Krishna Ranabhat

Krishna Ranabhat

Share

Photos from Asafal Gautam's post 27/10/2025
07/08/2025
Photos from Krishna Ranabhat's post 02/08/2025

नेवा मिसा पुच नयाँ बजारद्वारा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
पोखरा, साउन १७

पोखरा ९ स्थित रेडक्रस सोसाइटी उपशाखा भवन परिसरमा नेवा मिसा पुच नयाँ बजारको आयोजनामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी रहनुभएको थियो भने वडा सदस्य नन्दराम गिरिले शुभकामना मन्तव्य दिएका थिए भने वडा सदस्य लक्ष्मी पहारी, वडा सचीव कुलराज पौडेल, उत्तम जोशी, बिमला रानाभाट लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम नेवा मिसा पुच नयाँ बजारकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सचिव उषा सिल्पाकारले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कार्यक्रम संयोजक तथा संस्थाकी निवर्तमान अध्यक्ष मिरा श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरिन्। कार्यक्रममा उपाध्यक्ष मिना माकाजुले अतिथिहरूलाई स्वागत गरेकी थिइन्।

शिविरमा डा. अञ्जना कर्मचारी, डा. समी श्रेष्ठ, डा. लक्ष्मी पौडेल, पूर्णिमा किसान, आकृति मानन्धर, र निता मगरले दन्त परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

प्राविधिक सहयोग रानीपौवा स्थित अर्किड डेन्टल एण्ड अर्थोडन्टिक सेन्टरले प्रदान गरेको थियो भने आर्थिक सहयोग पोखरा महानगरपालिका वडा नं ९ बाट प्राप्त भएको हो।

स्थानीय बासिन्दाहरूले यस्तो किसिमका स्वास्थ्य सेवाबाट धेरै राहत पाएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Krishna Ranabhat
Darbarthoknews
Darbarthok Advertising Agency
DarbarNews

सकियो एक्सपर्ट गण्डकी विश्वविद्यालय ब्याडमिन्टन 01/08/2025

सकियो एक्सपर्ट गण्डकी विश्वविद्यालय ब्याडमिन्टन पोखरा । गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तहमा खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीको आयोजनामा एक्स.....

मणिपाल पोखरा र मुक्तिनाथ बाहिनी बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति 01/08/2025

मणिपाल पोखरा र मुक्तिनाथ बाहिनी बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति

मणिपाल पोखरा र मुक्तिनाथ बाहिनी बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति पोखरा । नेपाल मणिपाल शिक्षण अस्पातल पोखरा र श्री सशस्त्र प्रहरी बल, नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, प...

31/07/2025

नेपाल हेरेको हेर्‍ऐ ।

'सदबीज' लिलामीघरले गौतम बुद्धको पार्थिव अवशेषसँग सम्बन्ध भएको ठानिएका रत्नहरू भारतलाई फिर्ता गरेको छ।
भारत र बौद्धधर्मका अगुवाहरूले उक्त लिलामीघरलाई ती पुरातात्त्विक वस्तुहरू धार्मिक भावनासँग जोडिएको भन्दै नबेच्न र तिनको मूल थलोलाई फिर्ता गर्न दबाव दिएका थिए।
गत मे महिनामा हङ्‌कङमा गर्न लागिएको लिलामी भारतको कूटनीतिक हस्तक्षेप तथा कानुनी कारबाहीको चेतावनीपछि रोकिएको थियो।
नेपालमा अवस्थित बुद्धको जन्मस्थल लुम्बिनीनजिकै सीमापारि भारतको पिप्रहवामा एउटा स्तूपमा इँटाले बनेको संरचनाभित्र झन्डै १,८०० वटा रत्न र सुनले बनेका बुट्टेदार पाता फेला परेका थिए। मोती, माणिक, पुष्पराज र नीलमसहितका ती रत्नहरू बुद्धका अस्थिधातु भनेर लेखिएको एउटा पात्रसँगै थिए।
सदबीजले ती रत्नहरू मुम्बईस्थित गोदरेज इन्डस्ट्रिज ग्रूपले लिएको जनाएको छ।
सदबीज, नयाँ क्रेता र भारत सरकारबीच दुई महिना वार्ता भएपछि ती वस्तु भारतलाई फिर्ता गरिएको बताइएको छ।
सदबीजले ती पुरातात्त्विक वस्तुहरू अब स्थायी रूपमै भारतमा प्रदर्शनीका लागि राखिने छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ती वस्तु १२७ वर्षपछि फिर्ता भएकोमा प्रसन्नता व्यक्त गरेका छन्।
यससम्बन्धी पुरानो समाचार : https://bbc.in/4mqcmiF

तुलसीपार्कमा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन, प्रदेश सरकारको सक्रियता 31/07/2025

तुलसीपार्कमा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन, प्रदेश सरकारको सक्रियता पोखरा । पोखरा महानगरपालिका–११ रानीपौवाको तुलसीमार्गस्थित तुलसीपार्क परिसरभित्र नवनिर्मित जेष्ठ नागरिक मिलन क...

क्यानभाषमा मुस्ताङको भगवान ऋषि गुम्बा 31/07/2025

क्यानभाषमा मुस्ताङको भगवान ऋषि गुम्बा पोखरा । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेन सिंह ठकुरीले मुस्ताङ जिल्लाको .....

संगम सहकारीको शुभकामना आदानप्रदान 31/07/2025

संगम सहकारीको शुभकामना आदानप्रदान पोखरा ५ बैशाख , संगम बचत तथा ऋण सहकारी संस्था , पोखरा १५ ले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम ग...

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Pokhara