूथ ४:९,उत ३५:१६,उत ३५:१९,१ शमू १६:१८

3 Now Elimelek, Naomi’s husband, died, and she was left with her two sons.

३ नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌।

4 They married Moabite women, one named Orpah and the other Ruth. After they had lived there about ten years,

४ यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि१ राज ११:१,२ इति २४:२६,एज्रा ९:२,नहे १३:२३,रूथ १:१४,रूथ ४:१३,मत्ती १:५

5 both Mahlon and Kilion also died, and Naomi was left without her two sons and her husband.

५ दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌।रूथ १:२,रूथ १:८,रूथ २:११.

6 When Naomi heard in Moab that the LORD had come to the aid of his people by providing food for them, she and her daughters-in-law prepared to return home from there.

६ परमप्रभुले आफ्‍ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्‍यहाँबाट घर फर्कन तयार गर्न लागे।उत ३६:३५,उत ५०:२४,प्रस ४:३१,यर २९:१०,सप २:७,भज १३२:१५,मत्ती ६:११,उत ११:३१,उत ३८:१६

7 With her two daughters-in-law she left the place where she had been living and set out on the road that would take them back to the land of Judah.

७ तब आफ्‍ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्‍नो घर यहूदाको बाटो लागिन्‌।

8 Then Naomi said to her two daughters-in-law, “Go back, each of you, to your mother’s home. May the LORD show you kindness, as you have shown kindness to your dead husbands and to me.

८ तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्,उत ३८:११,उत १९:१९,२ तिमो १:१६,रूथ १:५

9 May the LORD grant that each of you will find rest in the home of another husband.” Then she kissed them goodbye and they wept aloud.

9 अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।” तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।रूथ ३:१,उत २७:२७,उत २९:११,उत २७:३८,गन्ती २५:६

10 and said to her, “We will go back with you to your people.”

१० त्‍यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।”

11 But Naomi said, “Return home, my daughters. Why would you come with me? Am I going to have any more sons, who could become your husbands?

११ तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र?उत ३८:११,व्‍य २५:५

12 Return home, my daughters; I am too old to have another husband. Even if I thought there was still hope for me—even if I had a husband tonight and then gave birth to sons—

१२ फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि

13 would you wait until they grew up? Would you remain unmarried for them? No, my daughters. It is more bitter for me than for you, because the LORD’s hand has turned against me!”

१३ तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।”उत ३८:११,रूथ १:२०,प्रस १:१४,प्रस १५:२३,१ शमू ३०:६,न्‍याय २:१५,अयू ४:५

14 At this they wept aloud again. Then Orpah kissed her mother-in-law goodbye, but Ruth clung to her.

१४ तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि ओर्पाले आफ्‍नी सासूलाई चुम्‍बन गरेर आफ्‍ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्‌।रूथ १:९,रूथ २:११,रूथ ३:१,मीका ७:६,उत ३१:२८,व्‍य १०:२०.

15 “Look,” said Naomi, “your sister-in-law is going back to her people and her gods. Go back with her.”

१५ तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्‍ना मानिसहरू र आफ्‍ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।”व्‍य २५:७,यहो २४:१४

16 But Ruth replied, “Don’t urge me to leave you or to turn back from you. Where you go I will go, and where you stay I will stay. Your people will be my people and your God my God.

१६ रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्‍छ म पनि त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म पनि त्‍यहीँ नै बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।२ राज २:२,उत २४:५८,भज ४५:१०,यहो २४:१५.

17 Where you die I will die, and there I will be buried. May the LORD deal with me, be it ever so severely, if even death separates you and me.”

१७ तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।”१ शमू ३:१७,१ शमू १४:४४,१ शमू २०:१३,१ शमू २५:२२,२ शमू ३:९,२ शमू ३:३५,२ शमू १९:१३,१ राज २:२३,१ राज १९:२,१ राज २०:१०,२ राज ६:३१,२ शमू १५:२१

18 When Naomi realized that Ruth was determined to go with her, she stopped urging her.

१८ रूथले आफूसँग जाने दृढ़ सङ्कल्‍प गरेकी देखेर नाओमीले अरू केही भनिनन्‌।प्रे २१:१४.

19So the two women went on until they came to Bethlehem. When they arrived in Bethlehem, the whole town was stirred because of them, and the women exclaimed, “Can this be Naomi?”

१९ अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्‍मै सहरमा हलचल मच्‍चियो। आइमाईहरूले भन्‍न लागे, “के यिनी नाओमी नै हुन्‌?”न्‍याय १७:७,मत्ती २१:१०

20 “Don’t call me Naomi,” she told them. “Call me Mara, because the Almighty has made my life very bitter.

२० तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्तिमान्‌ले मेरो जीवन तीतो बनाइदिनुभएको छ।उत १५:१,उत १७:१,भज ९१:१,रूथ १:१३.

21 I went away full, but the LORD has brought me back empty. Why call me Naomi? The LORD has afflicted me; the Almighty has brought misfortune upon me.”

२१ म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्‍याउनुभएको छ। मलाई किन नाओमी भन्‍छौ? परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि विपत्ति ल्‍याउनुभएको छ।”अयू १:२१,अयू ३०:११,भज ८८:७,यशै ५३:४.

22So Naomi returned from Moab accompanied by Ruth the Moabite, her daughter-in-law, arriving in Bethlehem as the barley harvest was beginning.

२२ यसरी नाओमीकी बुहारी मोआबी रूथ तिनीसँग मोआब देशबाट आइन्‌। तिनीहरू बेथलेहेममा आइपुग्‍दा जौको कटनी हुँदैथियो।रूथ २:२,रूथ २:६,रूथ २:२१,रूथ ४:५,रूथ ४:१०,उत ११:३१,प्रस ९:३१,लेवी १९:९,२ शमू २१:९

09/24/2026

““नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ।”
‭‭लूका‬ ‭17‬:‭26‬ ‭NNRV‬‬

“तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌।”
‭‭२ तिमोथी‬ ‭3‬:‭1‬ ‭NNRV‬‬

“किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,”
‭‭२ तिमोथी‬ ‭3‬:‭2‬ ‭NNRV‬‬

“स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,”
‭‭२ तिमोथी‬ ‭3‬:‭3‬ ‭NNRV‬‬

“विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,”
‭‭२ तिमोथी‬ ‭3‬:‭4‬ ‭NNRV‬‬

“भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।”
‭‭२ तिमोथी‬ ‭3‬:‭5‬ ‭NNRV‬‬

“तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।”
‭‭मत्ती‬ ‭24‬:‭6‬ ‭NNRV‬‬

“किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।”
‭‭मत्ती‬ ‭24‬:‭7‬ ‭NNRV‬‬

“तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।”
‭‭मत्ती‬ ‭24‬:‭8‬ ‭NNRV‬‬

““तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।”
‭‭मत्ती‬ ‭24‬:‭9‬ ‭NNRV‬‬

“तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।”
‭‭मत्ती‬ ‭24‬:‭10‬ ‭NNRV‬‬

“धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।”
‭‭मत्ती‬ ‭24‬:‭11‬ ‭NNRV‬‬

“अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।”
‭‭मत्ती‬ ‭24‬:‭14‬ ‭NNRV‬‬

“मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।””
‭‭प्रकाश‬ ‭11‬:‭3‬ ‭NNRV‬‬

“पृथ्‍वीका प्रभुको सामुन्‍ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्‌।”
‭‭प्रकाश‬ ‭11‬:‭4‬ ‭NNRV‬‬

“यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने, तिनीहरूका मुखबाट निस्‍केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने त्‍यो त्‍यही किसिमले मारिनेछ।”
‭‭प्रकाश‬ ‭11‬:‭5‬ ‭NNRV‬‬

“तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।”
‭‭प्रकाश‬ ‭11‬:‭6‬ ‭NNRV‬‬

“तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्ध्‌याइसकेपछि अतल कुण्‍डबाट निस्‍किआउने त्‍यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।”
‭‭प्रकाश‬ ‭11‬:‭7‬ ‭NNRV‬‬

“तिनीहरूका लाशहरू त्‍यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्‍छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।”
‭‭प्रकाश‬ ‭11‬:‭8‬ ‭NNRV‬‬

“साढ़े तीन दिनसम्‍म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन्‌ र ती लाशहरू गाड्‌न दिनेछैनन्‌।”
‭‭प्रकाश‬ ‭11‬:‭9‬ ‭NNRV‬‬

“पृथ्‍वीमा रहनेहरू तिनीहरूका मृत्‍युमा रमाउनेछन्, आनन्‍द मनाउनेछन्‌ र आपसमा उपहार लिने-दिने गर्नेछन्‌। किनभने ती दुई अगमवक्ताहरूले पृथ्‍वीमा रहनेहरूलाई सास्ती दिएका थिए।”
‭‭प्रकाश‬ ‭11‬:‭10‬ ‭NNRV‬‬

“साढ़े तीन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍यो, र तिनीहरू आफ्‍ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्‍नेहरूमाथि ठूलो डर छायो।”
‭‭प्रकाश‬ ‭11‬:‭11‬ ‭NNRV‬‬

“अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।”
‭‭प्रकाश‬ ‭13‬:‭16‬ ‭NNRV‬‬

“त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।”
‭‭प्रकाश‬ ‭13‬:‭17‬ ‭NNRV

“बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।”
‭‭प्रकाश‬ ‭13‬:‭18‬ ‭NNRV‬‬

“तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।”
‭‭मत्ती‬ ‭24‬:‭13‬ ‭NNRV‬‬

““तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।”
‭‭मत्ती‬ ‭24‬:‭32‬ ‭NNRV‬‬

“त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।”
‭‭मत्ती‬ ‭24‬:‭33‬ ‭NNRV‬‬

Photos from Alpha & Omega - Fellowship's post 09/22/2026

Genesis - 6:1-22

व्यापक पाप र विश्वव्यापी जलप्रलय (अध्याय ६-८)६:१, २ पद २ का दुई मुख्य व्याख्याहरू छन्। एउटा यो हो कि परमेश्वरका पुत्रहरू स्वर्गदूतहरू थिए जसले आफ्नो उचित क्षेत्र छाडे (यहूदा ६) र पृथ्वीका स्त्रीहरूसँग विवाह गरे, जुन परमेश्वरलाई अत्यन्त घृणित लाग्ने यौन अव्यवस्थाको एक रूप थियो। यो दृष्टिकोण राख्नेहरूले औंल्याउँछन् कि अय्यूब १:६ र अय्यूब २:१ मा "परमेश्वरका पुत्रहरू" भन्ने अभिव्यक्तिले परमेश्वरको उपस्थितिमा पहुँच पाएका स्वर्गदूतहरूलाई जनाउँछ। साथै, "परमेश्वरका पुत्रहरू" स्वर्गदूतहरूको लागि एक मानक सेमेटिक शब्द हो। यहूदा ६, ७ को खण्डले सुझाव दिन्छ कि आफ्नो निवास छाडेका स्वर्गदूतहरू घृणित यौन आचरणको दोषी थिए। पद ७ को सुरुमा, पतित स्वर्गदूतहरूको वर्णन पछि तुरुन्तै "सदोम र गमोराजस्तै" भन्ने शब्दहरूलाई ध्यान दिनुहोस्।यस दृष्टिकोणको मुख्य आपत्ति यो हो कि, हामीलाई थाहा भएसम्म, स्वर्गदूतहरूले यौन प्रजनन गर्दैनन्। मत्ती २२:३० लाई येशूले स्वर्गदूतहरूले विवाह गर्दैनन् भनी सिकाउनुभएको प्रमाणित गर्न प्रयोग गरिन्छ। तर पदले वास्तवमा के भन्छ भने स्वर्गमा भएका स्वर्गदूतहरू न विवाह गर्छन् न विवाहमा दिइन्छन्। स्वर्गदूतहरू अब्राहामकहाँ मानव रूपमा देखा परे (उत्पत्ति १८:१-५), र पाठबाट देखिन्छ कि सदोम गएका ती दुई जनामा मानवीय अंगहरू र भावनाहरू थिए।अर्को दृष्टिकोण यो हो कि परमेश्वरका पुत्रहरू शेतका ईश्वरभक्त सन्ततिहरू थिए, र मानिसका छोरीहरू कयीनका दुष्ट सन्ततिहरू थिए। तर्क यस प्रकार छ: अघिल्लो सन्दर्भले कयीनका सन्ततिहरू (अध्याय ४) र शेतका सन्ततिहरू (अध्याय ५) को बारेमा कुरा गर्छ। उत्पत्ति ६:१-४ ले यी दुई वंशहरूको अन्तरविवाहको वर्णन गर्छ। स्वर्गदूतहरू शब्द सन्दर्भमा पाइँदैन। पद ३ र ५ ले मानिसको दुष्टताको कुरा गर्छन्। यदि पाप गर्ने स्वर्गदूतहरू थिए भने, मानिसको जाति किन नष्ट गरिनु पर्ने थियो? ईश्वरभक्त मानिसहरूलाई "परमेश्वरका पुत्रहरू" भनिन्छ, यद्यपि उत्पत्ति ६:२ मा भएको ठ्याक्कै उही हिब्रू शब्दावलीमा होइन (हेर्नुहोस् व्यवस्था १४:१; भजनसंग्रह ८२:६; होशे १:१०; मत्ती ५:९)।यस दृष्टिकोणसँग धेरै समस्याहरू छन्। किन शेतका सबै पुरुषहरू ईश्वरभक्त र कयीनको वंशका सबै स्त्रीहरू अधर्मी थिए? साथै, शेतको वंश ईश्वरभक्त रहिरह्यो भन्ने कुनै संकेत छैन। यदि रहिरह्यो भने, तिनीहरू किन नष्ट गरिनु पर्ने थियो? साथै, ईश्वरभक्त पुरुषहरू र अधर्मी स्त्रीहरूबीचको त्यस्तो मिलनले किन दैत्यहरू उत्पन्न गर्नु पर्ने थियो?६:३ परमप्रभुले चेतावनी दिनुभयो कि उहाँको आत्मा मानिसहरूसँग सदाको लागि विवाद गर्नेछैन, तर जलप्रलयको न्याय हुनुभन्दा अगाडि एक सय बीस वर्षको ढिलाइ हुनेछ। परमेश्वर धैर्यवान् हुनुहुन्छ, कोही पनि नष्ट होस् भनी चाहनुहुन्न, तर एउटा सीमा छ। पत्रुसले हामीलाई बताउँछन् कि येशू ख्रीष्ट नै हुनुहुन्थ्यो जसले पवित्र आत्माद्वारा नूहमार्फत जलप्रलयअघिका मानिसहरूलाई प्रचार गरिरहनुभएको थियो (१ पत्रुस ३:१८-२०; २ पत्रुस २:५)। तिनीहरूले सन्देश अस्वीकार गरे र अहिले बन्दी छन्।६:४, ५ दैत्यहरू (हिब्रू नेफिलिम, "पतित भएकाहरू") को बारेमा अङ्गरले व्याख्या गर्छन्:नेफिलिमलाई धेरैले "परमेश्वरका पुत्रहरू" (स्वर्गदूतहरू) सँगको सहवासबाट उत्पन्न "मानिसका छोरीहरू" (मरणशील स्त्रीहरू) का अस्वाभाविक सन्तान, विशाल अर्धदेवताहरू मानिन्छन्। परमेश्वरले सृजना गर्नुभएको अस्तित्वका क्रमहरूलाई उल्लंघन गर्ने यो पूर्ण रूपमा अस्वाभाविक मिलन यस्तो चौंकाउने असामान्यता थियो कि यसले विश्वव्यापी जलप्रलयको न्याय आवश्यक बनायो।६:६, ७ परमप्रभुको शोकले मनको स्वेच्छाचारी परिवर्तनलाई जनाउँदैन, यद्यपि मानिसलाई त्यस्तै देखिन्छ। बरु, यसले मानिसको व्यवहारमा भएको केही परिवर्तनको प्रतिक्रियामा परमेश्वरको पक्षबाट फरक मनोवृत्तिलाई जनाउँछ। उहाँ पवित्र हुनुहुन्छ भएकाले, उहाँले पापको विरुद्धमा प्रतिक्रिया दिनु नै पर्छ।६:८-२२ नूहले परमप्रभुको दृष्टिमा अनुग्रह पाए र एउटा जहाज बनाउन अगावै चेतावनी दिइयो। नापहरू हातले दिइएका छन् (१ हात = १८ इन्च)। यसरी जहाज ४५० फिट लामो, ७५ फिट चौडा र ४५ फिट अग्लो थियो। यसमा तीनवटा तला थिए। पद १६ मा भएको झ्याल शाब्दिक रूपमा "उज्यालोको ठाउँ" थियो, सम्भवतः प्रकाश र हावाको लागि एउटा प्वाल जुन जहाजको पूरै लम्बाइभरि फैलिएको थियो।नूह अनुग्रहद्वारा बचाइए, जुन ईश्वरीय सार्वभौमिकताको एउटा कार्य थियो। उनको प्रतिक्रिया थियो परमेश्वरले आज्ञा गर्नुभएका सबै कुरा गर्ने (पद २२), जुन मानवीय जिम्मेवारीको कार्य थियो। नूहले आफ्नो परिवारलाई बचाउनको लागि जहाज बनाए, तर ढोका बन्द गरी सिल गर्ने त परमेश्वर नै हुनुहुन्थ्यो। ईश्वरीय सार्वभौमिकता र मानवीय जिम्मेवारी एकअर्कालाई बहिष्कार गर्ने होइनन्, बरु परस्पर पूरक छन्।नूह (पद ९) र हनोक (उत्पत्ति ५:२२) धर्मशास्त्रमा भएका एकमात्र मानिसहरू हुन् जसको बारेमा भनिएको छ कि तिनीहरूले परमेश्वरसँग हिँडे। यदि हनोक स्वर्गमा उठाइएको मण्डलीको प्रतीक हो भने, नूहले क्लेशकालभरि सुरक्षित राखिएर सहस्राब्दी पृथ्वीमा बाँच्ने विश्वासयोग्य यहूदी शेषको प्रतीक बनाउँछन्।पद १८ मा बाइबलमा करारको पहिलो उल्लेख पाइन्छ। स्कोफिल्डले आठवटा करारहरूको सूची दिन्छन्: एदेनको करार (उत्पत्ति २:१६); आदमको करार (उत्पत्ति ३:१५); नूहको करार (उत्पत्ति ९:१६); अब्राहामको करार (उत्पत्ति १२:२); मोशाको करार (प्रस्थान १९:५); प्यालेस्टिनी करार (व्यवस्था ३०:३); दाऊदको करार (२ शमूएल ७:१६); र नयाँ करार (हिब्रू ८:८)। यी आठवटा, साथै सोलोमनको करार, निम्न निबन्धमा समेटिएका छन्। भन्नु नै पर्दैन, करारहरू जत्तिकै जटिल विषयलाई विभिन्न धर्मशास्त्रीय विद्यालयहरूले फरक फरक तरिकाले व्याख्या गरेका छन्। यहाँ प्रस्तुत गरिएको उपचार सहस्राब्दीपूर्व र विधिवादी परम्परामा छ।धर्मशास्त्रका प्रमुख करारहरूएदेनको करार (उत्पत्ति १:२८-३०; २:१६, १७)एदेनको करारले मानिसलाई, उसको निर्दोषतामा, वृद्धि गर्न, पृथ्वीलाई बसोबास गराउन र यसलाई वशमा राख्न जिम्मेवार बनायो। उसलाई सबै पशु जीवनमाथि अधिकार दिइयो। उसले बगैंचा खेती गर्नु र असल र खराबको ज्ञानको रुखको फल बाहेक यसको सबै उत्पादन खानु पर्थ्यो। यस पछिल्लो आज्ञाको अवज्ञाले मृत्यु ल्याउने थियो।आदमको करार (उत्पत्ति ३:१४-१९)मानिसको पतनपछि, परमेश्वरले सर्पलाई सराप दिनुभयो र सर्प र स्त्रीबीच, र शैतान र ख्रीष्टबीच शत्रुताको भविष्यवाणी गर्नुभयो। शैतानले ख्रीष्टलाई चोट पुर्‍याउनेछ, तर ख्रीष्टले शैतानलाई नष्ट गर्नुहुनेछ। स्त्रीले सन्तान जन्माउँदा पीडा भोग्नेछे र आफ्नो पतिको अधिकारमुनि हुनेछे। जमिन सरापिएको थियो। मानिसले यसलाई खेती गर्दा काँडा र सिउंडीसँग सङ्घर्ष गर्नुपर्ने थियो। उसको काममा पसिना र थकान समावेश हुनेछ, र अन्ततः ऊ धूलोमा फर्किनेछ, जहाँबाट ऊ आएको थियो।नूहको करार (उत्पत्ति ८:२०–९:२७)परमेश्वरले नूहलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले फेरि जमिनलाई सराप दिनुहुनेछैन वा जलप्रलयद्वारा सम्पूर्ण पृथ्वीलाई नष्ट गर्नुहुनेछैन। उहाँले यसको प्रतिज्ञाको रूपमा इन्द्रेणी दिनुभयो। तर करारमा दण्डको अधिकारसहितको मानव सरकारको स्थापना पनि समावेश छ। परमेश्वरले समय अवधि र ऋतुहरूको नियमितताको ग्यारेन्टी दिनुभयो, मानिसलाई पृथ्वीलाई पुनः बसोबास गराउन निर्देशन दिनुभयो, र तल्ला प्राणीहरूमाथिको उसको प्रभुत्व पुनः पुष्टि गर्नुभयो। मानिसले अब आफ्नो पहिलेको शाकाहारी आहारमा मासु थप्न सक्थ्यो। नूहका सन्ततिहरूको बारेमा, परमेश्वरले हामको छोरो कनानलाई शेम र येपेतको सेवक हुने सराप दिनुभयो। उहाँले शेमलाई कृपाको स्थान दिनुभयो, जसमा मसीहको वंशमा हुनु समावेश छ भनी हामीलाई थाहा छ। येपेतले ठूलो विस्तार भोग्नेछ, र शेमका पालहरूमा बस्नेछ।अब्राहामको करार (उत्पत्ति १२:१-३; उत्पत्ति १३:१४-१७; उत्पत्ति १५:१-८; उत्पत्ति १७:१-८)अब्राहामको करार बिना सर्तको छ। परमेश्वर मात्र, "धुँवाउँदो चुल्हो र बलिरहेको राँको" को रूपमा आफूलाई प्रकट गर्दै, उत्पत्ति १५:१२-२१ मा बलिदान गरिएको पशुका दुई टुक्राबीच हुँदै जानुभयो। यो एकदमै महत्त्वपूर्ण छ। जब दुई व्यक्तिहरूले करार बनाउँथे (हिब्रूमा, "काट्थे"), करारका सर्तहरू पालना गर्नेछन् भनी देखाउन दुवैले टुक्राहरूबीच सँगै हिँड्थे। परमेश्वरले अब्राहाममाथि कुनै सर्त राख्नुभएन; त्यसैले तल सूचीबद्ध व्यवस्थाहरू अब्राहामका सन्ततिहरू जति नै विश्वासयोग्य साबित होऊन्, पूरा हुनेछन् (र भइसकेका छन्)।परमेश्वरका पुराना मानिसहरूको लागि कुनै भविष्य नदेख्नेहरूले प्रायः यो करारलाई, कम्तीमा जमिनको सम्बन्धमा, सर्तीय देखाउने प्रयास गर्छन्। त्यसपछि तिनीहरूले सबै आशिष्हरूलाई मण्डलीको लागि दाबी गर्छन्, इस्राएलको लागि थोरै वा केही पनि नछोडी।करारमा अब्राहाम र उनका सन्ततिहरूको लागि निम्न प्रतिज्ञाहरू समावेश छन्: एउटा महान् जाति (इस्राएल); अब्राहामलाई व्यक्तिगत आशिष्हरू; ख्यातिको नाम; अरूहरूको लागि आशिष्को स्रोत हुनु (उत्पत्ति १२:२); उनका मित्रहरूलाई ईश्वरीय कृपा र उनका शत्रुहरूमाथि सराप; सबै जातिहरूलाई आशिष्—ख्रीष्टद्वारा पूरा भएको—(उत्पत्ति १२:३); कनान र पछि इस्राएल र प्यालेस्टिनको रूपमा चिनिने जमिनको अनन्त स्वामित्व (उत्पत्ति १३:१४-१५, उत्पत्ति १३:१७); धेरै सन्ततिहरू, प्राकृतिक र आध्यात्मिक दुवै (उत्पत्ति १३:१६; उत्पत्ति १५:५); धेरै जातिहरू र राजाहरूको पितृत्व—इश्माएल र इसहाकद्वारा—(उत्पत्ति १७:४, उत्पत्ति १७:६); परमेश्वरसँगको विशेष सम्बन्ध (उत्पत्ति १७:७ ख)।मोशाको करार (प्रस्थान १९:५; २०:१–३१:१८)यसको व्यापक अर्थमा, मोशाको करारमा दस आज्ञाहरू समावेश छन्, जसले परमेश्वर र आफ्नो छिमेकीप्रतिको कर्तव्यहरू वर्णन गर्छ (प्रस्थान २०:१-२६); इस्राएलको सामाजिक जीवनसम्बन्धी धेरै नियमहरू (प्रस्थान २१:१–२४:११); र धार्मिक जीवनसँग सम्बन्धित विस्तृत विधानहरू (प्रस्थान २४:१२–३१:१८)। यो इस्राएल जातिलाई दिइएको थियो, गैरयहूदीहरूलाई होइन। यो सर्तीय करार थियो, मानिसको आज्ञापालन आवश्यक पर्ने, र त्यसैले यो "शरीरको कारण कमजोर" थियो (रोमी ८:३ क)। दस आज्ञाहरू कहिल्यै मुक्ति प्रदान गर्ने उद्देश्यले दिइएका थिएनन्, बरु पाप र असफलताको दोषभावना उत्पन्न गर्नको लागि दिइएका थिए। दस आज्ञामध्ये नौवटा नयाँ नियममा दोहोरिएका छन् (सबाथ बाहेक), दण्डसहितको व्यवस्थाको रूपमा होइन, तर अनुग्रहद्वारा बचाइएकाहरूको लागि उपयुक्त व्यवहारको रूपमा। ख्रीष्टियन व्यवस्थामुनि होइन, अनुग्रहमुनि छ, तर ऊ प्रेमद्वारा, एउटा उच्च प्रेरणाद्वारा, ख्रीष्टसँग बाँधिएको छ।प्यालेस्टिनी करार (व्यवस्था ३०:१-९)यो करार परमेश्वरले अब्राहामलाई "मिश्रको नदीदेखि [अर्थात्, मिश्रको खोला, नील नदी होइन] ठूलो नदी, यूफ्रेटिस नदीसम्म" (उत्पत्ति १५:१८) प्रतिज्ञा गर्नुभएको जमिनको अझै-भविष्यको अधिकारसँग सम्बन्धित छ। इस्राएलले कहिल्यै जमिनलाई पूर्ण रूपमा अधिकार गरेको छैन। सोलोमनको शासनकालमा, पूर्वी भागका देशहरूले कर तिरे (१ राजा ४:२१, १ राजा ४:२४), तर यसलाई अधिकार वा दखलको रूपमा गणना गर्न सकिँदैन।प्यालेस्टिनी करारले अवज्ञाको कारण जातिहरूमाझ इस्राएलको छरपष्ट हुनु, परमप्रभुतर्फ तिनीहरूको फर्कना, परमप्रभुको दोस्रो आगमन, जमिनमा तिनीहरूको पुनःसंग्रह, जमिनमा तिनीहरूको समृद्धि, तिनीहरूको हृदय परिवर्तन (परमप्रभुलाई प्रेम गर्न र आज्ञापालन गर्न), र तिनीहरूका शत्रुहरूको दण्डको पूर्वदृष्टि गर्छ।दाऊदको करार (२ शमूएल ७:५-१९)परमेश्वरले दाऊदलाई प्रतिज्ञा गर्नुभयो कि उनको राज्य सदाको लागि रहनेछ मात्र होइन, तर उनका सिंहासनमा बस्ने वंशीय सन्तान सधैं हुनेछ। यो बिना सर्तको करार थियो, दाऊदको आज्ञापालन वा धार्मिकतामाथि कुनै हिसाबले निर्भर नरहेको। ख्रीष्ट सोलोमनमार्फत दाऊदको सिंहासनको कानुनी हकदार हुनुहुन्छ, जुन योसेफको वंशावलीमा देखिन्छ (मत्ती १)।उहाँ नातनमार्फत दाऊदको वंशीय सन्तान हुनुहुन्छ, जुन मरियमको वंशावलीमा देखिन्छ (लूका ३)। उहाँ सदासर्वदा बाँच्नुहुने भएकाले, उहाँको राज्य अनन्त छ। पृथ्वीमा उहाँको एक हजार वर्षको शासनले अनन्त राज्यमा विलय हुनेछ।सोलोमनको करार (२ शमूएल ७:१२-१५; १ राजा ८:४-५; २ इतिहास ७:११-२२)सोलोमनसँगको करार अनन्त राज्यको सम्बन्धमा बिना सर्तको थियो, तर सोलोमनका सन्ततिहरू सिंहासनमा बस्ने सम्बन्धमा सर्तीय थियो (१ राजा ८:४-५; २ इतिहास ७:१७-१८)। सोलोमनका एक सन्तान, कोन्याह (यकोन्याह पनि भनिने), लाई दाऊदको सिंहासनमा कुनै शारीरिक सन्तान बस्नबाट रोकिएको थियो (यर्मिया २२:३०)। माथि औंल्याइएझैं, येशू सोलोमनका सन्तान होइनन्। नत्र भने उहाँ कोन्याहको सरापमुनि पर्नुहुन्थ्यो।नयाँ करार (यर्मिया ३१:३१-३४; हिब्रू ८:७-१२; लूका २२:२०)नयाँ करार स्पष्ट रूपमा इस्राएल घराना र यहूदा घरानासँग बनाइएको छ (यर्मिया ३१:३१)। यर्मियाले लेख्दा यो भविष्यको कुरा थियो (यर्मिया ३१:३१ क)। यो मोशाको करारजस्तै सर्तीय करार होइन, जुन इस्राएलले तोड्यो (यर्मिया ३१:३२)। यसमा परमेश्वरले बिना सर्त प्रतिज्ञा गर्नुहुन्छ ("म गर्नेछु" को दोहोरिनुलाई ध्यान दिनुहोस्): इस्राएलको पुनर्जन्म (इजकिएल ३५:२५); पवित्र आत्माको वासस्थान (इजकिएल ३६:२७); परमेश्वरको इच्छा पूरा गर्न अनुकूल हृदय (यर्मिया ३१:३३ क); परमेश्वर र उहाँका मानिसहरूबीचको अनौठो सम्बन्ध (यर्मिया ३१:३३ ख); इस्राएलमा परमप्रभुको विश्वव्यापी ज्ञान (यर्मिया ३१:३४ क); क्षमा गरिएका र बिर्सिएका दुवै पापहरू (यर्मिया ३१:३४ ख); र जातिको सदाको लागि निरन्तरता (यर्मिया ३१:३५-३७)।इस्राएलले जातिको रूपमा अझै नयाँ करारका लाभहरू प्राप्त गरेको छैन, तर परमप्रभुको दोस्रो आगमनमा प्राप्त गर्नेछ। यसैबीच, साँचा विश्वासीहरूले करारका केही आशिष्हरू साझा गर्छन्। मण्डली नयाँ करारसँग सम्बन्धित छ भन्ने तथ्य प्रभुभोजमा देखिन्छ, जहाँ कचौराले करार र यसलाई पुष्टि गरिएको रगतलाई प्रतिनिधित्व गर्छ (लूका २२:२०; १ कोरिन्थी ११:२५)। साथै पावलले आफूलाई र अन्य प्रेरितहरूलाई नयाँ करारका सेवकहरूको रूपमा बताए (२ कोरिन्थी ३:६)।हरेक जीवित प्राणीको एक जोडी, साथै खाना, जहाजमा ल्याइनु पर्ने थियो। आलोचकहरू दाबी गर्छन् कि जहाज सबै प्रजातिका पशुहरू र एक वर्ष र सत्र दिनको लागि पर्याप्त खाना राख्नको लागि पर्याप्त ठूलो थिएन। तर सम्भवतः जहाजमा पशु र चराका आधारभूत प्रकारहरू मात्र थिए, र त्यसपछि धेरै भिन्नताहरू उत्पन्न भएका छन्। जहाज यसको लागि पर्याप्त भन्दा बढी ठूलो थियो।

………

Want your public figure to be the top-listed Public Figure in Atlanta?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Atlanta, GA

Alerts

Be the first to know and let us send you an email when Alpha & Omega - Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Atlanta.