Shreenagar FM
The one and only OFFICIAL PAGE of Shreenagar FM 93.2 MhZ, Top Commercial Radio Station of Western Nepal
मडिराम अधिकारी
स्वस्थ साखा प्रमुख, बगनास काली गाउँ पालिका पाल्पा
हरी पाठक
उपप्रमुख: बगनासकाली गाउपालिका पाल्पा
तानसेन खानेपानी उपभोक्ता समिति द्वारा अायाेजित पत्रकार सम््मेलन
पत्रकार महासंघ पाल्पाको कार्यक्रममा तानसेन नगरपालिका पाल्पाका प्रमुख प्रसासकिय अधिकृत चेत नाथ गिरि
पत्रकार महासंघ पाल्पाको कार्यक्रममा जिसस पाल्पाका प्रमुख टंक खनाल
श्रीनगर हाईलाईट्स
श्रीनगर एफ,एम ९३.२ मेगाहर्ज तानसेन पाल्पा बाट मिति २०८३ जेठ २० गते विहान ९ ः३० बजे प्रशारित समाचार मुलक प्रस्तुती श्रीनगर हाइलाईट्स ।
श्रीनगर हाईलाईट्स
श्रीनगर एफ,एम ९३.२ मेगाहर्ज तानसेन पाल्पा बाट मिति २०८३ जेठ २० गते विहान ७ ः३० बजे प्रशारित समाचार मुलक प्रस्तुती श्रीनगर हाइलाईट्स ।
01/06/2026
बढ्ने भयो बिजुली गाडीको मूल्य , अन्य कर बाहेक १३० प्रतिशत सम्म स्वच्छ पूर्वाधार शुल्क
फ्ल्यास नेपाल, काठमाण्डौं, जेठ १६
विद्युतीय सवारी साधनको भाउ बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर बढाएपछि भाउ बढ्ने भएको हो । यस अघि किलोवाट क्षमताका आधारमा शुल्क लगाउने पुरानो व्यवस्था संशोधन गर्दै बजेटमा आयात मूल्यलाई आधार बनाएको छ । साबिकमा सबभन्दा कम किलोवाट क्षमताका बिजुली गाडीलाई न्यूनतम १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक दस्तुर लाग्दै आएको थियो ।
अहिलेको बजेटपछि सबभन्दा कम २० लाख रूपैयाँभन्दा तलका गाडीलाई २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र १३ प्रतिशत भ्याट लगाउने गरी शुल्क अद्यावधिक भएको छ । त्यस्तै, यसअघि अत्यधिक महँगो शुल्क लिइने ३०० किलोवाटभन्दा माथिका गाडीमा ८० प्रतिशत भन्सार, ५० प्रतिशत अन्तःशुल्क , १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क लाग्ने गरेको थियो । नयाँ व्यवस्था अनुसार ५० लाख रूपैयाँभन्दा माथिका बिजुली गाडीमा २० प्रतिशत भन्सार, १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक दस्तुर लगाइएको छ । गएको बिहीबार राति १२ बजे सम्म आयात भएका बिजुली गाडीमा किलोवाटका आधारमा ५० देखि ३०० किलोवाट माथिसम्म गरेर ६ वटा वर्ग कायम गरिएको थियो । नयाँ बजेटले आयात मूल्यका आधारमा २० लाखदेखि ५० लाख माथिसम्म गरी ६ वटै वर्ग कायम राखेको छ । सरकारले विगतमा ५० किलोवाट माथिका सबै गाडीमा १५ देखि ५० प्रतिशतसम्म अन्तःशुल्क १० देखि ८० प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । नयाँ नियम अनुसार सबै विद्युतीय चारपाङ्ग्रे गाडीमा २० प्रतिशत मात्र भन्सार लगाइएको छ । सडक दस्तुर ५ प्रतिशत र भ्याट १३ प्रतिशत पनि कायम छ । तर अन्तशुल्क पूरै खारेज गरिएको छ ।
अन्त शुल्कको सट्टा नयाँ बजेटले स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेको छ । जसको दर साबिकको अन्तशुल्क भन्दा बढी छ ।
यसरी हेर्दा २० लाखभन्दा कम मुल्यका गाडीमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लिने व्यवस्था गरिएको छ भने २० लाख रूपैयाँभन्दा महँगा गाडीमा यस्तो शुल्क २० देखि १३० प्रतिशतसम्म छ । यी सबै शुल्क जोड्दा साबिकको तुलनामा बिजुली गाडीहरू अत्यधिक महँगा हुनेछन् । हिजोसम्म भन्सार र अन्तःशुल्क गरी अधिकतम १३० प्रतिशतसम्म कर लाग्ने गरेको थियो । तर नयाँ बजेटले अन्तःशुल्कको सट्टा लागू गरेको स्वच्छ पूर्वाधार लगानी शुल्क जोड्दा यो १५० प्रतिशतसम्म पुगेको छ ।
यस आधारमा कति मूल्य पर्ने गाडीलाई कति कर लाग्छ त ?
हामीले २० लाख रूपैयाँ पर्ने बिजुली गाडी किन्दै छौ भने त्यसमा २० प्रतिशत भन्सार तिर्नुपर्छ । त्यस्तै, आयात मूल्यको २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क तिर्नुपर्नेछ ।
२० देखि ३० लाखका गाडीमा २० प्रतिशत भन्सार, २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शूल्क , १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शूल्क तिर्नुपर्नेछ ।
३० देखि ४० लाख मूल्य पर्ने गाडीलाई २० प्रतिशत भन्सार , ३५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शूल्क , १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क तिर्नुपर्नेछ ।
४० देखि ५० लाख मूल्यका गाडीलाई २० प्रतिशत भन्सार, ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क , १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, ५० लाखभन्दा माथिका गाडीलाई २० प्रतिशत भन्सार, १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क , १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क तिर्नुपर्नेछ । भन्सार विभागका अधिकारीहरूका अनुसार अहिलेकै शैलीमा बिजुली गाडी बिक्री हुन हो भने विगतमा पेट्रोलियम गाडीमा जस्तै गरी कर बढ्न सक्नेछ । विद्युतीय गाडीलाई ठूलो छुट दिएपछि धेरै कर गुमेको र अहिले अर्थमन्त्रीले गुमेको कर फिर्ता गर्ने गरी नयाँ नीति ल्याएको दावी गरिएको छ । अहिलेलाई कर बढाइएको देखिए पनि विद्युत्तीय गाडीमा …प्रोग्रेसिभ… कर लगाइएको एक अधिकारीले जनाएका छन् । …कम मूल्य पर्ने गाडीलाई २२.५ देखि ४० प्रतिशतसम्म करको भार धेरै होइन, सबभन्दा महँगो मूल्यको गाडीलाई त्यही शीर्षकमा १५० प्रतिशतसम्म कर लाग्नेछ । यसले यो कर प्रोग्रेसिभ छ,… उनको भनाई छ ।
नेपाल सरकारले विगत पाँच आर्थिक वर्षदेखि विद्युत्तीय गाडीलाई प्रोत्साहन गर्दै आएको थियो । अहिले पनि पेट्रोलियम गाडीको तुलनामा विद्युत्तीय गाडीमा करको दर केही कम छ । तर एकै पटक ठूलो मात्रामा कर बढाइएकाले माग घट्ने बिक्रेताहरूको चिन्ता बढेको छ ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kailashnagar 5
Tansen
POSTBOXNO.18