Mahesh kc

Mahesh kc

Share

News

Photos from Mahesh kc's post 30/11/2022

कुल कुलानले सबै रक्षा गरुन 🙏🙏

09/10/2022

प्युठान,
ऐरावती गाउँपालिका वडा नं ४ तिग्रापातलमा गाउँमाथिबाट पहिरो खस्न थालेपछि बस्ती नैँ बिस्थापित भएको छ । गाउँमाथिको जमिनको धेरै ठाउँमा धाँजा फाटेपछि जोखिम बढेकाले गाउँका सबै मानिसहरू लाई स्थानीय सरकारको सहजीकरण मा पद्धमोदय माध्यमिक बिधालय धुवाङ मा स्थानान्तरण गरिएको छ । तिग्रापातल गाउँका २३ घर उच्च जोखिममा रहेका छन

08/10/2022

अप्डेट : प्युठानको मोतिपुरमा ढुंंगाले बाटो छेक्यो, आजलाई बड्डाडा–जस्पुर सडक सुचारु हुन कठिन देखियो ।
बाटोमा तेर्सीएको ठूलो ढुङ्गा जेसिबिले फुटाउन नसकेपछि चेन सहितको एक्साभेटर मगाउने तयारी भैरहेको छ । रातिसम्म ढुङ्गा फोरेर हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिनुभयो।

08/10/2022

सरुमारानीमा वडा कार्यालय सहित पहिरोमा बगे चार घर

प्युठानको सरुमारानी गाउँपालिका -६ को वडा कार्यालय भवन पहिरोले बगायो। यस्तै, पहिरोले मोहोन सिङ पुन,खड्क बहादुर पुन र रुम बहादुर पुनको घर गोठ संगै पशु चौपाया बगे। मानबिय क्षति भएको छैन।

07/10/2022

मुख्य समाचार
प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता
प्रकाशित मिति २०७९ आश्विन २१, शुक्रबार १८:३८

200
Shares
facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button sharethis sharing button
प्युठान– प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन।
माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा बेपत्ता हुनेहरुमा घर भित्र रहेका ६० वर्षीय राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए।

पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरिक्षक थापाले बताए।
प्रहरीका अनुसार माण्डवी–१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।

02/08/2022

ऐरावती गाउपालिका वार्ड न . ५ पकला मा रहेको पिक्निक पार्क सन्चालन खर्च त चाहिन्छ तर ३०० त अलि बढि नै भयो। जनताको करबाट बनाउने अनि जनता कै ढाड सेक्न त भएन नि।

28/07/2022

ऐतिहासिक लुङको देवालि अाउदो मंसिर १५ मा हुने।
कुल देउताले हामी सवैको रक्षा गरून्!

Want your public figure to be the top-listed Public Figure in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pyuthan