Chhatra Raj Shakya

Chhatra Raj Shakya

Share

Retired Associate Professor, Writer, Social Worker

02/10/2024

आदरणीय कान्छा बुवा तीर्थ बहादुर गुभाजुको दुखद निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सुख शान्ति र सुगती प्राप्त होस् भनी कामनाको साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
अनिच्चावत संखारा उत्पाद वय धम्मिनो ।
छत्रराज शाक्य , माया देवी शाक्य , तानसेन

24/05/2024

२५६८ बुद्ध जयन्ती वैशाख पूर्णिमाको सुखद अवसरमा सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

छत्र राज शाक्य
तानसेन पाल्पा ,लुम्बिनी प्रदेश

Photos from Chhatra Raj Shakya's post 19/05/2024

२५६८ औं बुद्ध जयन्तीको अवसरमा विपश्यना ध्यान समूह, तानसेनको आयोजनामा श्री महाबोधि विहार, लहरे पीपल तानसेन मा आज जेठ ६ गते, १ घण्टाको सामूहिक ध्यान अभ्यास सम्पन्न भएको छ ।

Photos from Chhatra Raj Shakya's post 13/12/2023

पूज्य पिताज्यू अनन्त राज शाक्यको आज २०८० साल मार्ग औँसी २६ गतेका दिन ५३औ पुण्य तिथि र पूज्य माताज्यू मान कुमारी शाक्य (ज्ञानी देवी) को ३९ औँ पुण्य तिथि को दिन बिहान विपस्सना ध्यान र परिवारजन सबैको उपस्थितिमा सामूहिक पञ्चशील प्रार्थना, बुद्ध पूजा र परित्राण पाठ सम्पन्न गरी पूज्य आमाबुबा लाई पुण्य छोडी सुगति र निर्वाण को कामना गर्यौ ।
अनिच्चावत संखारा ।
छत्रराज शाक्य
नारायण टोल तानसेन

Photos from Chhatra Raj Shakya's post 04/12/2023

वि.सं.२०८० कार्तिक ८ गते शुक्रबारका दिन हाम्रा जेष्ठ पुत्र अजयराज शाक्यको ४१औं शुभ जन्मदिनको उपलक्ष्यमा बिहान प्रतिष्ठापित भगवान बुद्ध अगाडि सम्पूर्ण परिवार बाट शील प्रार्थना बुद्ध पूजाको साथै छोराको सुखः शान्ति मंगल कामनार्थ परित्राण पाठ सम्पन्न भयो । साथै, चूडाकर्म संघ र धर्मचक्र बौद्ध युवा संघको धार्मिक कार्यक्रममा सम्पूर्णमा जलपान र अक्षयकोषको लागि श्रद्धादान पनि भयो । सोही दिन दिउँसो समुदायमा आधारित पुनर्स्थापन केन्द्र CBR तानसेनमा गई सुस्त मनस्थिति तथा अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न वितरण एवं आर्थिक सहयोग दान पनि सम्पन्न भयो ।
कार्तिक १० गते शनिबारका दिन बौद्ध युवा संघ श्री महाबोधि विहार परिवारलाई आमन्त्रण गरी निवास घरमा ज्ञानमाला भजन श्रवण गर्ने अवसर प्राप्त भयो । धर्मचक्र महाविहारका दुवै संस्थाका अध्यक्ष द्वय श्री बिरेन्द्र काजी शाक्य, श्री वसन्त लाल बज्राचार्य, CBR पाल्पा का व्यवस्थापक श्री कृष्ण गहतराज, श्री महाबोधि विहार का बौद्ध युवा संघका सल्लाहकार श्रीमती पूर्णमाया महर्जन र अध्यक्ष श्री रोदित राज शाक्य एवं सम्पूर्ण परिवारमा सो अवसर उपलब्ध भएकोमा, साथै मेरा आदरणीय एवं अन्य सम्पूर्ण ज्ञातिबन्धुहरु, नाता कुटुम्बहरु, मित्रहरू सबैमा , छोरा अजयलाई जन्मदिनको अवसरमा बधाई शुभकामना एवं उपहार प्रदान गर्नुभएकोमा हामी परिवारको तर्फबाट हृदय देखि कृतज्ञता भाव स्वरुप हार्दिक साधुवाद, धन्यवाद व्यक्त गर्दछौं ।
भवतु सब्ब मंगलम
- छत्र राज शाक्य, माया देवी शाक्य
एवं परिवार नारायण टोल ,तानसेन

Photos from Chhatra Raj Shakya's post 22/10/2023

तथागत भगवान बुद्धको प्रतिमा वि सं २०४२ मा नेपालका दोस्रो संघनायक श्रद्धेय भिक्षु शाक्यानन्द महास्थविरज्यूबाट थेरवाद बौद्ध परम्परा अनुसार परित्राण पाठ गरी प्रतिष्ठापित गरिएको थियो । सोही कक्षमा वि सं २०८० कार्तिक ३ गते शुक्रवारका दिन भिक्षु संघ श्रद्धेय भिक्षु पञ्ञासार स्थाविरज्यू , भिक्षु शरणज्यू र श्रामणेर महिन्दज्यू लाई निमन्त्रण गरी वहाँहरुबाट पञ्चशील प्रदान, पवित्र परित्राण पाठ सम्पन्न र श्रद्धापूर्वक भोजन दान गर्न पाएकोमा मेरो परिवारमा धर्म प्रीति , सुखानुभूति भएको छ । श्रद्धेय भन्तेज्यूहरुमा कृतज्ञता भावस्वरुप हार्दिक साधुवाद छ ।
साधु । साधु ।। साधु ।।। भवतु सब्ब मंगलम् । 🙏🙏🙏
- छत्रराज शाक्य, नारायण टोल, तानसेन

11/09/2023

वरजु गुठी पाल्पाको आठौ साधारण सभा तथा चौथो अधिवेशनमा गुठीले मलाई सम्मान गरेकोमा अध्यक्ष सुरेश मान बुद्धाचार्य एवम् सम्पूर्ण गुठी परिवारलाई कृतज्ञता भाव स्वरूप हार्दिक साधुवाद दिन चाहन्छु । साथै, वरजु गुठीले आफ्नो उद्देश्य अनुसार वरजु समाजको समस्याग्रस्त, अस्वस्थ, रोगी व्यक्तिहरूलाई आर्थिक एवम् विभिन्न सहयोग सेवा गर्दै आएको प्रसंशा गर्दै, यस घडीमा गुठीलाई हार्दिक बधाई का साथै भविष्यमा उत्तरोत्तर प्रगतिको लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । आफ्नो कार्यकाल सफलताको साथ सुसम्पन्न गरेकोमा अध्यक्ष भान्जा सुरेश बुद्धाचार्य लागि धेरै धेरै बधाई एवम् धन्यवाद छ । नव निर्वाचित गुठीका अध्यक्ष भाइ प्रवीण बहादुर बज्राचार्य एवम् सम्पूर्ण पधाधिकारी कार्य समिति परिवारलाई हार्दिक बधाई दिँदै सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भवतु सब्ब मंगल ।।।

04/09/2023
04/09/2023

वि.सं.२०८० भाद्र १६ का दिन धर्मचक्र बौद्ध युवा संघको २५औं बार्षिकोत्सव, रजत जयन्तीको उपलक्ष्यमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरज्यूबाट भगवान बुद्धको प्रतिमा र श्रद्धेय भिक्षु पञ्ञासार स्थविरज्यूबाट सम्मान पत्र ग्रहण गर्ने अवसर प्राप्त भएकोमा श्रद्धेय भन्तेज्यूहरु प्रति हार्दिक साधुवाद चढाउदछु । साथै, धर्मचक्र बौद्ध युवा संघका अध्यक्ष दिनेश बहादुर बज्राचार्य एवम् सम्पूर्ण संघ सदस्य परिवारमा सम्मानको लागि कृतज्ञता भाव स्वरूप हार्दिक धन्यवाद व्यक्त गर्दै धर्मचक्र बौद्ध युवा संघको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
भवतु सब्ब मंगल ।।।
- छत्र राज शाक्य

Photos from Chhatra Raj Shakya's post 04/09/2023

वि.सं.२०८० भाद्र १६ का दिन धर्मचक्र बौद्ध युवा संघको २५औं बार्षिकोत्सव, रजत जयन्तीको उपलक्ष्यमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरज्यूबाट भगवान बुद्धको प्रतिमा र श्रद्धेय भिक्षु पञ्ञासार स्थविरज्यूबाट सम्मान पत्र ग्रहण गर्ने अवसर प्राप्त भएकोमा श्रद्धेय भन्तेज्यूहरु प्रति हार्दिक साधुवाद चढाउदछु । साथै, धर्मचक्र बौद्ध युवा संघका अध्यक्ष दिनेश बहादुर बज्राचार्य एवम् सम्पूर्ण संघ सदस्य परिवारमा सम्मानको लागि कृतज्ञता भाव स्वरूप हार्दिक धन्यवाद व्यक्त गर्दै धर्मचक्र बौद्ध युवा संघको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
भवतु सब्ब मंगल ।।।
- छत्र राज शाक्य

Want your school to be the top-listed School/college in Tansen?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Tansen