Simta Gaupalika
सिम्ता गाउँपालीका-राकम,सुर्खेत
21/08/2026
सिम्ता गाउँपालिका वडा न ५ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्ष मोहनकुमार चन्द ,निमित्त प्रमुख प्रशासकीय टोप बहादुर राना,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा जम्मा १५ जनालाई निस्शा वितरण गरिएको छ।
21/08/2026
https://www.youtube.com/watch?v=5r_rX92RYKg
सुचारुपना सम्मेलन - २०८३ सिम्ता गाँउपालिका सुर्खेत Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
18/08/2026
https://suchanamarg.com/?p=1630
सिम्ता गाउँपालिकाले भूमिहीन परिवारलाई निस्सा वितरण गर्ने - Suchanamarg सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासम्ब.....
18/08/2026
सिम्ता गाउँपालिका सुर्खेतको भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको संयोजक श्री ऐन बहादुर चन्दको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकले पहिलो चरणमा वडा न २,३,४ र ५ मा ३८ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई निस्शा वितरण गर्ने निर्णय गरेको छ।यहि भाद्र ०५ गते वडा ५ मा ,भाद्र ०९ गते वडा न २,३ र ४ मा वितरण गर्ने कार्यक्रम रहेको छ। साथै अन्य वडा कार्यालयहरुलाई अपुग कागजात सहित भाद्र १५ गते भित्र गाउँपालिकामा विवरण पठाउन आह्वान गरेको छ भने छुटेका लगत संकलन भाद्र मसान्तसम्म गर्ने निर्णय गरेको छ।
14/08/2026
लाभग्राही सुचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धि सूचना !
13/08/2026
सिम्ता गाउँपालिका सुर्खेतको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) ,प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा यहि श्रावण २७ र २८ गते सम्पन्न भएको छ।
12/08/2026
छुट सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना !
11/08/2026
सिम्ता गाउँपालिका सुर्खेतको आ.ब. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
08/08/2026
हेल्भेटास नेपालको सहयोग, काठमाडौं विश्वविद्यालयको प्राविधिक सहकार्य तथा सिम्ता गाउँपालिकाको समन्वयमा सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी) सुर्खेतद्वारा सञ्चालित ‘हाम्रो शहर’ परियोजना अन्तर्गत सिम्ता गाउँपालिका वडा नं. ५ र ६ मा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यसै क्रममा सिम्ता गाउँपालिका–६, जामुने बजारमा ७ दिने व्यवसाय उत्प्रेरणा तालिम सम्पन्न भएको छ। तालिममा १७ जना महिला र ३ जना पुरुष गरी जम्मा २० जना सहभागी रहेका थिए।
समापन कार्यक्रममा सिम्ता गाउँपालिका वडा नं. ६ का अध्यक्ष गुलाब सिंह ठकुरीको प्रमुख आतिथ्यता तथा सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी) का कार्यकारी निर्देशक घनश्याम केसीको अध्यक्षतामा सम्पन्न भएको हो।
तालिमले स्थानीय स्रोत–साधनमा आधारित व्यवसाय प्रवर्द्धन, उद्यमशील सोचको विकास तथा युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
07/08/2026
सुर्खेत सिम्ता गाँउपालिका र सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सुख्खा ग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारबाट गठित कार्यदलले आज प्रभावित क्षेत्रको अनुगमन गरिरहेकाे छ । अनुगमनमा सल्यान प्रदेश सभा सदस्य भिम प्रकाश शर्मा सहितको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, गठित कार्यदल टाेलि प्रमुख चित्र बहादुर रोकाय लगाएतको टोलि रहेको छ । कार्यदलले अल्पकालीन ,मध्यकालीन र दीर्घकालीन समस्या समाधानको बारेमा सुझाव संकलन गरेको छ।दुबै स्थानीय तहलाई सुखा संकट क्षेत्र घोषणा गर्ने तयारी स्थानीय सरकारको रहेको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Rakam
Surkhet
21700
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |