Yes I CAN
"positive motivation & friendship"
पापीको पापमा नै उसको विनाश लुकेको हुन्छ।
Yes I CAN "positive motivation & friendship"
"यही त हो नि चुनावको सुन्दरता,
उम्मेदवारहरू आफ्नो विचार राख्छन्
अनि जनताले उम्मेदवारको "विचार"मा "विचार" पुर्याएर "विचार" गर्छन् "
Mission 2026
"तपाईंले अनिश्चिततालाई रचनात्मकतामा परिणत गर्नुहुन्छ।"
कविता : जेन–जीको क्रान्ति
रातको आकाश कालो थियो—
जस्तो
शासकहरूको मन।
जहाँ
ताराहरू होइनन्,
अहङ्कारका
बिजुली र भ्रष्टाचारका बादल गर्जिरहेका थिए।
तर जनताको मुटुमा एउटा आगो दन्किरहेको थियो
सपना
र पीडाको सङ्गम,
जसलाई
दबाउन सकिएन,
बरु
यो आगोले विद्रोहको घाम जन्मायो।
शासनका महलहरू केवल
माटो
र इँटाको थुप्रो थिए,
तर तीमा
टाँसिएका दम्भका ढुङ्गाहरू
जनताको
आक्रोशको हथौडाले चकनाचुर भए।
नेताहरू भ्रमका
मूर्तिहरूझैँ—
उनीहरू
ढले,
किनकि
सत्यको आँधीले झुटको स्तम्भलाई ध्वस्त पारेको थियो।
जेन–जी केवल पुस्ता होइन
यो एउटा
नदी हो,
जहाँ
असन्तोषका हिउँपानीहरू
समानताको
समुद्रमा मिसिन्छन्।
यो युद्ध केवल बन्दुकको धुवाँ होइन,
यो चेतनाको
आँधी हो,
जहाँ
शब्दहरू बन्छन् अस्त्र,
आशा
बन्छ कवच,
र न्याय
बन्छ तरबार।
भ्रष्टाचारका जालहरू
मकहीले
बुनेका अन्धकारका तन्तु मात्र थिए,
जनताको
एकताले
तिनलाई
सूर्यको किरणले जलाएजस्तै जलायो।
विद्रोहको स्वर
सिन्धु
जस्तै अथाह,
मेरुदण्ड
जस्तै अटल।
यसले
निरङ्कुशतालाई चिरनिद्रामा पुर्यायो,
जसरी
बिजुलीले आकाश च्यात्छ।
यो युद्धमा घाइतेहरू छन्
तर तिनका
रगतका थोपा
इतिहासको
पानामा अमर अक्षर बने,
जसरी
गुलाबका रङहरूले वसन्तलाई स्मरण गराउँछन्।
जेन–जीको क्रान्ति
न त
केवल आक्रोश हो,
न त
केवल विद्रोह।
यो त
प्रकाश हो,
जसले
अन्धकारको साम्राज्यलाई भत्काउँछ।
शिक्षा, स्वास्थ्य, रोजगारी
यी हुन्
क्रान्तिका गगनचुम्बी ध्वजाहरू।
समानता
र स्वतन्त्रता
यी हुन्
नयाँ सभ्यताको गीत।
अब इतिहासले सम्झनेछ—
जनताको
स्वरभन्दा ठूलो कुनै घण्टी छैन,
र युवा
चेतनाभन्दा तेज
कुनै
बिजुली छैन।
---
तोमनाथ उप्रेती
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Simara