All in One korean Language Institute

All in One korean Language Institute

Share

हिम्मत नहार्नु नै सफलता हो

Skill-Test-pass-list.xlsx 20/09/2024

Manufacture दोश्रो चरणको Skill test नतिजा प्रकाशित!!!
Manufacture दोश्रो चरणको Skill test नतिजा प्रकाशन भएको छ। Skill test मा सहभागी ८,९६५ जना मध्ये ८,१५१ जना उत्तीर्ण हुनुभएको छ। नतिजा हेर्नका लागि तल राखिएको लिङ्कमा गई Excel file open गरि आफ्नो नाम Search गर्नुहोला। यदि तपाईंको नामको सिधा अन्तिम Column मा Y लेखेको भए Pass र N लेखेको भए Fail बुझ्नुपर्दछ।

Skill-Test-pass-list.xlsx

Photos from All in One korean Language Institute's post 26/08/2024
18/08/2024

Skill test सम्बन्धी महत्त्वपूर्ण जानकारीहरु :

१. Manufacture तर्फ दोश्रो चरणको भाषा परिक्षा उत्तीर्ण गर्नुभएका व्यक्तिहरुको Skill test मिति २०८१ भदौ १८ देखि २५ गते (September 3 to September 10, 2024) सम्म हुनेछ ।

२. Skill test मा 30 Marks को‌ Physical Strength test, 30 Marks को Interview र 40 Marks को Basic Skills गरि जम्मा 100 Marks को परिक्षा हुनेछ ।

३. Physical Strength अन्तर्गत हात, औँला र ढाडको बल test गरिनेछ ।

४. Interview अन्तर्गत 자기 소개 र विभिन्न व्यवहारिक प्रश्नोत्तर पर्नेछ ।

५. Basic Skills अन्तर्गत Ring, Pin र आफुले फाराम भरेको उप-क्षेत्र अनुसार Joinery, Measure र Assemble पर्दछ ।

६. Colour blindness भएका व्यक्तिहरू स्वत: अनुत्तीर्ण हुनेछन्‌ भने यसको अंक हुँदैन, कि त उत्तीर्ण कि त अनुत्तीर्ण मात्र हुन्छ ।

७. Skill test मा जाँदा Passport र Admit Card अनिवार्य लग्नुपर्दछ, यदि नलगिएको खण्डमा Skill test मा सहभागी हुन‌ पाईने छैन ।

८. यदि‌ Competency test को फाराम भरि बुझाउनु भएको छ भने उक्त फाराम भर्दा समावेश गरिएकाे कागजातहरु सक्कलै अनिवार्य लग्नुपर्दछ ।

९. Skill test हरेक दिन २ चरणमा हुनेछ ।
पहिलो चरणमा बिहान ८:३० बाट ९:०० बजेसम्म Orientation भई ९:०० बजेदेखि १२:०० बजेसम्म Skill test सञ्चालन हुनेछ भने दोश्रो चरणमा १२:३० देखि १:०० बजेसम्म Orientation भई १:०० बजेदेखि ४:०० बजेसम्म Skill test सञ्चालन हुनेछ ।

१०. सबै उम्मेदवार Orientation समय भन्दा १ घण्टा अगावै अनिवार्य Skill test हुने स्थानमा पुग्नुपर्दछ । ढिलो गरेमा भित्र पस्न दिईने छैन ।

११. Skill test नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुनेछ ।

१२. Skill test पश्चात कति सङ्ख्यामा उत्तीर्ण गराउने पछि प्रकाशन हुनेछ ।

स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर

Photos from All in One korean Language Institute's post 08/08/2024

EPS-TOPIK Standard Book परिमार्जन हुने भएको छ। Eps परिक्षाका लागि हामीले पढिरहेको पुस्तक HRD korea ले परिमार्जन गर्ने भएको छ। त्यसका लागि HRD द्वारा कोरियामा रहेका १६ देशका विदेशी कामदारहरु र रोजगारदाताहरुसँग Survey गरिरहेको छ। यस Survey पश्चात पुस्तकमा के थपघट गर्ने वा परिवर्तन गर्ने भन्ने निर्णय हुनेछ। रोजगारदाता र सम्पुर्ण विदेशी Eps कामदारका‌ लागि आफ्नो देशको भाषा अनुसारको Survey form को लिङ्क र QR तल राखिएको छ। ईच्छुक व्यक्तिले उक्त Form भरि Survey लाई सहयोग पुर्याउन सक्नुहुनेछ।

한국어 CBT 메인페이지 05/08/2024

नतिजा प्रकाशित बारे जानकारि ‼️🇰🇷

कोरियन भाषा परीक्षा ईपीएस अन्तर्गत मेनु तर्फको दोश्रो चरणको परीक्षा नतिजा प्रकाशित भैसकेको छ। कटलाईन 38 रहेको छ भने जम्मा पासर संख्या 8965 जना रहेको छ। स्किल टेस्ट पनि हुने भएको छ। नतिजा ईपीएस वेवसाईट बाट हेर्न सक्नुहुनेछ। सम्पुर्ण उत्तिर्ण साथीहरुलाई बधाई तथा शुभकामना। 🙏

2nd Shift Result हेर्नको लागी
https://epstopik.hrdkorea.or.kr/epstopik/pass/candidate/functionalLevelCandidateList.do?lang=en&fbclid=IwY2xjawEc-bpleHRuA2FlbQIxMQABHbIDC7NgVLvaZKJYqSLOrU9MhN6NEXCxOPcBKAhv6DGZSJXZj_QmdMA0dw_aem_UwIpVld2ueJrWiYIJwWtKA

한국어 CBT 메인페이지

Photos from All in One korean Language Institute's post 04/08/2024

SEE विदाई कार्यक्रम 2081-04-20

23/07/2024

भोलि (९ गते) बिहान समय ६ बजे काठमाडौं बाट आउनु भएको प्रमुख प्रशिक्षक सचिन सरसँग All in One korean Language Instituteमा , अध्ययनरत कोरियन भाषा विद्यार्थीहरुसँग स्वागत एवम् परिचय कार्यक्रम रहेको सम्पुर्ण कोरियन भाषाका विद्यार्थीलाई यसै सूचना मार्फत उपस्थितिका लागि अनुरोध गर्दछौ।📌📌

(नोट : कोरियाको लामो कार्य अनुभव साथै +5 वर्ष लामो काठमाडौं एक प्रतिष्ठित इन्स्टिच्युट मा प्रशिक्षण अनुभवि सर सँग सिक्ने मौका नगुमाउनु होला 📍📍)

Photos from All in One korean Language Institute's post 18/07/2024

See grade tuition class group'E'math

17/07/2024

Caregiver सुरु :

कोरियाले पहिलो पटक Caregiver कामका लागि E-9 भिजामा विदेशी कामदार भित्राउन आजबाट सुरु गरेको छ। सेप्टेम्बरमा कोरिया आइपुग्ने गरि पाइलट प्रोजेक्टका रुपमा १०० जना फिलिपिनी कामदार ल्याउन आजबाट सउल क्षेत्रमा रोजगारदाताबाट आवेदन माग गरिएको छ।

यस काममा न्यूनतम पारिश्रमिक कति दिने भन्ने कुरामा चर्को बहस भएपनि अन्तत: अन्य कामदार सरह पारिश्रमिक दिईने भएको छ।

Want your business to be the top-listed Computer & Electronics Service in Phidim?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Panchthar
Phidim
57400

Opening Hours

Monday 04:00 - 21:00
Tuesday 04:00 - 21:00
Wednesday 04:00 - 21:00
Thursday 04:00 - 21:00
Friday 04:00 - 21:00
Sunday 04:00 - 21:00