Radio Mandavi

Radio Mandavi

Share

Contact 086420213

14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।

यस कठिन परिस्थितिमा विपत्तिमा पर्नुभएका सबैप्रति सहानुभूति र सहयोगको भावना अझ बलियो बनोस्।

13/09/2026

हाड जोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना

७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई निःशुल्क चेकजाँच तथा अन्य बिरामीका लागि विशेष छुटसहित ओसीसारा स्वास्थ्य परामर्श, बुटवलका वरिष्ठ हाड जोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ प्युठान नगरपालिका–४, बिजुवार, अस्पताल लाइनमा रहेको पूजा हेल्थ क्लिनिकमा आउनुहुने भएकाले निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा लिनुहोला।

डाक्टर आउने मिति: २०८३ असोज ०२ गते, शुक्रबार।

डाक्टरद्वारा दिइने सेवाहरू:
• ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क चेकजाँच, जसका लागि नागरिकता साथमा ल्याउनुहोला।

• ढाड तथा कम्मरको दुखाइ, चोटपटक लागेको, भाँचिएको, हातखुट्टा तथा शरीर झमझम गर्ने, जोर्नीमा गाँठागुठी पलाएको, पुरानो बाथ, नशा च्यापिएको, युरिक एसिड।

• हड्डी तथा नशासम्बन्धी नयाँ–पुराना रोगहरूको सफल उपचार गरिन्छ।

सम्पर्क: पूजा हेल्थ क्लिनिक तथा रक्षा फार्मेसी, प्युठान नगरपालिका–४, अस्पताल लाइन, बिजुवार।

ल्याब टेक्नोलोजिस्ट, बीएमएलटी अस्मिता बुढाथोकी।

९८५७०५९८८९, ९८५७०५९८८९

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी चयन - Mandavi Online 12/09/2026

यस सामुदायिक रेडियो माण्डवीका प्रबन्ध निर्देशक Padam Subedi लगायत नवगठित कार्यसमितिलाई हार्दिक बधाई ।।

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी चयन - Mandavi Online प्यूठान । नेपाल प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी चयन हुनुभएको छ। शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशन.....

09/09/2026

रेडियो माण्डवी ९७ मेगाहर्जको २० औ बार्षिकोत्सव बिशेष

08/09/2026

आज भदौ २४ गते, प्यूठान जिल्लामा पहिलोपटक रेडियो प्रसारण सुरु भएको ऐतिहासिक दिन। महामानव बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर आजकै दिन रेडियो माण्डवी एफएम ९७ मेगाहर्जले आफ्नो प्रसारण आरम्भ गरेको थियो।

प्रसारणमा आएको २० वर्षको अवधिमा जिल्लाको सञ्चार क्षेत्रमा धेरै परिवर्तन भएका छन्। प्यूठानको भौगोलिक अवस्था र विकटताका कारण यहाँ सूचना तथा सञ्चारको माध्यमका रूपमा एफएम रेडियोको भूमिका अझ महत्वपूर्ण र प्रभावकारी रहँदै आएको छ।

रेडियो माण्डवी एफएम ९७ मेगाहर्जको २०औँ स्थापना दिवसको यस अवसरमा रेडियोलाई निरन्तर माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता, संस्थापक सदस्य, स्थानीय तह, शुभचिन्तक तथा सहयोगी संघ–संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

रेडियो माण्डवी परिवार
प्यूठान ।

08/09/2026

गगनको प्रश्न- भदौ २३ को घटनामा राज्यबाट भएको बल प्रयोगको जिम्मेवारी कसले लिने ?

'युवाको मागअनुसार बदलिएको कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ'

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ - Mandavi Online 07/09/2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ - Mandavi Online कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्यूठानका एक प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । माण्डवी गाउँपा.....

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा प्यूठानमा दिप प्रजोलन । - Mandavi Online 07/09/2026

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा प्युठानमा दीप प्रज्वलन

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा प्यूठानमा दिप प्रजोलन । - Mandavi Online भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा प्यूठानको खलङ्गामा दीप प्रज्वलन ग....

Category

Telephone

Address


Pyuthan