Madi View Media

Madi View Media

Share

Official page of madiviewnews.com, The finest news site of Nepal.

31/05/2026

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जबाफ- नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।

मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ', प्रधानमन्त्री शाहले भने, 'यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।'

30/05/2026

रम्भाको रिमिघा लेक : एकपटक पुग्नैपर्ने पर्यटकीय गन्तव्य

29/05/2026

"घरदैलोमै उपचार, माथागढी सरकार !"

माथागढीबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै झडेवामा १५ शैयाको नयाँ अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीयस्तरमै भरपर्दो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ निर्माण गरिएको यो अस्पताल चाँडै सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

आधुनिक पूर्वाधारसहितको यो अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सुलभ स्वास्थ्य उपचार पाउनेछन्।

29/05/2026

कस्तो आउला बजेट ? मुख्यगरी कर्मचारीको तलब के होला भनेर चासोको रुपमा हेरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत कर नीति तथा प्रणालीमा व्यापक फेरबदल गर्ने बुझिएको छ । खासगरी मूल्य अभिवृद्धि कर, आयकर र अन्त:शुल्कसम्बन्धी कानूनमा व्यापक संशोधनको तयारी छ ।

28/05/2026

सरकारको निजी मिडियालाई बिज्ञापन नदिने निर्णयका बिच पाल्पामा कति पत्रीका छापिएर बजारमा बाँडिएका छन त ? धेरै पत्रीका छापिएर बजारमा बाँडिन छोडेको छ । बजारमा प्राय पत्रीका देखिन्नन है ।

28/05/2026

कुलो बनाउन श्रमदान ।
माथागढी ५ हात्तिलुङका स्थानीय नागरिक कुलो बनाउन श्रमदान गर्दै । यहाँका नागरिकले स्थानीय क्षेत्रमा निर्माण हुँदै गरेको कुलो निर्माणका लागि सिमेण्ट बोकेर लैजाँदै गरेको दृष्य । गाउँपालिकाले विनियोजन गरेको बजेटमा आवश्यक लागत सहभागिताका लागि यहाँका नागरिकले श्रमदान गरेका हुन ।

Photos from Madi View Media's post 28/05/2026

चाहना भए उमेरले छेक्दैन ।
७४ वर्षिय वृद्ध मेघ बहादुर कुँवर : जो हरेक बिहान ३ बजे उठेर कृषि कर्ममा रमाउँछन ।

रिब्दीकोट गाउँपालिका वडा नं ७ डबकाका ७४ वर्षिय वृद्ध मेघ बहादुर कुँवर, जो हरेक दिन बिहान ३ बजे उठ्छन । आफुले पालेका भैंसीहरुको लागि कुँडो पकाउँछन, भैंसी दुहुन्छन र ७ बजे भित्र दुध लिएर डेरी पुग्छन । डेरीबाट फर्किसकेपछि उनले बारीमा काँक्रा लगाएका छन । वार्षिक काँक्रा, तरकारी, फलफुल र दुध बेचेर लाखौं कमाउँछन ।

नेपालमा केहि गर्न सकिन्न भनेर विदेशिएका नागरिकका लागि मेघ बहादुर कुँवर यहीँ बसेर कृषि कर्मबाटै प्रसस्त कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन ।

27/05/2026

माथागढी बहादुरपुरको सुन्दर सत्यवती ताल

26/05/2026

#सुनवल_नगरपालिका_VS_माथागढी_गाउँपालिका
हेर्नुहोस, रोमाञ्चक खेल
अन्तर पालिका फुटबल प्रतियोगिताको पेनाल्टी सुटआउट, सराई खेलमैदान, माथागढी

Photos from Madi View Media's post 26/05/2026

शिक्षकहरुलाई डिजिटल सुरक्षा र सुचनाको हकमा अब्बल बनाउँदै रिब्दीकोट ।

Want your business to be the top-listed Media Company in Tansen?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Palpa
Tansen