Saptari, Rajbiraj
A mid range city of Nepal.
23/04/2026
दुई वर्षदेखि गोप्य राखिएको एनसेल छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको शेयर खरिद–विक्री प्रक्रियामा गम्भीर अनियमितता र कर छलीको भण्डाफोर उजागर भएको छ। मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर मात्र ५ करोड अमेरिकी डलरमा स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको प्रकरणलाई समितिले अवास्तविक ठहर गर्दै खरिदकर्ताको वित्तीय क्षमता र लगानीको स्रोत शंकास्पद रहेको उल्लेख गरेको छ। प्रतिवेदनले ‘अन्डर इन्भोइसिङ’ र ‘राउन्ड ट्रिपिङ’ मार्फत सम्पत्ति शुद्धीकरण भएको हुन सक्ने आशंका गर्दै एनसेलको बारम्बारको स्वामित्व परिवर्तन वित्तीय स्वार्थका लागि भएको निष्कर्ष निकालेको छ । यसलाई बैध बनाउँने सबैलाई कारबाही सिफारिस गरिएको छ । कानून अनुसार विदेशी टेलिकम कम्पनी निश्चित अवधि अनुसार राष्ट्रियकरण हुनै लागेको थियो । राष्ट्रियकरण हुनबाट रोक्न नेपालीलाई बिक्रि गरेको देखाइयो । जुन कानूनको दायरामा नै नरही खरिद बिक्रि भएको देखाइएको छ । अब यो प्रक्रियाका सहयोग र विचौलियाबाट रकम बुझ्ने त्यो बेलाका मन्त्रीदेखि उच्च पदस्थ सबै तानिने भएका छन् । ***n
ललितपुरको कृष्ण मन्दिरमा छुरा प्रहार गरी २ जना पुरुषको हत्यामा संलग्न २ जना व्यक्ति पक्राउ, थप अनुसन्धान जारी
#नेपालप्रहरी
सिंहदरबारमै विदेशी राजदुतसँग सम्मानिय प्रधानमन्त्री बालेन ज्युको सामूहिक भेटवार्ता
प्रदेश र संघीयता किन चाहियो ? एकपलट सुन्नु होला ।
अविरल बर्षाको कारण आएको बाढी पहिरोमा फसेको गर्भवती महिलालाइ नेपाली सेनाले उद्धार गरेर हस्पिटल पुर्याएका छन ।
05/10/2025
आपतकालीन सूचना: कोशी ब्यारेजमा पानीको बहाव चरम सीमामा छ र आज रातीभरि उच्च सतर्कता स्तरमा रहने सम्भावना छ। सबै सम्बन्धित व्यक्ति र समुदायहरूलाई अत्यन्त सतर्क रहन सल्लाह दिइन्छ।
05/10/2025
सप्तरीमा बाढीपीडितको उद्धारमा सक्रिय नेपाली सेना :
तस्बिर आफै बोल्छ... #सुरक्षितबस्नुहोस्
30/09/2025
'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।
पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।
तर लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७•१ ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएका थिए भने सन्दीप जोराले ६३ रनको योगदान गरेका थिए।
दोस्रो इनिङ्समा नेपालका लागि मोहम्मद आदिल आलम ४ र कुशल भुर्तेलले ३ विकेट लिए।
शनिवारको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएको थियो।
दोस्रो जितसँगै नेपाल समग्र शृङ्खलामा विजयी बनेको छ।
सप्तरिमा अपराधको ग्राफ बढ्दै
28/10/2024
शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा ड्रीम नेपाल युवा संघ,सप्तरी द्वरा राजबिराजको राजरंगशाला "राजबिराज महोत्सव २०८१" आयोजना हुन गइ रहेको छन । स्थानीय कलाकृती, स्थानीय संस्कृति तथा स्थानीय स्तरका पक्षहरुलाइ उजागर गर्न महोत्सवको आयोजना गरिएको बताइएका छन ।
सत्य तथ्य बुझौं र सबैलाई बुझाउन सेयर गरौं ।
राजबिराज गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामी चेकजाँच गराउन जादा बिरामी संग भएको गलत व्यवहार प्रती स्थानीय युवाहरुको संस्था ड्रीम नेपाल युवा संघले पिडितको गुनासो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछी उक्त समुहलाइ छलफलको लागि अस्पतालको मे.सु. ले बोलाए पश्चात छलफलका लागि अस्पताल पुगेका ड्रीम नेपाल युवा संघका प्रतिनिधिहरु माथी मे.सु. के अगाडि एक करारका कर्मचारीको बोल्ने शेलीले मे.सु.को मानसिकता स्पष्ट बुझिन्छ । साथै साकारात्मक छलफलमा पहिला देखिनै मे.सु. द्वरा कर्मचारी बाहेक अस्पताल भन्दा बाहिरको मान्छे बोलाइ मे.सु. को कार्यकक्षमा बसाएर राख्नुको पछाडि उधेश्य के ? करारका कर्मचारीले अभद्र तरिकाले बोलेपछी मे.सु. मोन किन ? बिवाद सिर्जना हुदा मे.सु. द्वरा बोलाएका व्यक्तिहरुले मात्र किन गालिगलोच र धक्कामुक्की गरेको ? के मे.सु.को पहिले देखि बिवाद सिर्जना गर्ने मानसिकता थियो ?
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Rajbiraj
031