Hamropusta
hamropusta.com.np & hamropusta.com Nepal's online news portal officially operated from Surkhet City of Karnali
देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन
14/07/2026
online form link click here https://nfdin.gov.np/content/152/free-7-days--ai-and-social-media-training/
10/07/2026
मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गर्ने प्रयास गरेका छन्। तर, महानगरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सुन्धारामै रोकेको छ।
प्रदर्शनकारीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो काठमाडौं महानगरपालिका कार्यालयतर्फ अघि बढिरहेका बेला प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै उनीहरूलाई अघि बढ्न नदिएको हो।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाएको घटनापछि उनले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
करिब ५५ प्रतिशत शरीर जलेका नेपालीको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचार भइरहेको थियो। थप उपचारका लागि भारत लैजाने तयारी भइरहेकै अवस्थामा शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
भक्तपुरमा श्रीमती र छोरीसँग बस्दै आएका नेपाली राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका थिए। उनको मृत्युपछि सामाजिक सञ्जालदेखि सडकसम्म आक्रोश देखिएको छ भने घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै विभिन्न समूहले विरोध प्रदर्शन गरिरहेका छन्।
10/07/2026
हेलमेट नलगाई स्कुटर चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित गेम स्ट्रिमर ‘CR7 Horaa’ अर्थात् सञ्जन गौतम ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर प्रचलित नियमअनुसार जरिवाना गरेको जनाएको छ। कारबाहीपछि ट्राफिक प्रहरीले सार्वजनिक गरेको भिडिओमा गौतमले आफ्नो गल्ती स्वीकार गर्दै अबदेखि ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्।
उनले छोटो दूरीका लागि मासु किन्न जाँदा हेलमेट नलगाएको स्वीकार गर्दै भने, “मासु किन्न गए पनि वा कपाल काट्न गए पनि, दूरी छोटो होस् वा लामो, सुरक्षाका लागि हेलमेट अनिवार्य लगाउनुपर्ने रहेछ।”
गौतमले आफूले गल्तीको सजाय भोगिसकेको उल्लेख गर्दै सबैलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएका ट्राफिक नियम उल्लङ्घनका भिडिओ तथा तस्बिरका आधारमा प्रहरीले सक्रिय रूपमा कारबाही गर्दै आएको छ। केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडिओका आधारमा ट्राफिक कारबाहीमा परेका थिए।
मोरङको उर्लाबारी स्थायी घर भएका सञ्जन गौतम नेपालका लोकप्रिय गेम स्ट्रिमर हुन्। उनको युट्युब च्यानलमा ९ लाख ४३ हजारभन्दा बढी सब्सक्राइबर छन्। ट्राफिक प्रहरीले ‘Busted’ अभियानमार्फत यस्ता घटनालाई सार्वजनिक गर्दै ट्राफिक नियम पालनाबारे सचेतना फैलाइरहेको छ।
10/07/2026
फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल प्रतियोगिता बन्ने अनुमान गरिएको छ। प्रतियोगिता ४८ टोली र १०४ खेलमा विस्तार गरिएकाले फिफाले २०२३–२०२६ विश्वकप चक्रमा करिब १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। त्यसमध्ये करिब ८.९ अर्ब डलर २०२६ विश्वकप अवधिबाट मात्रै प्राप्त हुने अपेक्षा गरिएको छ।
फिफाले यस आम्दानीको ठूलो हिस्सा विश्वभर फुटबलको विकास र सञ्चालनमा पुनः लगानी गर्ने जनाएको छ। FIFA Forward 3.0 कार्यक्रमअन्तर्गत नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत अधिकतम ८० लाख अमेरिकी डलर (करिब १ अर्ब २२ करोड रुपैयाँ) बराबरको सहयोग प्राप्त गर्न सक्ने व्यवस्था छ।
तर यो रकम एकमुष्ट नगद रूपमा उपलब्ध नहुने फिफाले स्पष्ट गरेको छ। परियोजना स्वीकृति, प्रगति प्रतिवेदन, लेखापरीक्षण र अनुगमनको आधारमा किस्ताबन्दी रूपमा मात्रै सहयोग उपलब्ध गराइन्छ।
यद्यपि, २४ जुन २०२६ देखि लागू भएको भनिएको फिफाद्वारा एन्फामाथिको निलम्बनका कारण नेपालले यो सहयोग समयमै पाउने विषय अनिश्चित बनेको छ। तेस्रो पक्षको हस्तक्षेपको आरोपमा लगाइएको निलम्बनले नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय सहभागितामात्र होइन, फिफा र एएफसीका विकास कार्यक्रम तथा आर्थिक सहयोगमा समेत असर पर्ने सम्भावना रहेको छ।
फिफाले निलम्बन हटाएर एन्फाको विकाससम्बन्धी काम सन्तोषजनक रूपमा स्वीकृत नगरेसम्म नेपालका लागि उपलब्ध हुन सक्ने सहयोग ढिलाइ, स्थगित वा रोक्का हुन सक्ने अवस्था रहेको छ।
09/07/2026
विश्वकपको उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना लगातार विवादको केन्द्रमा परेको छ। अन्तिम १६ मा इजिप्टमाथि ३–२ को पुनरागमन जित निकालेपछि रेफ्रीको निर्णयलाई लिएर नयाँ बहस सुरु भएको हो।
इजिप्ट फुटबल संघले खेलका अफिसियलहरूलाई प्रतियोगिताबाट हटाउन फिफासँग माग गरेको छ। टोलीका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीले आफ्नो टोलीसँग अन्याय गरेको र अर्जेन्टिना तथा लियोनल मेस्सीप्रति पक्षपातपूर्ण व्यवहार गरिएको आरोप लगाएका छन्।
उनले विश्व च्याम्पियन अर्जेन्टिना र मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न दबाब रहेको संकेत गर्दै फिफाको भूमिकामाथिसमेत प्रश्न उठाएका छन्।
इजिप्टको दाबीअनुसार भिडियो सहायक रेफ्री (VAR) को हस्तक्षेपपछि उनीहरूको एक गोल रद्द गरियो भने अर्जेन्टिनाको निर्णायक गोलअघि आफ्ना पक्षमा दुई सम्भावित पेनाल्टी नदिइएको थियो। यद्यपि फुटबल विश्लेषकहरूले ती निर्णय विवादास्पद भए पनि त्यसबाट मात्रै षड्यन्त्र भएको पुष्टि नहुने बताएका छन्।
यसैबीच, क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीचको खेलका लागि सबै अन–फिल्ड अफिसियल अर्जेन्टिनाका नियुक्त गरिएपछि पनि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका छन्। अनुभवी रेफ्री फाकुन्डो टेलोको निष्पक्षतामाथि प्रत्यक्ष प्रश्न नभए पनि यस्तो नियुक्तिले शंका बढाएको टिप्पणी भइरहेको छ।
प्रतियोगिताको सुरुआतमै मेस्सीले गरेको ट्याकलमा कार्ड नपाउँदा अर्को खेलमा समान प्रकृतिको ट्याकलका लागि अर्का खेलाडीले रातो कार्ड पाएको घटनाले पनि 'मेस्सीलाई विशेष व्यवहार गरिएको हो?' भन्ने बहसलाई थप बल दिएको छ।
तथ्यांकले पनि अर्जेन्टिनाले अन्य शीर्ष टोलीको तुलनामा कम पहेँलो कार्ड पाएको देखाउँछ। साथै, नकआउट चरणमा अपेक्षाकृत कमजोर वरीयताका टोलीसँग खेल्नुपरेको र पेनाल्टीसमेत सबैभन्दा बढी पाएको तथ्यलाई लिएर पनि चर्चा भइरहेको छ।
यद्यपि यी सबै आरोपबारे फिफाले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। फुटबल विश्लेषकहरूको भनाइमा रेफ्रीका केही निर्णय विवादास्पद हुन सक्छन्, तर त्यसका आधारमा अर्जेन्टिनालाई योजनाबद्ध रूपमा फाइदा पुर्याइएको निष्कर्ष निकाल्न पर्याप्त प्रमाण भने सार्वजनिक भइसकेको छैन।
09/07/2026
जर्मनीका एक प्यालिएटिभ केयर (अन्तिम चरणका बिरामीको स्याहार गर्ने) डाक्टरलाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
बर्लिनको अदालतले गोपनीयता कानुनका कारण ‘जोहानेस एम’ नामले चिनिएका ४१ वर्षीय डाक्टरलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२४ जुलाईसम्म १२ महिला र तीन पुरुषको हत्या गरेको ठहर गरेको हो। मृतकहरूको उमेर २५ देखि ९४ वर्षसम्म रहेको जनाइएको छ।
अभियोजन पक्षका अनुसार ती डाक्टरले बिरामीको घरमै पुगेर उनीहरूको सहमतिविना घातक औषधिको मिश्रण दिई हत्या गर्ने गरेका थिए। कतिपय घटनामा अपराध लुकाउन पीडितको घरमा आगोसमेत लगाउने प्रयास गरेको अदालतमा उल्लेख गरिएको छ।
अदालतमा उनले १२ बिरामीको हत्या गरेको स्वीकार गर्दै आफूले बिरामीलाई ‘दुःख र कमजोरीबाट मुक्ति दिलाउन’ यस्तो गरेको दाबी गरेका थिए। साथै, उनले पीडित परिवारसँग माफी पनि मागेका छन्।
प्रहरीले भने ती डाक्टर अन्य ७६ वटा शंकास्पद मृत्युमा पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ। ती घटनासमेत पुष्टि भए यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो शृंखलाबद्ध हत्याको घटना बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अदालतले डाक्टरको अपराधलाई अत्यन्त गम्भीर ठहर गर्दै सजाय पूरा भएपछि पनि आवश्यक परे नियन्त्रणमै राख्न सकिने आदेश दिएको छ। साथै, उनलाई भविष्यमा कुनै पनि अवस्थामा चिकित्सा पेसा गर्न नपाउने गरी आजीवन प्रतिबन्धसमेत लगाइएको छ।
09/07/2026
'नयाँ' र 'जान्ने' भनिएको सरकारको हर्कत हेर्नुस्: "हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हौँ" भनेकै भरमा डिएसपी चौधरीलाई सोधपुछका लागि भन्दै जिल्लामा झिकाइएछ।
आखिर डिएसपी चौधरीले ठिकै त भनेका थिए नि! लोकतान्त्रिक व्यवस्थामा राज्यका सुरक्षा निकाय र प्रहरी प्रशासन कुनै दल, गुट वा व्यक्तिको स्वार्थ रक्षाका लागि होइन; समग्र देश र जनताको सुरक्षा तथा कानुनी राज्यको पालना गराउनका लागि खटिएका हुन्छन्।
जब राज्यका अङ्गहरूलाई व्यक्तिगत वा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजिन्छ, तब लोकतन्त्र कमजोर हुन्छ र अधिनायकवादतर्फ बाटो खुल्छ। "बालेनको पुलिस होइन" भनेकै भरमा यसरी केरकार र स्पष्टीकरण सोधिनु यो सरकार निरङ्कुश बन्दै गएको हो कि भन्ने सङ्केत हो।
प्रहरी कुनै दल, नेता वा व्यक्तिको पेवा होइन, राज्यको कानुन कार्यान्वयन गर्ने अङ्ग हो!
08/07/2026
दासताको साङ्लो फुत्काएको छ, तर घाँटी निमोठ्नमै व्यस्त- राम पुकार महतो (बिद्रोही) link कमेन्टमा
08/07/2026
बर्दिया राष्ट्रिय निकुञ्जको जंगलले आज आफ्नी एक असाधारण साथी गुमाएको छ। बाघको पदचाप पढ्न सक्ने, चराको आवाजबाट जंगलको कथा सुनाउन सक्ने र हजारौं पर्यटकलाई प्रकृतिको वास्तविक सौन्दर्यसँग परिचित गराउने अनुभवी नेचर गाइड सीतारानी चौधरी अब हामीबीच रहिनन्।
बर्दियाको ठाकुरद्वारामा जन्मिएकी सीतारानीको बाल्यकाल जंगलकै काखमा बित्यो। सानैदेखि वन, वन्यजन्तु र चराचुरुङ्गीप्रतिको मोहले उनलाई प्रकृतिसँग यति नजिक बनायो कि पछि यही प्रेम उनको जीवनको पहिचान बन्यो। १६ वर्षको उमेरमै नेचर गाइडको तालिम लिएर उनले वर्षौंसम्म जंगलमा सिक्दै अनुभव बटुलिन् र अन्ततः बर्दिया राष्ट्रिय निकुञ्जकी सबैभन्दा दक्ष र लोकप्रिय नेचर गाइडमध्ये एक बनिन्।
सीतारानीको सबैभन्दा ठूलो विशेषता थियो बाघ देखाउने अद्भुत क्षमता। बाघको पदचिन्ह, चाल, बासस्थान, गन्ध, व्यवहार र जंगलको सानो संकेतबाटै उनले बाघ कहाँ हुन सक्छ भन्ने अनुमान लगाउँथिन्। यही कारणले स्वदेशी मात्र होइन, विदेशबाट आउने धेरै पर्यटक पनि विशेष रूपमा उनलाई नै आफ्नो गाइड बनाउन चाहन्थे।
औपचारिक शिक्षा धेरै नभए पनि उनले अंग्रेजी, नेपाली, हिन्दी र थारु भाषामा सहज रूपमा पर्यटकलाई वन्यजन्तु, चराचुरुङ्गी र संरक्षणबारे जानकारी दिन्थिन्। उनको ज्ञान, नम्र व्यवहार र हँसिलो स्वभावले सबैको मन जितेको थियो।
दुई साताअघि गाउँ नजिकै नुहाउने क्रममा लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि काठमाडौंमा शल्यक्रिया गरिएको थियो। देश–विदेशका संरक्षणकर्मी, प्रकृतिप्रेमी र शुभेच्छुकहरूले उनको उपचारका लागि आर्थिक सहयोग जुटाए पनि अन्ततः उनलाई बचाउन सकिएन।
उनको निधनसँगै बर्दियाले एक उत्कृष्ट नेचर गाइड मात्र गुमाएको छैन, प्रकृति संरक्षणप्रति समर्पित एक अथक अभियन्ता पनि गुमाएको छ। उनले खिचेका बाघ, गैंडा, हात्ती, चितुवा र दुर्लभ चराहरूका तस्बिर, पर्यटकलाई सुनाएका जंगलका कथा र संरक्षणप्रतिको उनको समर्पण सधैं सम्झिइरहनेछ।
उनको परिवारमा १३ वर्षीया एक छोरी छन्, जसको भविष्यका लागि सहयोगको आवश्यकता रहेको बताइएको छ।
सीतारानी चौधरीको योगदानले हामीलाई एउटा सन्देश दिन्छ जंगल केवल घुम्ने ठाउँ होइन, भावी पुस्ताका लागि जोगाएर राख्नुपर्ने साझा सम्पत्ति हो।
प्रकृतिप्रति अतुलनीय प्रेम, बाघप्रतिको सम्मान र संरक्षणप्रतिको समर्पणका लागि स्वर्गीय सीतारानी चौधरीप्रति हार्दिक श्रद्धाञ्जली। 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Birendranagar
Surkhet