Ananda Raj BATAS
बतास
20/04/2026
प्रेरक प्रसंग : समाजमा शक्तिको प्रयोग
गंगाकिनारमा सन्तको प्रवचन सुनिरहेका एक शिष्यले प्रश्न गरे– गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्यो भने के गर्नु ठिक होला ? सन्तले भने– यस प्रश्नको उत्तर भोलि दिनेछु ।
दोस्रो दिन जब सबै शिष्य नदीकिनारमा एकत्रित भए, तब सन्तले भने– आज हामी एउटा प्रयोग गर्नेछौँ । माछा समात्न प्रयोग हुने यी तीन लट्ठी हेर त । एउटै काठबाट बनेका यी सबै बिल्कुल समान छन् । उनले अघिल्लो दिन प्रश्न गर्ने शिष्यलाई अगाडि बोलाए र भने– बाबु, यी लट्ठीले माछा समात । शिष्यले लट्ठीमा काँटा लगाएर पानीमा डुबाए । एकैछिनमा एउटा ठुलो माछा काँटामा फस्यो । त्यो देखेर सन्तले भने– अब पूरा शक्ति लगाएर बाहिर निकाल । शिष्यले त्यस्तै गरे । उता माछाले पनि पूरै शक्ति लगाएर भाग्ने कोसिस गर्यो । परिणामतः लट्ठी भाँचियो ।
सन्तले भने– केही छैन, यो अर्को लट्ठी लिएर पुनः प्रयास गर । शिष्यले फेरि काँटा पानीमा डुबाए । यसपटक पनि माछा काँटामा फस्यो । गुरुले भने– आरामसाथ, बिस्तारै लट्ठी बाहिर तान । शिष्यले त्यस्तै गरे । तर, माछाले जोडले झड्का दिँदा लट्ठी शिष्यको हातबाट फुत्कियो । सन्तले भने– ओहो ! माछा फेरि फुत्कियो । अब यो लट्ठी लिएर एकपटक फेरि प्रयत्न गर । शिष्यले त्यसै गरे । यसपटक माछा फस्नासाथ सन्तले भने– यसपटक जति शक्ति माछाले लगाउँछ, तिमीले पनि त्यति नै शक्ति लगाएर बाहिर तान । केहीबेरमा माछा थाक्छ अनि तिमी सजिलै त्यसलाई बाहिर निकाल्न सक्नेछौ ।
शिष्य त्यस्तै गरेर माछा पक्रिन सफल भए । सन्तले भने यी माछा त्यो समाजजस्तै हुन्, जसले तिमीहरूले केही गर्दा विरोध गर्छ । समाजविरुद्ध तिमीहरूले बढी बल लगायौ भने तिमीहरू पराजित हुनेछौ । कम शक्ति लगायौ भने पनि तिनले तिमीहरूका योजना पूरा हुन दिँदैनन् । तर, उनीहरूले जति बल प्रयोग गरेर विरोध गर्छन्, त्यति नै बल प्रयोग गर्यौ भने उनीहरू बिस्तारै थाक्छन् र हार स्विकार्छन्, तब मात्र तिमीहरूको जित हुनेछ ।
आमाको आशिर्वाद !!
14/04/2026
Exclusive Interview about Manipal | Director , Narayan Poudel || Raghunath Wagle | I am RESPONSIBLE.
सुभकामना २०८३
निजी क्षेत्र र लगानीकर्ताको सम्मान बिना देशको समृद्धि असम्भव छ।
Credit: देश संचार चौतारी
"अब राजनिती होइन , काम तिर लागौं हजुर"
28/03/2026
अणुबमका पिता मानिने जुलियस रोबर्ट ओपेनहाइमर नामका वैज्ञानिकले भनेका छन्, 'आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो सबै प्राचीन हिन्दूहरूको विद्वताको प्रतिपादन, समर्थन र परिष्करण हो ।'
त्यस्तै अर्का प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन्, 'हामी पूर्वीय सभ्यताका चिरऋणी छौँ, उनीहरूले हामीलाई त्यो गणित सिकाए जसको अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन ।'
"सबैको अस्पताल, बिस्वासिलो मणिपाल"
22/03/2026
लुम्बिनीलाई विश्वस्तरीय 'बर्थिङ डेस्टिनेसन', जनकपुरलाई भव्य 'वेडिङ डेस्टिनेसन' र पोखरालाई प्राकृतिक सुन्दरतासँगै अत्याधुनिक 'टुरिजम र मेडिकल डेस्टिनेसन'का रूपमा विकास गर्ने जनस्तरको यो नवीन भिजनलाई साकार पार्न के बालेन सरकार र वर्तमान नेतृत्व पूर्ण रूपमा तयार छ? विकास केवल भौतिक पूर्वाधार मात्र नभई हाम्रा सांस्कृतिक र प्राकृतिक सम्पदाको सही वैश्विक ब्रान्डिङ पनि हो, जसले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन सक्छ। के यी दूरगामी योजनाहरूले मूर्त रूप पाउलान् त? आफ्नो विचार कमेन्टमा साझा गरौँ।
15/03/2026
नेपालमा PPP मोडल साँच्चै सफल हुन सक्छ?"
आज भानु पराजुली भाइले आफ्नो अनुसन्धानका लागि नेपालमा Public-Private Partnership (PPP) का चुनौतीबारे मेरो अनुभव सोध्नुभयो। मेरो जवाफ स्पष्ट छ,हाइड्रोपावर क्षेत्रमा लगानी र क्षतिपूर्तिको केही हदसम्म ग्यारेन्टी भएकाले नै लगानीकर्ताको आकर्षण देखिएको हो।
अन्य परियोजनामा जबसम्म 'Compensation' को धारणा दुवै पक्षमा समान हुँदैन, तबसम्म वास्तविक साझेदारी सम्भव छैन।
निजी क्षेत्रले सम्झौता पालना नगरे जरिवाना तिर्छ, तर सरकारी हाकिम फेरिँदा सम्झौता भएको परियोजनालाई अनावश्यक दुःख दिने र सम्झौताका बुँदामा फेरि आफ्नै अनुकूल व्याख्या गर्ने प्रवृत्ति देखिन्छ। मनसायगत कर्मचारीको ढिलासुस्ती र प्रशासनिक अस्थिरताले हुने लगानी कर्ताको नोक्सानीमा क्षतिपूर्ति राज्यले किन नदिने?
दोस्रो महत्त्वपूर्ण कुरा, कुल लगानीको Payback Period को कम्तीमा तीन गुणा समय अवधिको सुनिश्चितता नभएसम्म लगानीकर्ता खासै आकर्षित हुन सक्दैनन् ।
Click here to claim your Sponsored Listing.