Creative disable self-help centre
welcome to our official page! We are spacially working for person with disability (PWD)! kindly request you to,
like us & keep updated with us!!!
22/02/2026
आज मिति २०८२–११–१० गतेका दिन स्थायी ठेगाना सन्धिखर्क–५, अर्घाखाँची तथा हाल बसोबास बुटवल उपमहानगरपालिका–१२, रुपन्देही निवासी डा. शारदा खनाल ज्युले आफ्नी फुपु दिदीको षष्ठी तिथिको पुण्य अवसरमा हाम्रो संस्थालाई एक छाक भोजनका लागि रु ६,०००/- (अक्षरूपी रु छ हजार ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी सम्पूर्ण संस्थाको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ।
हामी उहाँप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँ तथा उहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ। आगामी दिनहरूमा पनि यस्तै सहयोग, सद्भाव र साथ प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ।
तानसेन नगरपालिका सितलपाती अवस्थित अनिस टेलर्सका प्रोप्राइटर ज्यू को परिवार लाई पु्त्र प्राप्ति भएकोमा हार्दिक बधाई,
पुत्र रुमन र आमाको सु-स्वास्थ एवम् दिधार्युको कामना गर्दछौ। बाबुको नामाकरणको अवसरमा सिर्जनशिल परिवार लाई एक छाक खानाका लागि रु८०००/- ( अक्षेरुपि आठ हजार ) सहयोग गर्नु भएकोमा प्रोप्राइटर ज्युको परिवारको उत्तरोत्तर
उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
15/02/2026
शिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र को तर्फबाट गल्याङ, स्याङ्जा निवासी तथा करुणा मिडियाका प्रबन्धक श्री गोपाल अधिकारी ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
जन्मदिनको शुभ अवसरमा हाम्रो संस्थालाई एक छाक खानाको लागि रु६,००० ( अक्षरूपी छ हजार मात्र)
सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट व्यक्त गर्दछौं।
उहाँको जीवन सुख, शान्ति, सुस्वास्थ्य कामना गर्दछौं।
09/02/2026
कर्मचारी आवश्यकता
सूचना प्रकाशित मिति : २०८२-१०-२५
03/02/2026
जन्मदिनको शुभअवसरमा हाम्रो संस्थालाई एक छाक खानाको लागि रु १०,०००/- (अक्षरूपी रुपैयाँ दश हजार मात्र) सहयोग प्रदान गर्नु भएकोमा श्री नरेश कुँवर ज्यू प्रति हाम्रो संस्था हार्दिक आभार व्यक्त गर्दछौ।
उहाँको स्वास्थ्य सधैँ सुदृढ रहोस्, दीर्घायु, सुखी तथा शान्त जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
साथै नरेश कुँवरज्यूका भाइ कैलाश कार्की प्रति पनि यस मानवीय कार्यमा सहयोग र सद्भावका लागि हाम्रो संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
02/02/2026
शिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको तर्फबाट
स्थायी ठेगाना तानसेन, पाल्पा निवासी बुवा भूपराज खनाल र आमा लक्ष्मी खनालकी छोरी कविता खनाल ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं कविता खनाल ज्यूको जीवनमा सुस्वास्थ्य, दीर्घायु, सुख समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दछौं ✨
धन्यवाद
– शिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र
Bhuparaj Khanal
30/01/2026
मिति २०८२-१०-१६ गते शुक्रबारका दिन हाम्रो संस्था सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको तेह्रौं साधारण सभा सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा अमूल्य समय, सुझाव, सहकार्य तथा सहयोग प्रदान गर्नु हुने सम्पूर्ण सदस्यज्यूहरू अतिथिज्यूहरू सहयोगी संस्थाहरू स्वयंसेवकहरू तथा शुभेच्छुक महानुभावहरू प्रति हाम्रो संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
29/01/2026
On the occasion of his birthday, we sincerely thank you Mr. Nirdosh Devkota a staff member of our organization for providing snacks to everyone .
We wish you good health, happiness, & continued success in your career. May your kindness and commitment continue to inspire and bring you great achievements! 🎂✨
27/01/2026
भावपूर्ण श्रद्धाञ्जली
"आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो ।"
नेपाली अपाङ्गता आन्दोलनकी एक नक्षत्र, साहस र संघर्षकी प्रतिमूर्ति, अपाङ्गता भएका महिलाहरूको हक-अधिकारका लागि जीवन पर्यन्त लड्नुहुने एक सशक्त अभिभावक गुमाउनु पर्दा आज सिङ्गो अपाङ्गता क्षेत्र स्तब्ध र मर्माहत भएको छ।
आदरणीय सीता सुवेदीज्यू
(अपाङ्गता अधिकारकर्मी एवं सामाजिक अभियन्ता)
उहाँले सम्हाल्नुभएका गरिमामय जिम्मेवारीहरू:
* संस्थापक केन्द्रीय महासचिव एवम् वर्तमान केन्द्रीय अध्यक्ष – नेत्रहीन महिला संघ नेपाल
* पूर्व केन्द्रीय उपाध्यक्ष – नेपाल नेत्रहीन संघ
* पूर्व केन्द्रीय सदस्य – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
* निवर्तमान क्षात्रावाश प्रमुख – नेत्रहीन संघ महिला छात्रावास
करिब साढे दुई दशकभन्दा लामो समयदेखि अपाङ्गता भएका महिलाहरूको सशक्तिकरणमा "अभिभावक, प्रेरणा र साहसको प्रतीक" का रूपमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान इतिहासमा सधैं स्वर्ण अक्षरले लेखिनेछ। उहाँको नेतृत्वदायी भूमिका र मार्गनिर्देशन हामी सबैका लागि सधैं प्रेरणाको स्रोत बनिरहनेछ।
मिति २०८२/१०/१२ गते राति भएको उहाँको असामयिक निधनले हामीले एक असल मार्गदर्शक गुमाएका छौँ। यो अपूरणीय क्षतिको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछौँ।
हार्दिक श्रद्धाञ्जली !
सन्दिप भट्टराई (अध्यक्ष)
सम्राट केसी (सचिव)
तथा
सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र परिवार
सृजनशिल अपाङ्ग स्वाबलम्बन केन्द्र
तानसेन-७. काजिपौवा पाल्पा,लुम्बिनी प्रदेश
स्थापनाः वि.स २०६९
मितिः २०८२-१०-१२
विषय- निमन्त्रणा सम्वन्धमा
प्रस्तुत विषयमा हाम्रो यस सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको मिती २०८२- ०९-२४ गते बसेको २८ औं बैठक वमोजिन निम्न मिती समय र स्थानमा सिर्जनशील अपाङ्ग स्वाबलम्बन सस्थांको १३औ साधारण सभा हुने भएकोले यहाँको अथितियताको लागि निमान्त्रणा गर्दछौ।
मिती - २०८२-१०-१६
समय बिहान ११ बजे
स्थान - सिर्जनशील अपाङ्ग स्वाबलम्बन केन्द्रको भवन तानसेन ७ पाल्पा
अध्यक्ष
सन्दिप भट्टराई
Gmail: [email protected]
स्थापनाको १५ वर्ष पारको अवस्थामा सम्पुर्ण सम्न्धित सबैमा धन्यवाद ।
हाम्रो यस सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्र नामक संस्थाको स्थापना भएको १५ वर्ष पुगेको अवसरमा यो अवस्था सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सहयोगिदाता, कार्यसमितिमा रहेर कार्य गर्नुहुने मानुभावहरु, कर्मचारि वर्ग, स्वरोजगारमा रहनुहुने अपाङ्गता भएका व्यक्तिहरु, विद्यार्थी भाइ बहिनिहरु र यस संस्थाबाट सेवा लिएर बाहिरिनुहुने सम्पुर्ण मानुभावहरुको असल सहयोगले नै आज हामिले पन्द्रौ बसन्त पार गर्न सफल भएकाहौ।
यस्ता कार्यहरु आगामिदिनमा पनि निरन्तर रहने छ, भन्ने पुर्ण आसाका साथ सहयोगका निरन्तर्ताको साथ धन्यवाद व्यक्त गर्दछौ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Tansen
32500
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
17/02/2026