Susan
News,Views ,Information, Education & Entertainment.
सिडियो लखेट्ने यो कांग्रेसको जिल्ला हो" भन्दै ठूला कुरा हाक्ने ब्यासका मेयर बैकुण्ठ न्यौपानेको हैसियत एउटा सामान्य पार्किङ व्यवस्थापन गर्न खोज्दा उदांगो भएको छ। हिजो सिंह जस्तै गर्जने मान्छे आज जनताले 'बैकुण्ठ मुर्दाबाद' को नारा लगाउँदा कायर झैँ लुकेर बस्न बाध्य भए। जनताको सामना गर्ने हिम्मत नभएपछि नगरप्रहरीलाई अघि सारेर पर्दा पछाडि लुक्ने यस्ता डरपोक नेतृत्वबाट ब्यासबासीले के आशा राख्ने? कुर्लनु र नेतृत्व गर्नुमा आकाश-जमिनको फरक हुन्छ भन्ने कुरा आज आफ्नै जनताले देखाइदिएका छन्।
नेताको रूपमा तपाईंको घर पुग्न नसकेनी, रास्वपाको नीतिको तपाईंको घरमा पुग्छ । रवि लामिछाने
27/04/2026
भावुक अभिव्यक्ति 🥺 : सुकुम्बासी बस्ती खाली गराउने विषयमा पूर्व गृहमन्त्री रवि लामिछानेले भने — "आउने पुस्ताले अहिलेको जस्तो पीडा नभोगोस् भन्नका लागि पनि यो आवश्यक थियो" भन्ने कुरा सामाजिक संजालमा चर्चामा आइरहेको छ, तर यो निर्णय सही हो कि गलत भन्ने बहस भने अझै जारी छ । ❤️
25/04/2026
पत्रकार: सुकुम्बासी बस्तीबाट यसरी wheelchair मा जाँदै हुनुहुन्छ, कति समय भयो सर यहाँ बस्नुभएको ?
सुकुम्बासी: हजुर म यहाँ बसेको ६ महिना भयो, अब आफ्नो घर जान लागेको।
पत्रकार: कहाँ छ घर ?
सुकुम्बासी: घर त हजुर मेरो सर्लाही
पत्रकार: तपाई यहाँ सुकुम्बासी बस्तीमा आफ्नै घर थियो कि भाडामा बस्नुहुन्थ्यो ?
सुकुम्बासी : हजुर भाडामा बस्थिए। ४ हजार भाडा थियो महिनाको।
पत्रकार: कसलाई भाडा दिनुहुन्थियो ?
सुकुम्बासी: यहि हाम्रो बस्तीको मेयर हुनुहुन्थ्यो, वहाँलाई दिन्थियौ ।
पत्रकार: को मेयर ? नाम के हो मेयरको ?
सुकुम्बासी: हजुर नाम त थाहा भएन तर देखे भने चिन्छु। अस्तिसम्म भाडा उठाइरहनु हुन्थ्यो । हाम्रो बस्तीको मेयर तर हिजो आज देखि मेयर, उपमेयर र वडाअध्यक्ष सबै हराउनुभयो।
सुकुम्बासीका नाममा गलत मान्छे ले हडपेका छन् । : रवि लामिछाने
गगन थापा सँग ३ अर्ब पैसा छ रे
14/04/2026
नयाँ वर्ष २०८३ को शुभ अवसरमा, मंगलबार व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिरमा दर्शनका लागि घण्टौँदेखि लामो लाइनमा उभिनु भएका भक्तजनहरूलाई पानी वितरण गर्दै सामाजिक अभियन्ता अविनाश पन्थ।
मानव सेवाभन्दा ठूलो धर्म केही हुँदैन भन्ने सन्देशसहित गरिएको प्रयासले थकित यात्रुहरूको अनुहारमा मुस्कान ल्याउने काम गरेको छ।
14/04/2026
नयाँ वर्षको दिन छाब्दी बाराही मन्दिरमा भक्तजनको घुइँचो ❤️🕉️
Pic:Avinash Pantha
13/04/2026
समय कति बलवान् छ! पहिले गाउँका साहु-महाजनका ती राम्रा पाखा, वन र गैरी खेतहरू अहिलेसम्म जोगाउन सकेको भए आज ती करोडौँका हुने थिए। तर समयसँगै धेरै कुरा बदलिए। आज हामी सम्पत्ति मात्र होइन, देश बनाउने 'मिसन' भएका मान्छेहरूको खोजीमा छौँ।
राजनीतिमा सबैलाई एउटै डालोमा हालेर हेर्नु हुँदैन। बालेन शाह र डा. स्वर्णिम वाग्ले जस्ता व्यक्तित्वहरूको सम्पत्ति विवरण हेर्ने हो भने सामान्य नै देखिन्छ। उनीहरू पैसा कमाउन होइन, नाम कमाउन र देशको मुहार फेर्न राजनीतिमा होमिएका हुन् भन्ने कुरा उनीहरूको त्यागले पनि देखाउँछ।
विशेष गरी स्वर्णिम वाग्लेको कुरा गर्दा:
उनले विदेशको विलासी जीवन र अन्तर्राष्ट्रिय स्तरको उच्च ओहोदा छोडेर नेपाल फर्कने निर्णय गरे।
अहिले कसैले उनीहरूको सफलता (सुन) मात्र देख्छन्, तर त्यो सफलता पछाडिको मेहनत र विदेशको करियर त्यागेर देशका लागि भिजेको पसिना देख्दैनन्।
सम्पत्ति त जसले पनि कमाउँछ, तर देश बनाउने आँट र भिजन थोरैमा मात्र हुन्छ। अबको पुस्ताले 'सम्पत्ति' भन्दा पनि 'सन्तति' को भविष्य हेर्ने नेता रोज्न जरुरी छ! 🙏
रवि, बालेन, हर्क संसदमा नआएपछि मानिस झाको आक्रोश
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tanahun
33900