Routine of All Routines
Providing legitimate and true information. Independent News Media
यतिखेर सामाजिक सञ्जालहरूमा केही पार्टी सङ्गठनमा लागेका 'झोले प्रवृत्ति'का व्यक्ति विशेषबाट सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूले भारतीय प्रधानमन्त्रीको गुलामी गरिन् भन्ने जस्ता निकै अप्रासंगिक कुराहरू आइरहेका छन्।
कुनै पनि सार्वभौम राष्ट्रको राष्ट्रप्रमुख व्यक्तिको नामको चर्चा हुँदा, उहाँलाई विशेष र उच्च सम्मानका साथ सम्बोधन गर्नुलाई गुलामी गरेको भनिँदैन।
विद्यालयमा नैतिक शिक्षा पढेनौ, या तिम्रो पार्टीमा झोले प्रवृत्तिले यो कुरा सिकाइँदैन होला।
"विडम्बना।"
12/09/2025
हार्दिक बधाई सम्माननीय सुशीला कार्कीज्यू।🙏
नेपालको वर्तमान कठिन र विषम परिस्थितिमा, जनताको आशा र विश्वासलाई मूर्तरूप दिँदै आन्दोलनरत जेन-जी युवाहरूको मागअनुसार अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएकी नेपालकै पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
न्यायपालिकामा तपाईंले निर्वाह गर्नुभएको निष्पक्षता र साहसको भूमिकालाई राष्ट्रले सधैँ उच्च सम्मान गर्दछ। हामी विश्वास गर्दछौँ कि तपाईंको स्वच्छ छवि र कुशल नेतृत्वमा देशले सुशासन, स्थायित्व र समृद्धिको नयाँ अध्याय सुरु गर्नेछ।
समग्र राष्ट्रको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना!
दुलोमा लुकेर बस्दै टुच्च टुच्च फेसबुकमा पोस्ट गर्ने विभिन्न पार्टी र सङ्गठनमा लाग्नुभएका दिग्गज, साथीभाइ र युवाहरू; तपाईंहरूले जनताको माग, जनताको आशा, जनताको म्यान्डेट त बुझिहाल्नुभयो र त्यसको ज्वलन्त उदाहरण जेन-जीको आन्दोलनले स्पष्ट पारिसकेको छ।
अब पनि किन तपाईंहरू पार्टी र सङ्गठन भनेर आफ्ना भ्रातृ सङ्गठनलाई सडकमा उतार्दै हुनुहुन्छ? 'संविधान बचाऊँ' भन्ने नारा किन लगाउन जरुरी छ, अहिलेको विद्यमान संविधान पनि त हामीले नै चुनेर पठाएका तपाईंहरूले नै बनाएर पास गर्नुभएको हो र यसले सफलतापूर्वक काम गर्न नसकेपछि किन अब संविधान संशोधन गरेर नयाँ परिष्कृत संविधानलाई आत्मसात् नगर्ने?
यदि दुलोमा लुकेर अझै पनि देश र जनताको माया छ भनेर खोक्रा भाषण गर्नुहुन्छ र पार्टी सङ्गठन छाड्न सकिन्न भन्नुहुन्छ भने तपाईंहरू अझै पनि देश र जनताप्रति उत्तरदायी हुनुहुन्न। गलत भएको छ, गलत गरिएको छ भन्ने लाग्छ भने किन अब आउने परिष्कृत संविधानको दायरामा रहेर छानबिनमा आएर आफूलाई चोख्याउन सक्नुहुन्न? आजको दिनसम्म देश र जनताको हितमा काम गरेको भए खुल्ला आकाशमा, आन्दोलनरत साथीहरूका बीचमा आएर आफ्नो देशप्रेमी भावना व्यक्त गर्न सक्नुहुन्थ्यो होला तर विडम्बना दुलोमा लुकेर पोस्ट गर्नुपरेको छ।
अझै पनि ढिला भएको छैन, पार्टी सङ्गठन छाडिदिनुहोस् र खुल्ला मैदानमा स्वतन्त्र नेपाली जसले देशको माया गर्छ, देशको सार्वभौमिकता रक्षा गर्ने आँट गर्छ, त्यस्तो विचार लिएर किन आउनुहुन्न र जनमानसको इच्छा र भरोसामा अगाडि बढ्न सक्नुभएको छैन? अनुरोध छ सबै जना डुलोप्रेमी पार्टी र सङ्गठनका साथीहरूलाई, निजी र पार्टी स्वार्थ छाडेर सडकमा आउनुहोस् र आन्दोलनरत जेन-जी समूहसँग हातेमालो गरेर जेन-जीहरूको माग र एजेन्डामा साथ दिनुहोस्।
कृपया जेन-जी साथीहरू, वार्ताको टेबलमा नडगमगाउनु होला, आफ्नो माग स्पष्ट राख्नु होला र पूरा नभएसम्म कुनै पनि सम्झौतामा नआउनु होला।
12/09/2025
Lets be clear, precise and no compromises.
आदरणीय साथीहरू एउटा सत्य कुरा चाहिँ हामीले बुझ्नैपर्छ वर्तमान संविधानको धारा ७६ को उपधारा १ अनुसार संसदको सदस्य मात्र नेपालको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ। साथै धार ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभाको विघटन सिर्फ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्न सक्ने व्यवस्था छ। अहिले देशमा प्रधानमन्त्री छैन्नन सिर्फ निबर्तमान प्रधानमन्त्री छ्न निबर्तमान प्रधानमन्त्री ले संसदको विघटन मिल्दैन त्यसैले संसद विघटन गर्ने बाटो संवैधानिक जटिलता छ यदि राष्ट्रपतिबाट शपथ खाएर अन्तरिम प्रधानमन्त्री बन्ने बित्तिकै कसैले अदालतमा मुद्दा हाल्ने बित्तिकै त्यो सरकार एकै दिनमा ढल्छ।
त्यसैले अब बन्ने सरकार सडकबाट घोषणा गरिनुपर्छ अब जुन सरकार हुन्छ त्यसले अन्तरिम संविधान आफै बनाउँछ। त्यसैले भन्दैछु। हामी सबै युवा साथीहरू हो ५१ औ जना युवाहरुको बलिदान बाट प्राप्त गरेको यो विजय साँच्चै शक्तिमा रुपान्तरण गर्ने हो भने यो बाटो सिवाय अर्को विकल्प छैन।
(नोट: म जान्ने भएर यो यो कुरा लेखेको होइन। वर्तमान संविधान मान्नुहुन्छ भने पुरै संविधान पल्टाएर हेर्नुस् मैले माथि उल्लेख गरेका कुराहरू छन्। कि त हामीले वर्तमान संविधान मान्दैन भन्न सक्नु प्रयो कि त हामीले सरकार बन्ने दिवा सपना त्याग्नुपर्यो।)
- ज्ञानेन्द्र शाही
"स्वागत नेपाल" को भनाई:
सुशिला कार्की बैठकमा झुठ बक्दै, हरेक जेनजीले नबुझे फेरि रगत बग्छ, युवाको रगतमा होली नखेल...
"हामीलाई एउटा यस्तो नेतृत्व चाहिएको छ, जसले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिओस्। सबै नेपालीले गर्व गर्न लायक, समृद्ध र सुशासित नेपाल निर्माण गर्ने लक्ष्य राख्ने व्यक्ति हाम्रो रोजाइ हो।"
गगन थापाको पछिल्ला दुई भिडियोहरु हेरेपछिः-
हामीबाट गल्ती भयो भनेर गगनले प्रष्ट रुपमा स्विकार गरेका छन् ! अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुदैन पनि भनेका छन् । ओली-देउवाकोकुरा छोडौं, यो पछिल्लो पुस्तालाई सवैभन्दा बढी घात गर्ने नेता गगन थापा हुन् ।
नेपालको वास्तविक अवस्था निराशा थियो तर यिनले आशाका कुरा गरिरहे । ओलीपछि सबैभन्दा बढी यिनले सपनाको व्यापार गरे । निराशालाई स्विकार गरेनन् । निराशाका बीच आशा देखाउने ढोंगी बनिरहे । पाखण्डी भएर बोलिरहे । आशावादी हुनु राम्रो थियो तर वास्तविकता बाहिरको आशावादले भ्रममा बाँच्न मात्र सिकायो । वास्तविकताभन्दा भिन्न आशाले युवालाई मानसिक रुपमा आघात मात्र पुर्यायो । यथार्थभन्दा बाहिरको आशा देखाएर समाजमा ‘बिष’ छरिरहे । त्यसैले भ्रम टुटेपछिको वि*स्फोट थियो यो । यो बिषको ब*म थियो ।
पछिल्लो केहि वर्षदेखि गगनलाई कसैले आश गरिएका नेता भनेर लेखेको देख्ने बितिक्कै मनमा अनेक कुरा खेल्थे । के आश गरेका होलान् ? कहिलेदेखि आशावादी हुने रहर जाग्यो होला ? यिनका आशाका अन्त्य कहिले हुन्छ होला ? अन्त्य भएपछि फेरि आश गर्छन् कि गर्दैनन होला ? अन्ततः गगनको आशा सकिएको छ । गगनको सपनाको भारीले उनैलाई थिच्यो ! गगनहरूको कुकर्मले उनिहरूलाई मात्र थिचेन, देशले ठुलो क्षति वेहोर्यो ! त्यसैले गगनलाई इतिहासले माफि दिनेछैन ।
साभार: राजीव खत्री
कुलमान घिसिङ र हर्क साम्पाङ संयुक्त अन्तर्वार्ता दिँदै।
अन्तरिम प्रधानमन्त्री चयनमा कसैको पनि स्वार्थको द्वन्द्व (conflict of interest) नबाझियोस्।
देशले नयाँ सोच, नयाँ विचार र देशको प्रगति तथा सुशासनको विषयलाई प्राथमिकता दिने व्यक्ति चयन होस्।
सबै व्यक्ति र संस्थालाई शंका गर्नु गलत हो, तर सतहमा आएका कुरालाई सबैसामु ल्याउनु पनि एउटा जनचेतना भएको कारणले हामीले पोस्ट गरिरहेका छौँ।
हामी कसैको विपक्षमा नरहेको जानकारी दिँदै गर्दा, सबै व्यक्ति शतप्रतिशत सही र स्वच्छ छविको हुन सक्दैनन् भन्ने हाम्रो ठम्याइ हो।
आशा गरौँ, अहिले बसिरहेको बैठक चाँडै नै केही नयाँ निष्कर्षका साथ बाहिर उजागर होस्।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara