Bidhya Budha
I am Bidhya Budha from Humla Karnali.. Learner and Dreamer
#bidhyabudha
28/11/2023
We want a world where women and girls can live free from fear.
In every heartbeat.
With every breath.
At every step.
04/10/2023
सूचना:
Asian University for Women, Bangladesh को लागि दोस्रो चरणको छात्रावृद्धिको फर्म खुलेको हुनाले इच्छुक महिला तथा किशोरीहरुले अनलाईन फर्म भर्न सक्नुहुनेछ ।
https://asian-university.org/
19/09/2023
तिज सकियो है🤣
जिन्दगीले रातो रङ्ग पनि थपिदिएको जो छ,
जस्लाई मैले मुस्कानले रङ्ग्याएर रा~तै बनाइदिएँ❤️
30/05/2023
हामी सँग समय सिमित छ।
आफ्नो लागि समय दिनुहोस्, अरुको शब्द शब्द मा ध्यान दिएर आफ्नो दिमाग खराव नगर्नुहोस्।।
20/09/2022
हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् चुङ्बा शेर्पाले खिचेका तस्वीर वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्...
समाजले बाबाआमालाई प्रश्न गरिरहन्छ
छोरीहरु ठुला भए बिहे गर्ने होइन ?
बाबा दुखी हुनुहुन्छ
मानौ उहाँबाट ठूलो भूल भएको छ
मानौ उहाँले कसैको घरमा गएर चोरी गरेर आउनुभएको छ
अनि शिर झुकाउँदै मलिन स्वरमा भन्नुहुन्छ
गर्ने हो तर गर्न सकिन अहिलेसम्म
पढेका छोरीहरु जिद्धी हुन्छन्
पढेका छोरीहरु सम्झौता गर्न चाहन्नन्
जति पढायो उत्ति गारो धेरै पढाउन त नहुने रैछ
गल्ती गर्नुभयो सर गल्ती गर्नुभयो
बाबाको मन झसङ्ग हुन्छ
अनि बिस्तारै भन्नुहुन्छ हो मैले छोरीहरुलाई पढाएर गल्ती गरे
सानैमा उसलाई एउटा केटासँग बिहे गरिदिएको भए
अहिले नातिनातिना जन्मी सक्थे
हेर्नुस त छोरीहरुलाई अहिलेसम्म घरमा पालेर
छोरीको कमाइले कति दिन सम्म घर चल्छ ?
बाबा टाउकोमा हात लगाउँदै पछुताउँदै
छोरीहरुले पाएर घरभरि झुण्ड्याइएका मेडलहरु हेर्नुहुन्छ
छोरीहरुले पाएका सटिपिकेटहरु हेर्नुहुन्छ
अनि थोरै ग्लानि भावमा टोलाउँदै सोच्नुहुन्छ
हे समाज मैले पहिले नै किन सोचिन
वक्तृत्वकलामा प्रथम हुने मेरा छोरीहरु
जीवनको बारेमा पनि बोल्नेछन भनेर
निबन्ध लेख्न जान्ने छोरीहरु
जीवन पनि आफ्नै ढंगले लेख्न खोज्नेछन् भनेर
पढाइमा दोस्रो स्थानमा सम्झौता नगर्ने छोरीहरु
जीवनमा सम्झौता गर्ने छैनन भनेर
तरपनि उत्तर दिन सक्नुहुन्न
समाज तिम्रो प्रश्नका उत्तरहरु मेरा बाआमासँग छैनन्
तर मसँग छन्
बिहे त लेखेको दिन होला
अनि तिमीले पनि हेरौँला
तर मेरो बाबाले गल्ती भने पक्कै गर्नुभएको हो
आफ्नो जीवन आफै चलाउन सक्छौं भने छोरी
जन्माएर
छोरीहरुलाई पढ्न मन लागे जति पढाएर
नराम्रो कुराको बारे चाहे जोसुकै होस्
बोल्न नडराउने छोरी जन्माएर
अहिलेको जमानामा पनि भगवानमा विश्वास
गर्ने छोरी जन्माएर
अहिलेको जमानामा पनि मर्यादामा बस्ने छोरी जन्माएर
मेरो बाबाआमाले गल्ती भने पक्कै गर्नुभएको हो।।
14/01/2022
आदरणीय अभिभावकज्यू,
तपाईंको लागि केही लेखेकी छु, एकछिन रोकीएर पढ्नूस् है ?
– माया गर्ने नाममा आफ्ना सन्तानलाई अत्ति नै परनिरर्भर नबनाउनुहोस् । १० वर्ष नाघेपछि छोरा वा छोरी जो भए पनि कम्तिमा उनीहरूलाई आफ्नो लुगा आफैँ लगाउन, आफ्नो कोठा/ओछ्यान आफैँ मिलाउन, कोठा सफा गर्न, आफ्नो लुगा आफैँ धुन, खाएको थाल माझ्न, कम्तिमा चिया, दाल, भात जस्ता सहज खानेकुरा पकाउन सिकाउनुहोस् ।
– छोरालाई बन्दुक, गाडि र छोरीलाई गुडिया किन्ने नगर्नुहोस् । उनीहरू स्वयम्लाई आफ्नो रोजाइ छान्न दिनुहोस् ।
– कक्षामा कुन स्थान ल्यायो र कति प्रतिशत अङ्क आयो भनेर अनावश्यक तनाव दिनु भन्दा पनि उसले कसरी अध्ययनलाई सहज तरिकाले लिन सक्छ र कसरी रटान भन्दापनि बुझाइमा केन्द्रित हुन सक्छ भन्ने कुरामा ध्यान दिई सहयोग गर्नुहोस् ।
– साँझ वा विहान समय मिलेसम्म केही समय उनीहरूसँग खेल्नुहोस् । आफू पनि उनीहरूजस्तै बच्चा बनिदिनुहोस् ता की उनीहरू तपाईंसँग खुल्न सकून् ।
– साँझमा केही समय उनीहरूसँग दिनभरीका कुरा सेयर गर्ने बानी बसाल्नुहोस् । टिभी, मोबाइल जस्ता कुरालाई केही समय आराम दिई परिवारमा एक अर्काको कुरा सुन्ने सँस्कार बसाल्नुहोस् जसले गर्दा उनीहरूले तपाईंलाई र तपाईंले उनीहरूलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ ।
– उनीहरूलाई पढ्नको लागि उर्दी जारी गरेर आफूँ चाहिँ मोबाइल वा टिभीमा झुण्डीने जस्तो असुहाउँदो व्यवहार कहिल्यै नगर्नुहोस् । बच्चाहरू आदेश पालना गर्नेभन्दा अनुशरण गर्न मन पराउँछन् । तपाईंले पुस्तक पढेको देखेपछि उनीहरूलाई पनि स्वभाविक रुपमा पढ्न मन लाग्छ ।
– उनीहरूलाई आदर सत्कार, मानवीय कर्तव्य, सभ्यता, सहयोगी भावना जस्ता असल मानवीय गुनका बारेमा चेतनशील र संवेदनशील बनाउनुहोस् ता की उनीहरूलाई सहयोग, मानवीयता र समानुभुतीजस्ता कुराप्रति विश्वास लागोस् र त्यस्तै गुनको विकास हुँदै जाओस् । प्रतिस्पर्धाको लागि अरुको उदाहरण दिनेभन्दा पनि उनीहरूलाई हिजोभन्दा आज अझै राम्रो गर्न प्रोत्साहित गर्नुहोस् ता की उनीहरू प्रतिस्पर्धा आफैँसँग गरून् र सहयोग अरुलाई गरून् ।
– आफ्ना असफल सपनाहरू जबर्जस्ती उनीहरूमा थुपार्ने गल्ती नगर्नुहोस् । उनीहरू आफैँलाई यो संसार आफ्नै नजरबाट हेर्न दिनुहोस् र उनीहरू जे बन्न चाहन्छन् त्यसको लागि सहयोग गर्नुहोस् । छोराले मानवीकी र छोरीले आइटी पढ्न चाहनुलाई सामान्य रुपमा स्वीकार्नूहोस् । अभिवाभको रुपमा तपाईंको जिम्मेवारी उनीहरूलाई सहजीकरण गर्ने हो, उनीहरूको बाटो आफैँले हिँडिदिने होइन ।
– घरको आर्थिक अवस्था उनीहरूसँग नलुकाउनुहोस् ता की उनीहरूलाई पैसा बोटमा फल्छ जस्तो नलागोस् र तपाईंसँग कुनै ठूलो कुरा माग्नु पहिले उनीहरू आफैँले घरको अवस्था मनन् गरून् ।
– तपाईं माथिका सुझावमा सहमत हुनुहुन्छ भने यो कुरा आफ्ना सन्तानको अगाडी बसेर पढ्नुहोस् । तपाईं आफ्नो सन्तानसँग यस्तै व्यवहार गर्नुहुन्छ भने तपाईंलाई धन्यवाद । यदि गर्नुहुन्न भने आजैबाट परिवारमा यस्तै संस्कारको सुरुवात गर्नुहोस् । यदि तपाईंलाई यो कुरा अन्य अभिवाक समक्ष पुग्न जरुरी छ जस्तो लाग्छ भने सेयर गर्नुहोस् । 😊
यति लामो स्ट्याटस् पढ्नु भएकोमा धन्यवाद ।
Binita Karki
21/12/2021
ो_cap
त्यो cap मुनि संघर्ष लुकेको छ । बेचलर र मास्टर डिग्री को त्यो cap भित्र को कथा धेरै नै भिन्न छ । भन्छ्न त्यो डिग्री अब gmail बाट कुनै multinational company मा जान्छ त कसैको डिग्री consultancy मा । कसैको डिग्री बाकस भित्र त कसैको डिग्री भित्ता मा फोटो बनेर । कसैको डिग्री ले राम्रो अवसर पाउछ त कसैको डिग्री ले त्यो मान्छे सङ-सङै दुख पाउछ । Convocation को त्यो cap लाई बोल्ने मौका दिने हो भने त्यो cap ले आफ्नो कथा सुनाउने छ ।
नेपाल जस्तो देश मा जहाँ आज पनि राम्रो शिक्षा को लागि
संघर्ष गर्न पर्छ त्यो देश मा जीवन मा केही ठूलो गर्छु भन्ने आस ले ओढियेको त्यो cap ले भोलि मेरो ढाका टोपी को इज्जत राख्ने छ कि छैन त्यो हेर्न बाकी छ ।
धुलो खादै कलेज पुगेको , विदार्थी आन्दोलन गर्दै पढेको , नेपाल बन्द र परिक्षा तालिका बिगार्दा बिगार्दै आफ्नो पढाइ सकेर त्यो convocation cap नेपाली को लागि कुनै नोबेल prize भन्दा कम हैन ।
हो यो त्यहि देश हो जस्मा slc पछि 40% ले पढ्न छोडछ्न , 12 पछि 40% ले पढ्न छोडछ्न । घर को जिम्मेवारि , गरिबी र परिस्थिति ले आज पनि धेरै को टाउको मा त्यो cap अडिन सकेन । बिदेश मा पलायन हुन मन नभाको हैन तर देश मा नै केही गर्छु भन्ने सोच ले अडियेको छ यो cap । बच्चा काख मा राख्दै त्यो cap ओढ्ने आमा ले आफनो बच्चा को भविस्य बनाउदै छिन । त्यो चाहुरी परेको अनुहार मा आज पनि जीवन प्रती सकारात्मक सोच छ । त्यो कलिलो अनुहार माथी सजियेको cap कसैलाइ जीवन मा अघि बढ्न सिकाउदै छ । mount everst जस्तो त्यो चुचुरे cap भित्र धेरै खुशी र दुख का पल हरु लुकेका छ्न । केही जागीर नहुदा घर बाट पैसा पुर्याउदै सकेको त्यो डिग्री को आफ्नै कथा छ ।
आज देश मा बेरोजगारी छ , गरिबी छ तर फेरि पनि हजारौं ले संघर्ष गर्दै आफ्नै देश मा आफ्नो युनिभर्सिटी को cap लगाउदा गर्व लाग्छ । पक्कै पनि Harvard university , oxford university जस्तो TU वा KU नहोला तर convocation cap मा लेखियेको कथा त्यहा का विदार्थी भन्दा धेरै भिन्न छ । त्यो cap ले नेपाली लाई संघर्ष गर्न सिकाएको छ ।
साभार : अमृत खनाल
21/12/2021
_Graduation is not the end; it's the beginning so
start where you are, use what you have and do what you can.😊❣️
👩🏼🎓
26/11/2021
बिश्वब्यापी रूपमा हरेक तीन जना महिलामा एकजनाले शारीरिक वा यौनजन्य हिंसाको सामान गरेको देखिन्छ। नेपाल प्रहरीमा दर्ता भएका कुल अपराध मध्य ४०% लैङ्िगक हिंसा विरुद्ध एकजुट भएर लडाइँ गरौं ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Patan
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |