Gautam Software Developer

Gautam Software Developer

Share

Gautam Software Developer

10/09/2024

शुभप्रभातः
२०८२ साल असार र श्रावण महिना कति कति दिनका छन ? कुनै श्रोत वा जानकारी भए पाउँ न ।

पुनश्चः हाम्रो पात्रो, नेपाली पात्रो वा यस्तै अन्य कुनै डिजिटल पात्रोमा फरक फरक अङ्क देखिएकोले एकिन अङ्क आवश्यक परेको ...

23/07/2024

Cooperative Software (सहकारी सफ्टवयर)
यस सफ्टवयरका विशेषताः
✅मेन्यु, मेसेज सहित पुरै सिस्टम नेपाली भाषामा भएको
✅डेविट क्रेडिट नजान्नेलाई पनि चलाउन सजिलो
✅डेरी, सहकारी पसल, विद्युत, चिया, कृषि उपज लगायत बहुउद्देश्यीय
कारोवार एउटै प्रणालीमा भएको
✅लेखा परिक्षण सहित २५० भन्दा बढी प्रतिवेदन भएको
✅शाखाहरु भएको सहकारीमा अन्तरशाखा कारोवारको स्वतः व्यवस्थापन
✅अनलाईन तथा अफलाईन दुवै मोडमा उपलब्ध
✅बजार प्रतिनिधीका लागि अफलाईन संकलन App
✅फिल्डमै रसिद प्रिन्ट गर्न सकिने
✅डाटावेसको ब्याकअप इमेलमा समेत सेभ हुने
✅सदस्यले आफ्नो शेयर, बचत, ऋण, व्याज, भाखा नाघेको सम्पूर्ण विवरण
मोवाईल App मा देखिने
✅सदस्यको मोवाईलमा कारोवारको SMS alert
✅Staff लाई जुनसुकै अधिकार दिन/नदिन मिल्ने
✅PEARLS, COPOMIS, स्वतः प्रकाशन प्रतिवेदन उपलब्ध
✅Bank transfer, रेमिट कारोवार, Utility bill payment, TopUP

13/07/2024

Cooperative Software (सहकारी सफ्टवयर)

यस सफ्टवयरका विशेषताः
✅मेन्यु, मेसेज सहित पुरै सिस्टम नेपाली भाषामा भएको
✅डेविट क्रेडिट नजान्नेलाई पनि चलाउन सजिलो
✅डेरी, सहकारी पसल, विद्युत, चिया, कृषि उपज लगायत बहुउद्देश्यीय
कारोवार एउटै प्रणालीमा भएको
✅लेखा परिक्षण सहित २५० भन्दा बढी प्रतिवेदन भएको
✅शाखाहरु भएको सहकारीमा अन्तरशाखा कारोवारको स्वतः व्यवस्थापन
✅अनलाईन तथा अफलाईन दुवै मोडमा उपलब्ध
✅बजार प्रतिनिधीका लागि अफलाईन संकलन App
✅फिल्डमै रसिद प्रिन्ट गर्न सकिने
✅डाटावेसको ब्याकअप इमेलमा समेत सेभ हुने
✅सदस्यले आफ्नो शेयर, बचत, ऋण, व्याज, भाखा नाघेको सम्पूर्ण विवरण
मोवाईल App मा देखिने
✅सदस्यको मोवाईलमा कारोवारको SMS alert
✅Staff लाई जुनसुकै अधिकार दिन/नदिन मिल्ने
✅PEARLS, COPOMIS, स्वतः प्रकाशन प्रतिवेदन उपलब्ध
✅Bank transfer, रेमिट कारोवार, Utility bill payment, TopUP

Audit Adjustment 13/01/2023

https://youtu.be/4DzvCZTGKsg

सहकारी संस्थाहरुमा कपास ६ सफ्टवयर चलाउनु भएका मित्रहरुलाई लेखा परिक्षण प्रतिवेदनसंग कम्प्युटरको हिसाव मिलान गर्ने तरिकाको बारेमा यस भिडियोमा सविस्तार वयान गरिएको छ । हामीलाई आशा छ यो सामाग्री हेर्नुभएपछी हजुरहरु आँफैले आफ्नो सहकारीको कपासको अल्या हिसावलाई लेखा परिक्षण प्रतिवेदन अनुसार बनाउन सक्नुहुनेछ ।

Audit Adjustment This video is useful for Audit Adjustment in Copas 6 software.

02/11/2022

सहकारी संस्थाहरुले प्रयोग गर्दै आउनुभएको Bulk SMS सेवाबाट निर्वाचन सम्वन्धी कुनै पनि सामाग्री, सन्देश आदान प्रदान नगर्नुहुन निर्वाचन आयोगको निर्देशन बमोजिम अनुरोध गरिन्छ । राज्यको प्रचलित कानुनले निषेध गरेका कार्यहरु नगर्नु हामी सवैको कर्तव्य पनि हो । यसको वेवास्ता गरी Bulk SMS सेवाको दुरुपयोग भएको पाईएमा सो को जवाफदेही सम्वन्धित सहकारी संस्था नै हुने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
गौतम सफ्टवयर डेभलपर

15/04/2022

सहकारी लेखा सम्वन्धि सामान्य जानकारी
सहकारी लेखा सम्वन्धमा कम जानकारी भएका व्यक्तिहरुका लागि यो विषयबस्तू अति महत्वपुर्ण रहने अपेक्षा गरेको छु । यस परिच्छेदमा सहकारी संचालनका क्रममा दैनिक रुपमा प्रयोगमा आउने कारोवारलार्ई चार खातामा चढाउने तरिकाका बारेमा उदाहरण सहित व्याख्या गर्ने जमर्को गरिएको छ ।
खर्च, आम्दानी, सम्पत्ति र दायित्व गरी सहकारीमा मूख्य खाताहरु ४ वटा हून्छन । ति खाताहरुलाई खर्चलाई २ नं., आम्दानीलाई ३ नं., सम्पत्तिलाई ४ नं. र दायित्वलाई ५ नं. भनि संकेत गरिएको हून्छ । सवै मुख्य खाताहरुका ससाना सहायक खाताहरु हून्छन । तिनिहरुको पनि आआफ्नै संकेत नम्वरहरु हून्छन । खर्च खाता तथा सम्पत्ति खाता डेविट खाताहरु हून भने आम्दानी खाता र दायित्व खाता क्रेडिट खाताहरु हून । यस मानेमा जम्मा खर्च र जम्मा सम्पत्ति जोड्दा आउने रकम, जम्मा आम्दानी तथा जम्मा दायित्व जोड्दा आउने रकमसंग बराबर हूनूपर्दछ । कूनै पनि कारोवार पोष्ट गर्दा एउटा डेविट र एउटा क्रेडिट सहायक खाता हूनै पर्दछ । अर्थात जूनसूकै कारोवार पोष्ट गर्दा पनि त्यो कारोवारलाई एकपटक डेविट खातामा पोष्ट गर्नू पर्दछ भने अर्को पटक क्रेडिट खातामा पोष्ट गर्नुपर्दछ । लेखाको यस पद्धतीलाई दोहोरो लेखा प्रणाली भनिन्छ । तर सफ्टवयरमा भने एउटा कारोवार एक पटक मात्र पोष्ट गरे पूग्छ त्यहाँ स्वतः दोहोरो पोष्टीङ्ग हूने व्यवस्था मिलाईएको हून्छ । यस प्रणालीलाई अझ राम्रो संग बूझ्नको लागि तलका उदाहरणहरु हेर्न सान्दर्भिक रहला ।
कुनै बचतकर्ताले सहकारीमा रहेको उसको बचत खातामा जम्मा गर्नको लागि ५,००० रुपैया बुझाएपछि यसलाई पोष्ट गर्दा दायित्व (५नं.) मुख्य खाता अन्तरगतको बचत (३०...) सहायक खाता क्रेडिट हुन्छ भने सम्पत्ति (४नं.) मुख्य खाता अन्तरगतको नगद (८०) सहायक खाता डेविट हुन्छ । यसैगरी अर्को व्यक्तिले ५०,००० रुपैयाको शेयर खरिद गरेको कारोवारलाई पोष्ट गर्दा दायित्व (५नं.) मुख्य खाता अन्तरगतको शेयर (१०...) सहायक खाता क्रेडिट हुन्छ भने सम्पत्ति (४नं.) मुख्य खाता अन्तरगतको नगद (८०) सहायक खाता डेविट हुन्छ । सहकारी संस्थाले ४,५०० रुपैया घरभाडा भुक्तानी गरेको अर्को कारोवार पोष्ट गर्दा खर्च (२नं.) मुख्य खाता अन्तरगतको घरभाडा (१५०...) सहायक खाता डेविट हुन्छ भने सम्पत्ति (४नं.) मुख्य खाता अन्तरगतको नगद (८०) सहायक खाता क्रेडिट हुन्छ । यस्तै कुनै व्यक्तिले सेवा शुल्क बापत १५० रुपैया भुक्तान गरेको कारोवारलाई चारखातामा चढाउंदा आम्दानी (३नं.) मुख्य खाता अन्तरगतको सेवा शुल्क (१६०...) सहायक खाता क्रेडिट हुन्छ भने सम्पत्ति (४नं.) मुख्य खाता अन्तरगतको नगद (८०) सहायक खाता डेविट हुन्छ । यि माथि उल्लेख भएका चारवटा उदाहरणलाई यस पछाडी चार्टमा प्रस्तुत गरिएको छ । सामान्य अवस्थामा खर्च सधैं डेविट र आम्दानी सधैं क्रेडिट हूने भएकाले तल खर्च र आम्दानी महलमा डेविट क्रेडिट बनाईएको छैन । सम्पत्ति खाताको बांकी मौज्दात हिसाव गर्न डेविटमा क्रेडिट घटाउनू पर्दछ किनकी सम्पत्ति डेविट खाता हो र यसको मौज्दात जहिले पनि डेविटमा नै हुन्छ । दायित्व खाताको बांकी मौज्दात निकाल्दा क्रेडिटमा डेविट घटाउनू पर्दछ किनकी दायित्व क्रेडिट खाता हो र यसको मौज्दात जहिले पनि क्रेडिटमा नै हून्छ ।

संलग्न टेबलमा कारोवार नं. १ ले बचत जम्मा हुंदा डेविट सम्पत्ति र क्रेडिट दायित्व भएको देखाउंछ । जसले गर्दा सम्पत्ति पनि बढेर ५,००० पूगेको छ । क्रेडिट पनि बढेर ५,००० पूगेको छ । कारोवार नं. २ ले शेयर थप हुंदा सम्पत्ति डेविट भई पहिलाको बांकी सम्पत्ती ५,००० मा थप भएर जम्मा सम्पत्ति ५५,००० पूगेको देखियो भने क्रेडिट पनि दायित्व खातामा पहिलाको ५,००० मा थप भई जम्मा दायित्व ५५,००० पूग्यो । ३ नं. कारोवारले खर्च ४,५०० डेविट भर्ई जम्मा खर्च ४,५०० पूगेको छ भने सो खर्च गर्दा ४,५०० सम्पत्ति क्रेडिट भई घटेकोले जम्मा सम्पत्ति ५०,५०० मात्र बांकी रहेको छ । ४ नं. कारोवारले आम्दानी क्रेडिट भई जम्मा आम्दानी १५० बढेको छ भने सम्पत्ति पनि १५० रुपैया बढेर जम्मा सम्पत्ति ५०६५० पूग्यो । अव जम्मा खर्च र जम्मा सम्पत्ति अर्थात सम्पूर्ण डेविट जोडेर हेरौं । जम्मा डेविट ४,५००+५०,६५०=५५,१५० देखिन्छ । अव जम्मा आम्दानी र जम्मा दायित्व अर्थात सम्पुर्ण क्रेडिट जोडेर हेरौं । जम्मा क्रेडिट १५०+५५,०००=५५,१५० देखिन्छ । यसरी डेविट तथा क्रेडिट बराबर हूनू पर्दछ ।

खर्च डेविट हूनू भनेको खर्चमा बृद्धि हूनू हो । आम्दानी क्रेडिट हूनू भनेको आम्दानीमा बृद्धि हूनू हो । सम्पत्ति डेविट हूनू भनेको सम्पत्तिमा बृद्धी हूनू हो । सम्पत्ति क्रेडिट हूनू भनेको सम्पत्तिमा कमि हूनू हो । दायित्व क्रेडिट हूनू भनेको दायित्व वा जिम्मेवारीमा बृद्धि हूनू हो । दायित्व डेविट हूनू भनेको दायित्व वा जिम्मेवारीमा कमी आउनू हो । यसलार्ई अझ राम्ररी बूझ्नको लागि एउटा अर्को उदाहरण हेरौं । जव कसैले संस्थामा सम्पत्ति जम्मा गर्दछ (नगद बूझाउंछ) तव संस्थाको सम्पत्ती बृद्धि हून्छ, अर्थात नगद डेविट हून्छ । यसरी प्राप्त भएको नगदको क्रेडिट निम्न बमोजिम ३ प्रकारको हून सक्दछ ।
१. कि भने सो रकम भविष्यमा फिर्ता गर्नूपर्ने हून्छ जस्तै सदस्यहरुले बचत जम्मा गर्दा, यस्तो अवस्थामा सो कारोवारको क्रेडिट दायित्व खाता हून्छ । किनकी आज नगद प्राप्त गरेको सम्पत्ति भविष्यमा संस्थाले फिर्ता गर्नूपर्ने दायित्व सिर्जना हून्छ ।
२. कि भने सो रकम कूनै शिर्षकमा आम्दानी स्वरुप लिईएको हून्छ जस्तै प्रवेश शूल्क, यस्तो अवस्थामा सो कारोवारको क्रेडिट आम्दानी हून्छ । (आम्दानी जो भविष्यमा कसैलाई फिर्ता गर्नू पर्दैन)
३. कि भने सो रकम सम्पत्तिकै अर्को शिर्षकमा घटेको हून्छ जस्तै बैंकबाट पैसा फिर्ता झिक्दा । यस्तो अवस्थामा सो कारोवारको क्रेडिट बैंक खाता हून्छ । एउटा सम्पत्ति नगद जो बढेको हून्छ र अर्को सम्पत्ति बैंक मौज्दात जो घटेको हून्छ ।

19/01/2022

हिजो बेलुका २ घण्टाका लागि लिएको डाटा प्याकको अवधि समाप्त भएको मेसेज दुई घण्टा पछी नआएर आज विहान मात्र आयो । यो एउटा उदाहरण मात्र हो । यी पछिल्ला दिनहरुमा नेपाल टेलिकमको विभिन्न स्थानहरुमा पुर्वाधार मर्मत तथा प्रविधीको स्तरोन्नती हुँदै गरेकोले NTC नेटवर्कमा पठाईएका SMS म्यासेजहरु समयमा Subscriber कहाँ समयमै नपुगेर धेरै ढिला गरी प्राप्त हुने गरेको जानकारी प्राप्त भएको हुँदा Copas का प्रयोगकर्ताहरुले प्रयोगगर्दै आउनुभएको SMS Alert सुविधामा यसको असर जिल्ला अनुसार धेरथोर परेको छ । अझै एक दुई दिन यो समस्या रहन सक्ने हुनाले यसबाट पर्न भएको असुविधा प्रति हामी क्षमा चाहन्छौ ।

13/09/2021

उपभोक्ताहरुको मागलाई सम्वोधन गर्न हामी सदैव कटीबद्ध छौं ।

अव सहकारी लेखा प्रणाली Copas 8 मा अफलाईन मोवाईल पोष्टीङ्गको पनि सुविधा उपलब्ध छ । दैनिक रुपमा बजार प्रतिनिधीहरु बचत तथा ऋण संकलनका लागि सदस्यहरुकोमा पुग्दा ईन्टरनेट उपलब्ध नहुने हुँदा संकलित रकमको विवरण कपीमा लेखेर नै ल्याउनुपर्ने बाध्यता अव समाप्त भएको छ । सम्वन्धित बजार प्रतिनिधीको मोवाईलमा नै Copas8 मोवाईल App राखेपछी विहान एकपटक ईन्टरनेट भएको ठाउँबाट (सहकारी अफिसमा नै जानु पर्दैन घरबाट नै गर्दा पनि हुन्छ) sync गरेपछी दिनभरी इन्टरनेट नभएपनि बजारमा गएर रकम संकलन गरी सजिलै संग मोवाईलमा रकमको विवरण पोष्ट गर्न सकिन्छ । कसको खातामा कति रकम छ भनेर हेर्न समेत सकिन्छ । दिनभरीको सङ्कलनको काम सकेर अफिसमा पुगेपछी मोवाई खोलेर हेर्दा आज को कसको खातामा के कति रकम संकलन भयो भन्ने देखिन्छ । कुल जम्मा रकम समेत स्वतः देखिने हुँदा क्यासीयरलाई कति रकम बुझाउने भन्नका लागि क्यालकुलेटर हानीरहनु परेन । आफ्नो मोवाईलमा copas8 खोलेर sync गरेपछी दिनभरीको सङ्कलित रकम सिधै सर्भरमा पोष्ट हुन्छ । कम्प्युटरमा पुनः टाईप गरिरहन पनि परेन । सर्भरमा अपलोड भएको डाटालाई अधिकार प्राप्त कर्मचारीले रुजु गरी प्रमाणित गरेपछी सम्वन्धित खाताहरुमा दिनभरीको सङ्कलित रकम स्वतः पोष्ट हुन्छ ।
मोवाईल app संचालन सम्वन्धमा थप जानकारीका लागि तल भिडियो म्यानुअल समेत संलग्न गरिएको छ । Bimal Prasad Gautam Partiman Poudel

Photos from Gautam Software Developer's post 28/05/2020

सहकारी लेखा प्रणाली (Copas 8) का प्रयोगकर्ताहरुलाई खुशिको खवर
अव संस्थाका सदस्यहरुले आफ्नो मोवाईलमा नै शेयर, बचत तथा ऋणको एकमुष्ठ तथा अलग अलग कारोवार हेर्न मिल्ने मोवाईल एप्लिकेसन तयार भएको छ । सुचना प्रविधिको पहुँका लागि लाखौं रुपैया खर्च गर्नुपर्ने बाध्यतालाई निरुत्साहित गर्ने हाम्रो कोशिस जारी छ । हाललाई यो एप्लिकेशन निशुल्क उपलब्ध गराईने छ ।

स्रिकनमा देखाईएका तथ्याङ्क नमूना मात्र हुन ।

SchoolPro 14/05/2020

SchoolPro (new version) released...

release new version of SchoolPro
Offline / Offline

SchoolPro 14/05/2020

SchoolPro (new version)

Want your business to be the top-listed Computer & Electronics Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bagmara
Pokhara
33700