Chapakot Today
News for chapakot
02/11/2025
मध्यरातमा सत्यवती बजै सङ्ग चिच्याएर वर माग्ने
परम्परा देखि चल्दै आएको पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवतीमा रहेको सत्यवती माताको मन्दिरमा यही कात्तिक १५ गते देखि १९ गतेसम्म वर माग्ने मेला संचालन हुने अनुरोध गर्दछु।
01/11/2025
रामपुरको होस्दी(पाल्पा) र चापाकोटको किसान(स्याङ्जा) जोड़ने पक्कि पुल
photo :pradip ghimire
08/09/2025
Rest in peace brother 😥😥
सरकार हार्यो तर तपाईले जित्नु भयो 🙏🙏🙏
31/08/2025
भरतले राष्ट्रिय टोलीबाट सन्न्यास लिँदै!
अनुभवी फुटबलर भरत खवासले नेपाल र बंगलादेशबीच हुने दोस्रो मैत्रीपूर्ण खेलपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिने भएका छन् । एन्फाले घोषणा गरेको दुई मैत्रीपूर्ण खेलको टोलीमा भरतको नाम नरहेपनि प्रशिक्षक म्याट रसले दोस्रो खेलमा उनलाई समेटिने जानकारी दिएका हुन् । नेपालले भाद्र २१ र २४ गते बंगलादेशसँग दशरथ रंगशालामा खेल्दैछ ।
30/08/2025
सम्बन्धित सम्पूर्णमा जानकारी 🙏
क्रिकेट खेलमा खेलाडीहरूकाे क्षमता विकास र नयाँ खेलाडी पहिचानका लागि प्रतियोगिता आयाेजना गरिएकाे छ । उपस्थितिका लागि सम्पूर्णमा अनुरोध गर्दछौं ।
24/08/2025
गल्याङ् देखी मिर्मी जाँदै गरेको लु १ ज ३१७४ नम्बरको जिप फेदी मुनी दुर्घटना भएको छ , जिप सडक भन्दा लगभग १५ मिटर तल खसेको छ । घाईते हरू लाई उपचार को लागी कालीगण्डकी अस्पताल लगिएको छ ।
13/08/2025
अकबरे खुर्सानी बजार लैजाने तयारी
आफूले बारीमा फलाएको अकबरे खुर्सानी बजार लैजाने तयारी गर्दै भोजपुरका एक किसान । अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकिलो रु २०० देखि रु ३०० सम्ममा बिक्री हुने गरेको किसान बताउँछन्। तस्बिरः युवराज विष्ट/रासस
12/08/2025
अहिले पनि पहिले जस्तै।
भक्तिभावले नै मुक्ती दिलाउँछ।।
शान्तिको रक्षा गर्छ।।।
हार्दिक निमन्त्रणा !!!
यहि मिति २०८२ श्रावण महिनाको ३१ गते शनिबार कृष्ण जन्माष्टमीको दिन चापाकोट न.पा-१० भुमरिघाट राधाकृष्ण मन्दिरमा कृष्ण जन्मोत्सव भव्यताका साथ मनाईने हुँदा समस्त समादरणीय श्रद्दालु भक्तजनहरुमा गरिमामय उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
समय : बिहान ८ देखि राती १२ बजेसम्म
स्थान : चापाकोट न.पा-१० भुमरिघाट, स्याङ्जा
(राधाकृष्ण मन्दिर)
कार्यक्रमहरु:
१) रथ यात्रा : भक्तिभावका साथ भजन कृतन सँगै नगर
परिक्रमा
२) पुजा पाठ : वैदिक मन्त्रोच्चारण सहित विशेष पुजा
३) भजन कृतन : हरि स्मरणका मधुर धुन सहित नृत्य प्रस्तुती
४) श्रीकृष्ण जन्मोत्सव : मध्यरातमा कृष्ण जन्म आरती, झाँकी
प्रदर्शन तथा प्रसाद वितरण
पुनश्च : यदि कोही भक्तजनमा पत्र नपुगेको भए यसै
सुचनालाई निम्तो मानेर कार्यक्रममा उपस्थित
भैइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।🙏
🙏हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे 🙏 हरे राम हरे राम राम राम राम हरे हरे🙏
आयोजक : राधाकृष्ण मन्दिर परिवार
भुमरिघाट
12/08/2025
स्याङ्जाको वालिङमा बाघको आक्रमण, २० वर्षीय युवा घाइते
स्याङ्जाको वालिङ नगरपालिका–११ गाजली खोल्सा नजिकै बाघको आक्रमणमा परेर एक २० वर्षीय युवा घाइते भएका छन्।
सोमबार साँझ करिब ७ बजेतिर स्कुटरमा सवार स्थानीय युवा प्रदीप अर्यालमाथि बाघले आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका अर्याललाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
हाल स्याङ्जाका विभिन्न गाउँमा बाख्राहरू बाघको आक्रमणको सिकार बनेको घटनाहरू सार्वजनिक भइरहेका बेला मानिसमाथि समेत आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन्। बाघको त्रासदीका कारण जनजीवन प्रभावित हुन थालेको छ।
सुरक्षा निकाय र वन कार्यालयलाई बाघ नियन्त्रणका लागि दबाब बढ्न थालेको छ भने स्थानीयवासीले बाघको गतिविधि र जोखिमबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
09/08/2025
आजको दिनको सुरुवात गरौं चापाकोट नगरपालिका -६ केलादीधाम मा अवस्थित राधाकृष्ण मन्दिरको दर्शन गरी । 🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Gandki Zone
Syangja