INFO TV MEDIA
We will prepare the news by covering the various activities of the Nepalese communities in exile
हार्दिक निमन्त्रण
हिमाली बौद्ध धर्मावलम्वीहरुको राष्ट्रिय महान चाड नयाँ वर्ष २१५३ औँ” “ता लो ग्याल्पो लोसार को पवन अवसरमा शेर्पा सङ्घ किताकान्तो जापान द्वारा आयोजित लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा बेल्जियम बाट आमन्त्रित चर्चित राष्ट्रिय गायक सोनाम शेर्पा लामा (कोसिस) गायक सोनाम कहानी शेर्पा गायक दावा के शेर्पा गायक कर्म दोङ तामाङ लगायत साथमा स्थानिय कलाकारहरुको बिजोड प्रस्तुतिको साथमा चर्चित DJ: छेवाङ शेर्पाको Dj सेसान रहेको हुँदा जापान भरि छरिएर बस्नु भएका सम्पूर्ण नेपालि दाजुभाई तथा दिदि बहिनि हरुमा कार्यक्रममा गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
📅 मिति: March 8 Sunday
⏰ समय:11:00AM to 10:00PM
📍 स्थान: सासा छे & सेन्ट्रल बार , ओरा गुन ओरा माची शिनोजुका गुन्माकेन जापन
आयोजक
शेर्पा सङ्घ किताकान्तो जापान
शेर्पा संघ जापान
शेर्पा संघ किताकान्तो जापान शेर्पा संघ कान्साई जापान
यहि आउदो मंसिर 6 गते शनिबारको दिन सोलुखुम्बू 5 सल्लेरी ”जिमी राई हल” मा जिल्ला गठनको लागी भेला हुन सम्पूर्ण सोलुबासीलाई आब्हान गरिन्छ ।
10/10/2025
बिश्व शेर्पा दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बिश्व शेर्पा दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दावा जाङ्बु शेर्पा,काठमाडौं,२४ असोज। शेर्पा दिवसका अवसरमा विश्व शेर्पा संघको आयोजनामा शुभकामना आदानप्रदान कार्...
01/10/2025
विश्व शेर्पा संघले अक्टोबर ८ मा विश्व शेर्पा दिवस मनाउँने
विश्व शेर्पा संघले अक्टोबर ८ मा विश्व शेर्पा दिवस मनाउँने दावा जाङ्बु शेर्पा, काठमाडौं,१५ असोज । विश्वभर छरिएर रहेका शेर्पाहरुको भाषा धर्म र सस्कृतिको एक रुपता र विश्वभर छ....
🌺 हरितालिका तिज २०८२ को हार्दिक शुभकामना! 🌺
सम्पूर्ण रोमानिया निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा!
आउनुहोस्, तिजको रौनकलाई हामी सबै मिलेर रमाइलोसँग मनाऔं! 💃🎉
मिति: १७ अगस्ट २०२५
स्थान: Restaurant EST, Șos. Morarilor nr.1, București, Romania
⏰ समय: बिहान ११:०० देखि बेलुकी ९:०० सम्म
✨ कार्यक्रमका आकर्षणहरू:
🎶 चर्चित तिज गीतमा सामुदायिक नाचगान
🎧 धमाकेदार डिजे प्रस्तुति
🍛 दरका साथमा स्वादिष्ट नेपाली खाना
👭 रमाइलो भेटघाट र साथीभाइसँग गफगाफ
🎁 महिला दिदीबहिनीहरूका लागि विशेष भाग्यशाली उपहार! 🤗
🙏 यो तिज विशेष कार्यक्रममा तपाईंहरूको उपस्थितिले कार्यक्रम अझै रंगीन र स्मरणीय बन्नेछ। परिवारसहित उपस्थित भइदिनुहोला!
– आयोजक: Nepali Individual Programme Organiser, Romania 🇳🇵🇷🇴
सम्पूर्णलाई सुनौलो अवसर ।
तपाईं कुनै पनि सभा, सेमिनर अथवा कार्यक्रममा भाषण गर्न, मन्तब्य राख्न, अथवा बोल्न हिचकिचाउने डर लाग्ने अफ्ट्यारो महसुस गर्नुहुन्छ ? यदी त्यसो हो भने आउनुहोस यसको समाधान शेर्पा संचार समुह नेपालले गर्दैछ ।
तपाईं कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु निर्धक्कसँग सन्चालन गरेर स्रोता, दर्शकको मन जित्न चाहनुहुन्छ भने आउनुहोस तपाईंलाई हामी सिकाउछौ ।
शेर्पा संचार समूह नेपालले यहि मिति २०८२ साउन १८ गतेदेखि २६ गतेसम्म उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्न लागिरहेको हुँदा सम्पुर्णमा मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ ।
तालिममा सहभागी हुन तपशिल बमोजिमका कागजपत्रहरु सहित आफ्नो स्थान सुरक्षित गर्नुहोला ।
१. नागरिकता वा परिचय खुल्ने परिचयपत्र
२. अटो साइजको फोटो
३. फारम भर्ने अन्तीम मिति २०८२ साउन १७ गतेसम्म
४. फारम शुल्क रू १,०००/- मात्र ।
फारम भर्न तथा कार्यक्रममा बारेमा थप जानकारीका लागि
कार्यक्रम संयोजक दावा जाङ्बु शेर्पा
974-6997687
सह-संयाेजक: नम्डु शेर्पा 9746348347
स्थानः शेर्पा संचार समुह नेपालको केन्द्रीय कार्यलय, नारायणटार शेर्पा संघको भवन
23/07/2025
गुन्मा केनका सक्रिय संघ सस्थाहरूको संयुत्त आयोजनामा ।
#प्रथम_नेपाल_फेस्टिवल_गुन्मा_२०२५
जापानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी एकता, समर्पण र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले पहिलो नेपाल फेस्टिवल गुन्मा २०२५ संयुक्त रूपमा आयोजना गरिने भएको छ। नेपाल र नेपालीको समृद्ध भाषा, परम्परा, पहिरन, कला र लोकसंस्कृतिलाई जापानी भूमिमा उजागर गर्ने यो कार्यक्रम दुई दिनसम्म विविध गतिविधिसहित भव्य रूपमा सम्पन्न गरिनेछ।
जापानभरि रहेका नेपाली कलाकारहरूद्वारा सांस्कृतिक नाचगान, जातीय झाँकी, साकेला,परम्परागत पोशाक प्रदर्शन, नेपाली परिकारहरू, हस्तकला प्रदर्शनी तथा नेपालको पर्यटन प्रवर्द्धनका सामग्रीहरू प्रस्तुत गरिनेछन्।
यो फेस्टिवल केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालीको आत्मगौरव, राष्ट्रिय पहिचान र सहकार्यको प्रतीक बन्ने विश्वास गरिएको छ। विशेषगरी यो कार्यक्रम गुन्मा क्षेत्रका १० वटा सक्रिय नेपाली संघ–संस्थाहरूको ऐक्यबद्धता, पारदर्शिता, र समर्पणमा आधारित छ, जसले आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाउने अठोट गरेका छन्।
मुख्य आयोजक संस्थाहरू
-गैर आवासीय नेपाली संघ (NRNA) जापान गुन्मा
-तमूधी किता कान्तो
-नेपाल मगर संघ जापान क्षेत्रीय समिति गुन्मा
-स्याङ्जा समाज किताकान्तो
-तामाङ समाज किता कान्तो
-किरात राई यायोक्खा कान्तो
-सिन्धुली समाज जापान
- शेर्पा संघ किता कान्तो
-रामेछाप समाज किता कान्तो जापान
- शेर्पा संघ जापान
यी सबै संघ–संस्थाहरूले आ-आफ्नो क्षेत्र भाषा, संस्कृति र समुदायलाई प्रतिनिधित्व गर्दै आपसी समन्वय, समझदारी र साझा स्वामित्वको भावना प्रदर्शन गरेका छन्।
कार्यक्रममार्फत नेपालप्रति माया, सम्मान र गौरव प्रकट गर्नुका साथै जापानमा बसोबास गर्ने नेपाली समुदायबीचको आत्मीयता, सहकार्य र पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
आयोजक संघ–संस्थाहरूको तर्फबाट सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक र गौरवशाली “प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५” मा आत्मीय उपस्थितिका साथ सहभागी भई नेपाली कला, संस्कृति, पहिचान र सहकार्यको उत्सवलाई थप सशक्त र सफल बनाउन हार्दिक आमन्त्रण गर्दछौ ।
आउनुहोस्, नेपालप्रतिको माया, साझा पहिचान र सहकार्यको भावना बोकेर, फेस्टिवललाई हामी सबै मिलेर ऐतिहासिक बनाऔं।
राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेनको यो सम्बोधन
बौद्ध तीर्थस्थल तिलौराकोट विश्व सम्पदामा पर्ने करिब करिब निश्चित
प्रधानमन्त्रीलाई शोविता गौतमको आरोप, तुरुन्तै महेश बर्तालाको प्रतिवाद
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Strada Balta Albina Nr. 7
Bucharest
032622