Seto Panchi
WHITE WINGs Production House Pvt.Ltd present Seto-panchi.com.The Nepali online Digitial News Paper.
29/07/2026
कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै अब बन्ने मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्वलाई लिएर बहस सुरु भएको छ। संविधानले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा दलित समुदायको सहभागिताको हक सुनिश्चित गरे पनि व्यवहारमा भने निर्णायक तहमा दलित प्रतिनिधित्व अझै अपेक्षाकृत कमजोर रहेको भन्दै नयाँ मन्त्रिपरिषद् गठनमा समावेशितालाई प्राथमिकता दिनुपर्ने आवाज उठेको हो।
गैरसांसदबाट दलित समुदायको प्रतिनिधित्वको सवालमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल दलित मोर्चाका केन्द्रीय विदेश विभाग प्रमुख बसन्तकुमार विश्वकर्माको दाबी पनि महत्वपूर्ण देखिन्छ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय विश्वकर्माले लामो समय कम्युनिष्ट आन्दोलनमा बिताएका छन्। उनले शिक्षक पेशासमेत त्यागेर राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ। Bc Shrabas
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबमोजिम विश्वविद्यालयभित्र कुनै पनि प्राध्यापक संगठन, विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियनलाई आधिकारिक मान्यता दिइँदैन। तर, त्यस निर्णयविपरीत मध्यपश्चिम विश्वविद्यालयले ती संगठनहरूसँग निरन्तर पत्राचार गरिरहेको देखिन्छ। यसले सरकारको निर्णयको पालना नगरेको मात्र होइन, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दै गएको संकेत पनि गर्दछ।
यसबाहेक कांग्रेस निकट सहप्राध्यापकलाई हाल कामचलाउ रजिष्ट्रारको जिम्मेवारीमा निरन्तर दोहोर्याउने उद्देश्यले राजनीतिक प्रभाव र हस्तक्षेपलाई प्राथमिकता दिएको भन्ने गम्भीर प्रश्न पनि उठेको छ। यस प्रकारका गतिविधिले विश्वविद्यालयको स्वायत्तता, निष्पक्षता, सुशासन तथा विधिको शासनमाथि प्रतिकूल प्रभाव पार्ने छ। Mid-West University
16/07/2026
कर्णाली प्रदेश सरकार बिरुद्व कांग्रेस, नेकपाकाे सयुक्त अविस्वास प्रस्ताव दर्ता !!
त्रिभुवन विश्वविद्यालयले अध्यान बिदा दुरुपयोग गरेको रकम असुलउपर गर्दै छ, मध्य पश्चिम विश्वविद्यालयले कहिले देखि सुरु गर्छ । Mid-West University
29/06/2026
सुर्खेत टेबुल टेनिस संघद्वारा आयोजित U-19 तथा U-15 विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिता संघका अध्यक्ष लेखत बहादुर शाहीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द रहनुभएको थियो। त्यसैगरी, अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय उपाध्यक्ष मनीष गहतराज, कर्णाली प्रदेश टेबल टेनिस संघका सचिव तथा कर्णाली प्रदेश मुख्य प्रशिक्षक हिक्मत बहादुर मल्ल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा सुर्खेत टेबुल टेनिस संघका सचिव सबिन्द्र रावल, कोषाध्यक्ष दिपा दर्लामी मगर, सदस्यहरू सोपनिल पौडेल र किरण कुमार बैगार, साथै विभिन्न खेल संघका प्रतिनिधि तथा विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको नतिजा
U-15 पुरुष एकल
🥇 प्रथम: अश्विन पोखरेल (उषा बाल वाटिका माध्यमिक विद्यालय)
🥈 द्वितीय: रमन सिंह (सिद्धार्थ पाठशाला)
🥉 तृतीय: युवक सिंह (कोपिला भ्याली स्कुल)
🥉 तृतीय: खगेन्द्र शाही (सेलान्डाइन एकेडेमी)
U-15 महिला एकल
🥇 प्रथम: सुशीला चन्द (श्री अमर ज्योति माध्यमिक विद्यालय)
🥈 द्वितीय: सबिना बडुवाल (मध्यपश्चिमाञ्चल बोर्डिङ स्कुल)
U-19 पुरुष एकल
🥇 प्रथम: प्रज्वल श्रेष्ठ (उषा बाल वाटिका माध्यमिक विद्यालय)
🥈 द्वितीय: हिमांशु पुन मगर (सिद्धार्थ पाठशाला)
🥉 तृतीय: अनिश कार्की (इगर ब्रिज माध्यमिक विद्यालय)
🥉 तृतीय: शाश्वत भण्डारी (सेलान्डाइन एकेडेमी)
U-19 महिला एकल
🥇 प्रथम: मोनिका सिंह (साउथ एसियन स्कलर्स एकेडेमी)
🥈 द्वितीय: अपेक्षा थापा (श्री अमर ज्योति माध्यमिक विद्यालय)
उत्कृष्ट खेलाडी (Best Player of the Tournament)
🏆 पुरुष: प्रज्वल श्रेष्ठ (उषा बाल वाटिका माध्यमिक विद्यालय)
🏆 महिला: मोनिका सिंह (साउथ एसियन स्कलर्स एकेडेमी)
प्रतियोगिताले विद्यालयस्तरमा टेबल टेनिस खेलप्रति विद्यार्थीहरूको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभाको पहिचान र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
27/06/2026
https://seto-panchi.com/25830/
बारेकोट गाउँपालिकालाई २३ लाख ६० हजार राहत स्थानीय तहको विपद् पूर्वतयारीलाई सुदृढ बनाउँदै आपतकालीन तथा जलवायुजन्य विपद्का समयमा छिटो र प्रभावकारी प्रतिक....
26/06/2026
स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै आगामी दिनमा थप १ लाख ४० हजार रुपैयाँ बराबरका वेयरहाउस प्यालेट उपलब्ध गराइने जनाइएको छ।
युरोपेली संघ (EU) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC), सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।
विपद् पूर्वतयारी सुदृढ बनाउन नलगाड नगरपालिकालाई २३ लाखभन्दा बढीको राहत सामग्री हस्तान्तरण स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रि....
22/06/2026
सुर्खेतबाट पक्राउ परे विष्णु पौडेल
सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई शुभ हाेटलबाट पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।
16/06/2026
१ लाख ५० हजारभन्दा बढी दर्शकको मायाका लागि हार्दिक धन्यवाद! 🙏
सुर्खेतमै निर्माण गरिएको पहिलो भजन गीत “गोविन्द गोपाल श्याम” ले १.५ लाखभन्दा बढी Views पार गर्दै निरन्तर लोकप्रियता हासिल गरिरहेको छ।
रचनाकार मनिष गहतराज, स्वर सलिना विश्वकर्मा र नितेश विश्वकर्मा, तथा संगीत संयोजन निरज रास्कोटीको उत्कृष्ट सिर्जनाप्रति यहाँहरूको अपार माया, साथ र आशीर्वादका लागि सम्पूर्ण दर्शक, श्रोता तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
जय श्रीकृष्ण!
“गोविन्द गोपाल श्याम” को यात्रा अझै अगाडि बढिरहोस्।🕉️🔱
Video Link: https://youtu.be/fE95F23wmsQ?si=Ji60UBMNC4eOYN0B
16/06/2026
मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि शिक्षामन्त्री सस्मित पोखरेल सुर्खेत आएका छन्। MU को दिक्षान्त समारोह भोलि हुनेछ।
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Birendranagar-6
Surkhet