Goal Media.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goal Media.com, Sports Event, Phidim.
21/07/2025
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
साउन ५, सोमबार,२०८२
काठमाडौं/नेपाली टोलीकी स्ट्राइकर पूर्णिमा राई साफ महिला यु–२० च्याम्पियनसिको सर्वाधिक गोलकर्ता बनेकी छन्।
उनले ६ गोलमा सर्वाधिक १० गोल गरिन्। भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित उनले ७ गोल गरिन्। त्यसमाथि श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर आफ्नो कुल संख्या १० पुर्याएकी हुन्।
योसँगै उनले साफ इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन्। उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ।
उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन्। त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन्।
21/07/2025
लियोनेल मेस्सी फुटबलको इतिहासकै सबैभन्दा धेरै पेनाल्टी बिना ७ सय ६४ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ! दोश्रोमा क्रिस्टियानो रोनाल्डोले ७ सय ६३ गोल गरेका छन् !!!!
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर गिता रानाको घर !!
21/07/2025
नेपालले आज SAFF U-20 WOMENS CUP मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ।यो खेल प्रतियोगिताको फाइनल सरह रहेको छ।उपाधी जित्नको लागि नेपालले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ।बङ्गलादेशले भने यो खेलमा नेपाललाई बराबरीमा रोक्न सके मात्रै पनि उपाधी जित्नेछ।
डबल राउन्ड रोबिन लिगको आधारमा चलिरहेको यो प्रतियोगितामा यो भन्दा अघिको भेटमा नेपाल बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।🇳🇵❤️
20/07/2025
भर्खरै फुटबलमा चम्किन्दै गरेको पुर्णीमा राईको आफ्नो घर 🛖 छैन । उनी उनको बुवा आमा सँग मासिक ५ हजारमा उर्लावारी घर भाडामा बस्दै आएकी छिन् ।
उनले बंगलादेशमा जारी अन्डर २० साफ महिला फुबालमा २ ह्याट्रिक सहित १० गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छिन् ।
20/07/2025
तेश्रो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने टीमको टुङगो लाग्यो
४ श्रावण, २०८२
ताप्लेजुङ/अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने ८ टीमको टुङगो लागेको छ ।
लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टीमको टुङगो लागेको जानकारी गराएको हो ।
फुङलिङस्थित भानुजन माद्यमिक विद्यालयको प्राङगणमा करिब एक सातासम्म जारी रहने प्रतियोगितामा आयोजक तथा अन्तर्राष्ट्रिय एक–एक टीम सहित ८ ओटा टीमले प्रतिष्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च व्वाईज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै खेलतालिका समेत सार्वजनिक गरिने छ । आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टीमलाई आमन्त्रण गरिएको छ ।
प्रतियोगिताको उपाधि हात पार्ने टीमले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतलााई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । यस वर्षको विजेतलाई २ लाख र उपविजेतालाई १ लाख रुपयाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको छ ।
यस्तै विधागत तर्फ विभिन्न क्षेत्रमा उत्कृष्ट बन्ने खेलाडीलाइ समेत उचित पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जसअन्तर्गत सर्वाेत्कृष्ट खेलाडीलाई २० हजार, सर्वार्धिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई समेत समान १५ हजार रुपैयाँको दरले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै हरेक दिनको खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार विभिन्न विधातर्फ उत्कृष्ट बन्ने खेलाडीले प्राप्त गर्ने नगद पुरस्कार समेत गत वर्षको तुलनामा वृद्धि गरिएको छ ।
क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि टिकट दर एक सय रुपैयाँ, सेमिफाइनल चरणका लागि २ सय रुपैयाँ र फाइनल खेलका लागि दुई सय रुपैयाँ निर्धारण गरिएको बताइएको छ । १० वर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क मैदान प्रवेशका लागि व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
खेलमा सहभागी हुने टीमका खेलाडी तथा रेफ्रीलाई आयोजकले १ लाख रुपैयाँको बिमा समेत गर्ने तयारी गरेको समितिका सचिव टिकेन्द्र नेपालीका भनाई छ ।
प्रतियोगिताको तयारी स्वरुप अहिलो प्याराफिट निर्माण लगायतको कार्य जारी रहेको छ । यसअघि विभिन्न सरोकारवालाहरुको सहयोगमा मैदानमा दुबो रोपिएको थियो । जसका कारण सय वर्ष हिलाम्मेयुक्त मैदानमा खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्न सक्ने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि कुल ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
20/07/2025
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
साउन ३, आइतबार,२०८२
काठमाडौं/नेपाली टोलीकी डिफेन्डर सिमरन राईको प्रतिबन्ध फुकुवा भएको छ।
साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण उनी र बंगलादेशकी मोसमत सागोरिकालाई कारबाही गरिएको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई तीन खेलका लागि निलम्बन गरेको हो। साथै यी दुई खेलाडीलाई ५०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ।
उक्त खेल निकै प्रतिस्पर्धात्मक रह्यो। अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३–२ को जित हात पारेको थियो। तर, खेलको ५५औं मिनेटमा सिमरन र सागरिकाबीच विवाद भएको थियो।
मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।
सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगितामा प्रतिबन्धलाई तीन खेलमा बढाएको हो।
यद्यपि, सिमरनले तीन खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा उनी खेल्न पाउने छिन्। यो खेल सोमबार हुनेछ। सागोरिकाको पनि श्रीलंकाको खेलसँगै प्रतिबन्ध सकिने छ।
19/07/2025
प्रिती राई जोर्डनको क्लवमा......
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर उत्कृष्ट खेल प्रर्दशन गरेर जाँदु देखाइरहेकी खेलाडी प्रीति राई जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने, जोर्डन जान राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट उनले शुक्रबार अनुमति लिएकी थिइन् !🛫❤️⚽ प्रीति राईको जोर्डनको अल इतिहाद क्लबमा ऐतिहासिक ट्रान्सफर पुष्टि !👣🏆🇯🇴👏👏 स्रोतहरू अनुसार, नेपालको स्टार मिडफिल्डर प्रीति राई जोर्डनको Al Etihad Club सँग सम्झौता गर्न लागेकी छन् ! क्लबले छिट्टै औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ !
यो ट्रान्सफरसँगै प्रीति राईले एएफसी महिला च्याम्पियन्स लिगमा २०२५/२६ को ग्रुप 'सी' मा मलेसिया, सिंगापुर
र किर्गिस्तानका क्लबहरू विरुद्ध अल इत्तिहादको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् !
यसको अर्थ अब प्रीति नेपाल महिला लिग विजेता APF FC बाट यस प्रतियोगितामा उपलब्ध रहने छैनन् - जुन ऐतिहासिक अभियानअघि ठूलो परिवर्तन हो ! नेपालकी एक उदाउँदी फुटबल स्टारको अन्तर्राष्ट्रिय यात्रातर्फको ठूलो फड्को !💥🔥🔥
स्रोत: Khulkud Nepal
19/07/2025
सिसेक्पा तङनाम मेला (रांके)को अवसरमा पाँचथरको फिदिम न.पा,१० याङ्नाम खलङ्गाटारको इमानसिङ रङ्गशालामा सम्पन्न भेट्रान्स टिमको खेलमा चो?लुङ भेट्रान्सलाई पराजित गर्दै फालेलुङ, ८ बास्बोटे भेट्रान्स टिम बिजयी हुँदै खसी पुरस्कार जित्न सफल भएको छ !!
19/07/2025
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
काठमाडौं/भुटानमाथि गोलको वर्षा गर्दै नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपालले ८–० को जित निकालेको हो। नेपाललाई जित दिलाउन पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरिन्। समीक्षा मगर र कुशुम खतिवडाको नाममा समान १ गोल रह्यो।
योसँगै आयोजक बंगलादेशलाई उछिन्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ। नेपालले ५ खेलबाट १२ अंक पुर्याएको छ। एक खेल कम खेलेको बंगलादेशको पनि समान अंक छ। तर, गोलअन्तरमा नेपाल अगाडि छ। नेपालले ३० गोल गर्दा ४ गोल खाएको छ।
बंगलादेशले भने १९ गोल गर्दै ४ गोल दिएको छ। जसमा दुई गोल नेपालले गरेको थियो। शनिबार नै दोस्रो खेलमा बंगलादेश र श्रीलंका खेल्नेछन्। पहिलो खेलमै ९–१ को जित निकालेको बंगलादेश सम्भवत: पुन: शीर्ष स्थानमा फर्किने छ।
यस्तो भएमा सोमबार हुने नेपाल र बंगलादेशबीचको खेलले उपाधि छिनोफानो लगाउने छ।
खेलको ४४औं सेकेन्डमै नेपालले सुरुआती अग्रता लियो। सरिता नाथको लामो प्रहारलाई भुटानी डिफेन्डरले रोक्ने प्रयास गरेका थिए। तर, सिक्स यार्ड बक्सनजिक रहेकी मीनाको खुट्टामा बल पुग्यो। उनले उक्त बललाई माथिल्लो बारतर्फबाट सहजै गोलमा परिणत गरिन्।
नवौं मिनेटमा समीक्षाले अर्को गोल थपिन्। सुक्रिया मियाँको लामो पासलाई पेनाल्टी बक्सनजिक रहेकी मीनाले रोकेको थिइन्। उनले भुटानी डिफेन्डरलाई रोक्दै दिएको बललाई समीक्षाले लामो प्रहारमार्पत गोलमा परिणत गरेकी हुन्।
त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। सुक्रिया एक्लैले पेनाल्टी बक्सनजिक पुर्याएर उपलब्ध गराइदिएको बललाई भुटानी गोलकिपरले रोकेकी थिइन्। तर, रिबाउन्डमा उनले हल्का टच गर्दै गोल गरिन्।
२३औं मिनेटमा नेपालले अग्रता ४–० मा पुर्यायो। मीनाले दिएको पासलाई गोल लाइनजिक रहेकी पूर्णिमाले सहजै गोलमा फरिणत गरिन्। इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन्।
सरिताले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउने प्रयास गरेकी थिइन्। तर, रिबाउन्डमा आएको बललाई पूर्णिमाले हेडरमार्फत गोल गरिन्।
इन्जुरी समयको अन्तिम सेकेन्डतिर पूर्णिमाले ह्याट्रिक पूरा गरिन्। सेनु परियारले बक्सबाट दिएको कट पासलाई उनले भुटानी डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बलले सिधै जाली चुम्यो।
जारी प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक हो। यसअघि उनले भुटानविरुद्धको ५-१ को जितमा पनि यो उपलब्धि हासिल गरेकी थिइन्। योसँगै शीर्ष गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेकी उनले आफ्नो गोल संख्या १० मा पुर्याएकी छन्।
६४औं मिनेटमा कुशुमले अग्रता ७–० मा पुर्याइन्। वैकल्पिक खेलाडीको रूपमा मैदान उत्रिएकी उनले सुक्रियाको क्रसमा गोल गरेकी हुन्। लगत्तै सुक्रियाको उस्तै क्रसमा अनमार्क मीनाले सहजै गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
जारी प्रतियोगितामा मीनाको यो दोस्रो ह्याट्रिक हो। यसअघि उनले श्रीलंकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा ह्याट्रिक गरेकी थिइन्। योसँगै उनको गोलसंख्या ७ पुगेको छ।
17/07/2025
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
काठमाडौं/अन्तत: नेपालले बंगलादेशसँगै मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि यसअघि नै बंगलादेशसँग तय भएको २ रद्द नहुने बताए। उनले खेलपाटीसँग भने, ‘दुवै संघले यसबारे प्रेस रिलिज निकाल्ने तयारी गरेका छौं। हाम्रो खेल्ने सहमती भइसकेको छ।’
एन्फाले गत असार २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो। तर, त्यसपछि भियतनामले चासो देखाउँदा बंगलादेशको त्यो समीकरण बदलिदिएको थियो।
गत शनिबार बसकेको बंगलादेशको राष्ट्रिय टोलीको बैठकले नेपालसँग खेल्नुका साथै अझ बलियो टोलीसँग पनि खेल्ने विकल्प राखेको थियो। बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसारले त्यतिखेरै अर्को एक बलियो टोली बंगलादेशसँग खेल्न मानिसकेको बताएका थिए।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Phidim