RMFM Rukum

RMFM Rukum

Share

Page · Media/news company तपाईलाई हाम्रो फेसबुक पेजमा हार्दिक स्वागत छ ।

Photos from RMFM Rukum's post 07/02/2025

पाँचौं वार्षिकोत्सवको अवसरमा जारी शुभकामना सन्देश ।
सानीभेरी सामुदायिक विकास केन्द्र द्वारा संचालित रेडियो मौराखारा एफ.एम. पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आम श्रोता¸ स्थानीय सरकार¸ विज्ञापनदाता¸ सहयोगी संघ संस्था¸ रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी हाम्रो शभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
२०७६ साल माघ २५ गते प्रशारणमा आई फाल्गुन २ गते प्रतिनिधि सभाका संसद तथा नेपाल सरकारका पूर्व अर्थमन्त्री माननीय जनार्दन शर्माबाट विधिवत रुपमा उद्घाटन भई प्रशारण सुरु गरेको रेडियो मौराखाराले हाल सम्म सूचना¸ मनोरञ्जन¸ विकास र विचार प्रवाहको माध्यमबाट आम श्रोताहरुको महत्वपूर्ण माध्यम बनेको छ ।
रेडियो मौराखारा एफ.एम.को पाँचौं वार्षिक उत्सबको अवसरमा देशमा संघीयता कार्यन्वयन संगै स्थापना भएका स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो मौराखराको माध्यबाट सहयोग गर्ने¸ राम्रा कामको प्रचारप्रसार गर्ने र अनियमितताको शसक्त भण्डाभोर गर्ने अभियानलाई पनि हामी निरन्तरता दिइरहेका/दिइरहने छौं । साथै सामाजिक परिवर्तन¸ स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना¸ स्थानीय प्रतिभाको प्रष्फुटन¸ जनहितकारी तथा कल्यानकारी सन्देश¸ अत्यावश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा अगाडि बढाइरहेको छ ।
रेडियो मौराखारा एफ.एम. का माध्यमबाट रुकुम (पश्चिम) जिल्ला तथा विशेष गरी सानीभेरी गाउँपालिकाबासी नागरिकलाई सूचना, मनोरञ्जन र चेतना अभिवृद्धि गराउने महान लक्ष्यमा हामी कहिले पनि विचलित नभई अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्दछौं । हाम्रो लक्ष्य तथा अभियानमा सबैबाट सहयोगको अपेक्षा समेत गरेका छौं । पछिल्लो समय एफ.एम. रेडियो कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकाले हाम्रा शुभचिन्तक तथा सरकारबाट सहयोगको आशा राखेका छौं । अन्त्यमा छैटौं वर्ष प्रवेशको अवसरमा हामीलाई यहाँ सम्म आउनको लागि सहयोग गर्ने हाम्रा आम श्रोता¸ विज्ञापनदाता¸ सानीभेरी गाउँपालिका सरकार¸ अन्य सरकारी कार्यालयहरु, सहयोगी संघसंस्था साझेदारी संचार माध्यमहरु¸ रेडियोमा आवद्ध पत्रकार तथा कर्मचारी¸ हाम्रा सुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दछौं ।
२५ माघ २०८१ ।

नारायण ओली राम बहादुर विष्ट
स्टेशन प्रमुख अध्यक्ष
रेडियो मौराखारा एफ.एम. सानीभेरी सामुदायिक विका केन्द्र

02/11/2024

भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा ।

28/07/2024

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पूताल

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यृ, एक जना बेपत्ता 16/07/2024

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यृ, एक जना बेपत्ता

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यृ, एक जना बेपत्ता

10/07/2024

आजभोली बाढी पहिरोसँगै चट्याङको पनि डर हुन्छ। चट्याङबाट यसरी सुरक्षित हुन सकिन्छ हैं...

15/05/2024

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने माथि लगाएकाे निलम्बन फुकुवा गरेकाे छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ ।

Photos from RMFM Rukum's post 24/04/2024

रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको बहु प्रतीक्षित चलचित्र ‘घरज्वाइँ’का थप दुई पोस्टर सार्वजनिक

विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न तह मिलान गरिएको हो- शिक्षा शाखा अधिकृत भूपाल सिं बिष्ट Naraya 23/04/2024

विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न तह मिलान गरिएको हो- शिक्षा शाखा अधिकृत भूपाल सिं बिष्ट Naraya ➥...... नमस्कार, MK Online Nepal Youtube Channel मा तपाइलाई स्वागत छ ।======............Subscribe My Channelहामी अन्तर्राष्ट्रिय स्तरको लागि नेपाली गाउँले जी...

17/04/2024

दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुवहाक बस सल्यानमा दुर्घटना भएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटना भएको बताईएको छ।

दुर्घटनामा परेर एक दर्जन यात्रुहरु घाइते भएको र घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइतेहरुलाई उपचारको लागि जनप्रिय पोलि क्लिनिक र सहज पोलि क्लिनिकमा लिइएको छ ।

बस पुलछेउबाट तल खसेको बताईन्छ । दुर्घटनाको कारण र क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ ।

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Address


Sanibheri Gaupalika 9 Simli
Pokhara
22009