Panchase.com

Panchase.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panchase.com, Digital creator, Pokhara.

Photos from Panchase.com's post 21/06/2026

तस्वीरमा देखिने यो दृश्य आर्थर बेसीको हो। हेर्दा प्रकृतिले नयाँ रूप लिएझैं लागे पनि यस भित्र एउटा छुट्टै कथा लुकेको छ।
​अहिलेभन्दा करिब १०-१५वर्ष पहिलेसम्म यी गराहरूमा ताँती लागेर रोपाईं हुन्थ्यो। असार-साउनमा हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै धान रोपेका यादहरू अझै ताजा छन्। मंसिरमा सुनौला धानका बाला झुल्दा सिंगो गाउँ नै उज्यालो देखिन्थ्यो। तर आज समय फेरिएको छ, परिस्थिति फेरिएको छ।
​गाउँका युवाहरू रोजगारी र शिक्षाको खोजीमा बाहिरिएसँगै हिजो अन्न फल्ने ती उर्वर खेतहरू आज यसरी झाडी र बुट्यानमा परिणत भएका छन्। प्रकृतिले त आफ्नो ठाउँ ओगट्यो, तर हिजो श्रम र पसिनाले भिज्ने यी माटाका गराहरू देख्दा मन अलिकति अमिलो अवश्य बन्दछ।
फोटो: Panchase.com

21/06/2026

Lok and kabita home stay arthar dadakharka badagau booking . 9806753800

20/06/2026

अस्ताउँदै गरेको सूर्य काहुले को रकमडाँडा🌅
फोटो: Panchase.com

20/06/2026

लोकल ढिँडोको स्वाद नै बेग्लै! 😍
मन पर्छ भने कमेन्ट गरौँ।"

20/06/2026

शुभ बिहानी तपाईंहरूको दिन शुभ रहोस श्री साङ ङाग धोजे छ्योलिङ्ग गुम्बा डाडाखर्क।

19/06/2026

हाम्रो आर्थर डाँडाखर्क र खौला लाकुरी को सुन्दर परिवेशमा सिन्दुरे जात्रा को छायांकन भइरहेको छ। लोकप्रिय कलाकार Bijay Baral र Anjana Baraili अभिनीत यो चलचित्र आगामी मंसिर ४ गते प्रदर्शन हुँदैछ। आर्थरको प्राकृतिक सौन्दर्य र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन यो चलचित्रले महत्वपूर्ण योगदान पुर्‍याओस् भन्ने शुभकामना।

Photos from Panchase.com's post 19/06/2026

ध्यानाकर्षण !

यो काहुले–राहे नौ खाल्टा –खाल्टा–बगालथोक बैडा खण्डको सडकको वर्तमान अवस्था हो। मुख्य सडक नेटा माझकटेरातर्फबाट वर्षायाममा पहिरो आएर अवरुद्ध भएमा यही वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ। तर अहिले यो बाटोमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नै छैन।

आपतकालीन अवस्थामा बिरामीलाई उपचारका लागि लैजान समेत कठिन हुने भएकाले सम्बन्धित निकायले तत्काल ध्यान दिई सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक छ।

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pokhara