Doctors Update Nepal

Doctors Update Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Doctors Update Nepal, Patan.

31/05/2021

via:

Photos from Doctors Update Nepal's post 31/05/2021

३ ( तीन ) दिनको अथक प्रयास र गहन तथा सुक्ष्म अध्ययनपछि आज प्रमुख जिल्ला अधिकारी ज्यु लाई छानबिन समिति को प्रतिबेदन बुझाइयो!!

via: Dr Beenod Karn

Photos from Doctors Update Nepal's post 31/05/2021

बाँकेमा सेवारत चिकित्सक, नर्स , स्वास्थ्यकर्मीहरु "JAIL WITHOUT BAIL" काे माग सहित सेवा प्रबाहको निरन्तरता सङ्गै दैनिक साँझ ५-६ बजे सम्म शान्तिपूर्ण आन्दोलनमा छाैं ।

२४ सै घन्टा ज्यानको प्रबाह नगरी काेभिड / नन काेभिड सेवा प्रदान गर्ने हाम्रो टिमको उच्च मुल्यांकन होस ।

स्वास्थ्यकर्मीको मनोबल उच्च हुनेगरी सेवा, सुविधा र सुरक्षाको लागि तत्काल आवश्यक कानून बनोस्।

via: Dr Nitesh Kumar Kanodia

31/05/2021

PCR is still almost 40% positive.
Stay Safe !!

via:

Photos from Doctors Update Nepal's post 31/05/2021

जताततै डाक्टरलाई मात्र पेलुवा किन?

via: .shrestha
Dr Suman Shrestha

31/05/2021

कोरोना को संक्रमण संख्या कम भएको होइन है,
दैनिक टेस्ट मात्र कम गरेको हो !

कोहि भ्रम मा नपरौं है, खतरा अझै टरेको छैन !
via: Krishna Pandey

31/05/2021

गत वैशाख तेस्रो सातायता नेपालमा हरेक दिन करिब आठ हजार संख्यामा कोरोना संक्रमित थपिँदै आएका थिए। दैनिक पीसीआर परीक्षण संख्या करिब २० हजार हाराहारी हुँदा सातदेखि साढे नाै हजारसम्म नयाँ संक्रमित पहिचान भएका थिए।

वैशाख २८ गते एकै दिन हालसम्मकै सबैभन्दा बढी, नाै हजार ४८३ संक्रमित थपिएको तथ्यांक छ। उक्त दिन २० हजार ५९६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो।

आइतबार जम्मा तीन हजार ७०२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उक्त तथ्यांकले कोरोना संक्रमणदर ह्वात्तै घटेको हो कि भन्ने देखाउँछ।

तर, वास्तविकता त्यस्तो छैन। कोरोना संक्रमितको संख्या एक्कासी घट्नुको पछाडि संक्रमणदर घटेका कारण नभई पीसीआर परीक्षण कम हुनु रहेको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा दैनिक पहिचान हुने संक्रमितको संख्या करिब ५० प्रतिशतले घटेको देखाउँछ। र, पीसीआर परीक्षण पनि ५० प्रतिशतकै हाराहारीमा घटेको छ। जसकारण संक्रमित कम देखिएको मन्त्रालयको तथ्यांकबाट पुष्टि हुन्छ।

पछिल्लो १० दिनको तथ्यांक हेर्दा पीसीआर परीक्षण संख्या क्रमश: घट्दै गएको देखिन्छ। जेठ ७ गते २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गरिएकोमा जेठ १६ मा आइपुग्दा यो संख्या १० हजार ९८६ मा झरेको छ। जेठ ७ को तुलनामा जेठ १६ मा भएको पीसीआर परीक्षण संख्या ११ हजार ३६७ न्यून हो।

जेठ ७ मा गरिएको पीसीआर परीक्षणबाट आठ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो। जुन जेठ १६ मा चार हजार ७०५ संख्याले घटेर तीन हजार ७०२ मा झरेको छ।

यो तथ्यांकले संक्रमितको संख्या घट्नुमा पीसीआर परीक्षण कम हुनु नै मुख्य कारण देखाउँछ। संक्रमणदर अझ पनि ३० प्रतिशतभन्दा माथि नै रहेको छ। आइतबारको संक्रमणदर ३३.७० प्रतिशत रहेको छ। जेठ ७ मा यस्तो दर ३७.६१ प्रतिशत थियो।

पछिल्लो चार दिनकै तथ्यांक हेर्ने हो भने पनि पीसीआर परीक्षण संख्या क्रमश: घट्दै आएको देखिन्छ। पीसीआर परीक्षण जेठ १३ मा २० हजार ४१४, जेठ १४ मा १९ हजार ३१३, जेठ १५ मा १४ हजार ६ हुँदै जेठ १६ मा १० हजार ९८६ मा झरेको छ।

पीसीआर परीक्षण घट्दा स्वत: नयाँ संक्रमितको संख्या पनि घट्न पुगेको तथ्यांक छ। जसअनुसार जेठ १३ मा छ हजार ७३१, जेठ १४ मा छ हजार ८५५, जेठ १५ मा चार हजार ३११ र जेठ १६ मा तीन हजार ७०२ संक्रमित पहिचान भएका छन्।

पछिल्लो चार दिन (जेठ १३-१६) को संक्रमणदर क्रमश: ३२.९७ प्रतिशत, ३५.४९ प्रतिशत, ३०.७८ प्रतिशत र ३३.७० प्रतिशत रहेको छ।

https://swasthyakhabar.com/story/40099

31/05/2021

Studying medicine is like true love.....

(DM for credit)

Website

Address


Patan

Alerts

Be the first to know and let us send you an email when Doctors Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Patan.