Akshara Pathshala

Akshara Pathshala

Share

A Solution to your Quest...

Photos from Akshara Pathshala's post 13/06/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉🏆

अन्तरविद्यालय प्राथमिक तह हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले विद्यालयको गौरव बढाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै अगाडि बढिरहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

अक्षरा पाठशाला परिवार 🌹📚✨

Photos from Akshara Pathshala's post 08/06/2026

कक्षाकोठाभन्दा बाहिरको शिक्षा—आफ्नो मनलाई बुझ्ने कला।
ध्यान, अनुशासन र सकारात्मक सोचको सुन्दर संगम। 🌿

धम्म तराई विपश्यना केन्द्रप्रति कृतज्ञता। 🌿🙏

Photos from Akshara Pathshala's post 29/05/2026

जुनियर नेपाली हिज्जे प्रतियोगितामा द्वितीय र Senior Spell B Competition मा तृतीय हुँदै अर्को एउटा महत्वपूर्ण सफलता हात पारेका छौँ।🥈

हाम्रा प्रतिभाशाली विद्यार्थीहरूको मेहनत र शिक्षकहरूको मार्गदर्शनले विद्यालयलाई अर्को गौरवपूर्ण सफलता दिलाएको छ। सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई! 🎉

Photos from Akshara Pathshala's post 27/05/2026

कलिला मनमा नेतृत्वको बीउ रोप्दै,
लोकतन्त्रको अभ्याससँगै
विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन चयन कार्यक्रम सम्पन्न। 🌿

24/05/2026

यस विद्यालयमा कार्यरत शिक्षक भोजराज नेपाल सरलाई आज परेको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु एवम् सफल जीवनको कामना गर्दछौँ।

Photos from Akshara Pathshala's post 21/05/2026

Rejoicing the Achievement

What a coincidence!!!
* 1st Inter- School Competition of Academic Session-083
*1st Position

Congratulations to all the participants on your outstanding performance and entire school family on this achievement..

Wish to bag many more…

Photos from Akshara Pathshala's post 16/05/2026

शैक्षिक सत्र २०८३ को सुखद सुरुवात

सिमरा- डुमरवाना हबअन्तर्गत आयोजित Basic Level Quiz Competition मा यस विद्यालयले प्रथम स्थान हासिल गरेको छ।
यो गौरवपूर्ण उपलब्धिले विद्यालय परिवार, विद्यार्थी, शिक्षक तथा अभिभावक सबैमा नयाँ उत्साह र प्रेरणा थपेको छ।
सम्पूर्ण विजेता विद्यार्थीहरू तथा मार्गदर्शक शिक्षकहरूलाई हार्दिक बधाई तथा आगामी सफलताका लागि शुभकामना।

12/05/2026

🌸 हार्दिक बधाई तथा शुभकामना 🌸
२०८२ सालको SEE परीक्षामा उच्चतम GPA ३.६१ ल्याउन सफल छात्राद्वय ब्रिषा घिमिरे र साक्षी जयसवालसहित SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

Photos from Akshara Pathshala's post 01/05/2026

बुद्ध जयन्तीको अवसरमा आयोजित प्रभातफेरी …….

दया, करुणा र सत्यको मार्गमा हिँड्ने प्रेरणा मिलोस्।
बुद्ध जयन्तीको मंगलमय शुभकामना!

26/04/2026

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।
नया शैक्षिक सत्रको पठनपाठन कार्यक्रम यही मिति २०८३/०१/१४ गते सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने हुँदा आफ्ना बाबुनानीलाई तयारी गरी पठाइदिनुहुन अनुरोध छ ।

नोटः बसको समय साविककै समय रहने व्यहोरा जानकारी गराइन्छ ।

थप जानकारीको लागिः ९८५५०२९३१४,१५,१६ र १७

Want your school to be the top-listed School/college in Simara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Simara