Surkhet Valley

Surkhet Valley

Share

We are dedicated to promote and update content for the Karnali province and the provincial capital.

06/06/2026

विश्व वातावरण दिवसको अवसरमा, वीरेन्द्रनगर नगरपालिकाको एवम् वीरेन्द्रनगर जुनियर जेसिजको समन्वयमा “Trash Collection Race - दोस्रो संस्करण” कार्यक्रम बिहीबार, २०८२ जेठ २२ गते बिरेन्द्रनगरमा सम्पन्न भएको छ।

06/06/2026

को बन्ला मध्य-पश्चिम विश्वविद्यालयको उप-कुलपति?
मध्य-पश्चिम विश्वविद्यालयको उप-कुलपति पदका लागि १० जनाको नाम अल्प-सुचिमा सिफारिस गरिएको छ।

05/06/2026

यदि तपाईं सुर्खेतको बुलबुले ताल जानुभएको छ भने यहाँ फोटो नखिचेर फर्कनु भएको छैन होला ।

Pic. Rabindra Koirala

04/06/2026

रंगशालामा ड्रोनबाट देखिएको सुर्खेतको फुटबल क्रेज र १० औं राष्ट्रीय खेलकुदका लागि तयार कर्णाली प्रदेश रंगशाला ❤️🏆

Pic. Chiran Acharya

04/06/2026

CHAMPIONS ❤️🏆
वीरेन्द्रनगर, सुर्खेतले जुम्लालाई १-० गोल अन्तरले हराउँदै कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप - २०८३ को ट्रफी उचालेको छ।

खेलको ५ औं मिनेटमा, वीरेन्द्रनगरको तर्फबाट विक्रम ओलीको गोल नै निर्णायक गोल बनेपछि उनी फाइनल खेलका उत्कृष्ट खेलाडी भए।

व्यक्तिगत पुरस्कारतर्फ:
उत्कृष्ट खेलाडी: धर्मेन्द्र कुँवर (जुम्ला)
उत्कृष्ट गोलरक्षक: सुबबहादुर शाही (वीरेन्द्रनगर)
उत्कृष्ट डिफेन्डर: दिवस बिसी (वीरेन्द्रनगर)
सर्वाधिक गोलकर्ता: धनसिंह विक (पञ्चपुरी) - ७ गोल
उत्कृष्ट प्रशिक्षक: गणेश खड्का (वीरेन्द्रनगर)

04/06/2026

कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधी वीरेन्द्रनगरलाई 🏆

कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप–२०८३ को फाइनलमा वीरेन्द्रनगर, सुर्खेतले जुम्लालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। ❤️⚽🏆

04/06/2026

सुर्खेतमा फुटबल क्रेज:
वीरेन्द्रनगर, सुर्खेत स्थित कर्णाली प्रदेश रंगशालामा कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप-२०८३ को फाइनलमा आज जुम्ला र वीरेन्द्रनगर, सुर्खेतबीच प्रतिस्पर्धा भएको छ। कर्णालीमा लामो समयपछि फुटलबल प्रतियोगिताको फाइनलमा दर्शकको उल्लेख्य उपस्थिति थियो। ❤️

04/06/2026

Live from Surkhet stadium ❤️🏆

04/06/2026

सुर्खेत रंगशालामा आज रोमाञ्चक खेल हुँदै:
वीरेन्द्रनगर, सुर्खेतमा जारी "कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता - २०८३" को फाइनल खेल अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र जुम्ला खेल्दैछन्। ⚽✨

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address


Surkhet
083