Three Brother FC
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Three Brother FC, Health/Beauty, Piluwa Bara, Simara.
05/09/2026
Three brothers FC piluwa
Under_15
champion
badhai xa vaiharulai♥️
sabai Jana lai suchaana feri hamro training suru hunee vaayako xaa sampunnaa vaiharu voli bata training aauna anurodh xaa♥️🙏
Every onee
16/07/2026
🚨 BIG NEWS! नेपालले सोझै खेल्ने भयो टी-२० विश्वकपको 'ग्लोबल छनोट'! 🇳🇵
आईसीसी (ICC) को नयाँ निर्णय अनुसार नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै 'ग्लोबल क्वालिफायर' (Global Qualifier) खेल्ने पक्का भएको छ।
क्षेत्रीय छनोट खेल्नु नपर्ने: नेपालले २०२६ को टी-२० विश्वकप खेलिसकेको हुनाले अब २०२८ का लागि एसिया क्षेत्रको प्रारम्भिक छनोट खेलिरहनु पर्दैन। नेपालले सिधै ग्लोबल छनोटमा स्थान पाएको हो।
16/07/2026
१९ वर्षअघि काखमा बोकेको बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी!
फुटबल इतिहासकै अद्भुत संयोग अब वास्तविकतामा परिणत हुँदैछ। सन् २००७ मा UNICEF को च्यारिटी क्यालेन्डरका लागि गरिएको फोटोसुटमा युवा लियोनेल मेस्सीले केही महिनाका बालक लामिन यामाललाई नुहाइदिएका र काखमा बोकेका थिए। करिब दुई दशकपछि त्यही बालक विश्व फुटबलको चम्किलो तारा बनेर मेस्सीकै अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनल खेल्न तयार भएका छन्।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको अन्तिम समयमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गर्दा दुवै गोलमा मेस्सीको महत्त्वपूर्ण भूमिका रह्यो। अर्कोतर्फ, स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो।
अब विश्वकपको उपाधिका लागि एकातिर अनुभवी महानायक मेस्सी हुनेछन् भने अर्कोतिर नयाँ पुस्ताका सुपरस्टार यामाल। पुरानो तस्बिरमा काखमा देखिएको बालक र उनलाई बोकेका मेस्सीबीचको यो भिडन्तलाई फुटबलको पुस्तान्तरण र इतिहासकै भावुक फाइनलका रूपमा हेरिएको छ।
04/07/2026
१२० मिनेटपछि फुटबलको सबैभन्दा सुन्दर दृश्य: भोजिन्हाको अँगालोमा मेस्सी ❤️🇨🇻🇦🇷
१२० मिनेटसम्म साहस, संघर्ष र आत्मविश्वासका साथ लडेको केप भर्डे अन्ततः पराजित भयो। स्कोरबोर्डले अर्जेन्टिनालाई विजेता बनायो, तर खेलले केप भर्डेलाई संसारभरका फुटबल समर्थकहरूको मन जितायो।
अन्तिम सिटी बज्नासाथ केप भर्डेका कप्तान तथा गोलरक्षक भोजिन्हा सिधै लियोनेल मेस्सीतर्फ गए। विश्व फुटबलका महान् खेलाडी मेस्सीले उनलाई अँगालोमा बाँधे। त्यो अँगालो जित र हारको होइन, साहस, सम्मान र उत्कृष्ट प्रदर्शनको सम्मान थियो।
संसारले अर्जेन्टिनाको जित देख्यो, तर त्यत्तिकै गहिराइका साथ केप भर्डेको अदम्य संघर्ष पनि महसुस गर्यो। विश्वविजेतालाई अन्तिम क्षणसम्म दबाबमा राख्दै केप भर्डेले प्रमाणित गर्यो कि फुटबलमा सानो वा ठूलो टोली हुँदैन, ठूलो हुन्छ त केवल हिम्मत र विश्वास।
कहिलेकाहीँ ट्रफीले मात्र महानता मापन गर्दैन। केही टोलीहरू पराजित भएर पनि इतिहास लेख्छन्। केप भर्डे त्यही टोली बन्यो।
आज मैदानमा अर्जेन्टिना विजयी भयो, तर सम्मान, प्रेम र प्रशंसा भने केप भर्डेले जित्यो। यही नै फुटबलको वास्तविक सुन्दरता हो।
29/06/2026
इतिहास बनाउन एक्सनमा उत्रँदै जापान, ब्राजिललाई चक्मा दिएर अगाडी बढ्ने योजना !
जारी विश्वकपमा स्तरीय फुटबल खेलेर सबैको मन जितिरहेको जापानले अन्तिम ३२ मा ब्राजिलको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातको १० बजेर ४५ मिनेटमा सुरु हुनेछ।
पाँच पटकको विश्व विजेता ब्राजिलको सामना गर्दै गर्दा जापान इतिहास बनाउने योजनामा हुनेछ।
समूह 'एफ' मा अपराजित रहँदै ५ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको जापानले आफ्नो संगठित र अनुशासित खेलका कारण विश्वका हस्ती टोलीहरूलाई स्तब्ध पार्न सक्ने क्षमता प्रमाणित गरिसकेको छ।
ब्राजिललाई पराजित गरेर अगाडी बढ्न सके जापानले इतिहास मात्र बनाउने छैन, विश्वस्तरमा आफू फुटबलको महारथी देश बन्ने दौडमा रहेको घोषणा पनि गर्नेछ।
24/06/2026
celebrate Three Brother family member Raj Tamang ❤️
23/06/2026
हाम्रो यस " Three Brother FC "का मिलनसार सदस्य तथा खेलाडी "Raj Tamang " भाइको आज पर्न गएको जन्म दिनको उपलक्ष्यमा शु-स्वास्थ,दिर्घायु साथै उत्तरोत्तर प्रगति तथा लाखौंलाख शुभकामना दिन चाहान्छौ "
Three Brother FC" [family ] जीतपुरसिमरा-१६,पिलुवा बारा
23/06/2026
🚨 𝟑𝟖 𝐘𝐄𝐀𝐑𝐒 𝐎𝐋𝐃 ➡️ 𝐁𝐀𝐂𝐊 𝐓𝐎 𝐁𝐀𝐂𝐊 𝐌𝐀𝐍 𝐎𝐅 𝐓𝐇𝐄 𝐌𝐀𝐓𝐂𝐇 𝐀𝐓 𝐓𝐇𝐄 𝐖𝐎𝐑𝐋𝐃 𝐂𝐔𝐏 ➡️ 𝟓 𝐆𝐎𝐀𝐋𝐒 👑✨
Can someone please guess 𝐇𝐎𝐖 𝐌𝐀𝐍𝐘 𝐌𝐎𝐓𝐌 𝐀𝐖𝐀𝐑𝐃𝐒 this demon from Rosario has collected in his career? 💀😱
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Simara